२०७६ असोज ३० गते

बालक्लवद्वारा चित्रकला प्रतियोगिता

राजन रावत/हुम्ला




खार्पुनाथ गाउँपालिकामा रहेको  मान्धारा माविको हरियाली बालक्लवले प्राविस्तरीय चित्रकला तथा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको छ ।


विद्यार्थीहरु माझ अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरेमा उनीहरुमा रहेको प्रतिभा बाहिर ल्याउन क्लवले सो प्रतियोगिता आयोजना गरेको हो ।


गाँउपालिकाको पाँच नम्बर वडाका चार वटा प्राविहरुको सहभागिता रहेको चित्रकला प्रतियोगितामा मान्धारा माविका नितेश शाही र हिल्सा नौधारा आधारभूतका सन्देश ऐडी प्रथम, बागेश्वरी आधारभूतका सिंह कामी र अमरसिंहका बासमति द्धितीय, मान्धारा माविकी चनमति सार्की र बागेश्वरीका शोभा शाही तृतीय भएको विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाहीले बताए ।


 त्यसैगरी अर्को हाजिरी जवाफ प्रतियोगितामा मान्धारा मावि ३७ अंक ल्याएर प्रथम, हिल्सा नौधारा  आधारभूत विद्यालयले २६ अंक ल्याएर द्धितीय, अमरसिंह आधारभूत विद्यालयले २४ अंक ल्याएर तृृतीय तथा बागेश्वरी आधारभूत विद्यालय १४ अंक ल्याएर सान्त्वना स्थान प्राप्त गरेको आयोजक क्लवले जनाएको छ ।
यसमा विषयगत, म्युजिक, भिजुअल, चित्र मार्फत प्रश्न सोधिएको थियो । बिजेता सबै प्रतियोगिहरुलाई शैक्षिक सामानहरु पुरस्कारका रुपमा वितरण गरिएको थियो । प्रतियोगिता किडार्क हुम्लाको आर्थिक सहयोगमा सञ्चालन भएको हो ।


जिल्ला मा नै यस्ता अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्नेमा मान्धारा मावि अग्र स्थानमा आउने गरेको छ ।

Comments: