• तीन हजार बढी विद्यार्थीहरुले पाए पोशाक र स्टेशनरी
    (राजन रावत/हुम्ला)


  • तीन हजार बढी विद्यार्थीहरुलाई एक साथ पोशाक था स्टेशनरी सहयोग गरिएको छ । चार वटा गाउँपालिकाका लक्षित वर्गका छात्रा छात्रहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।


    जेहेन्दार तथा लक्षित वर्गमा परेको छात्रा छात्रलाई एक बर्षको लागि पुग्ने गरि ती सामग्री निशुल्क रुपमा उपलब्ध गरिएको हो । कार्यक्रम लागू भएको सिमकोट गाउँपालिकाका छ सय १३ जना, खार्पुनाथ गाउँपालिकाका आठ सय १७ जना, सर्केगार्ड गाउँपालिकाका आठ सय १३ जना र चंखेली गाउँपालिकाका आठ सय ५३ गरि तीन हजार ९६ जना विद्यार्थीलाई एक वर्षका लागि  पुग्ने विद्यालय पोशाक, जुत्ता तथा स्टेशनरी वितरण गरिएको गुड नवर्स ईन्टरनेस्नलका हुम्ला जिल्ला संयोजक मन कुमार राईले बताए ।


     त्यसमा एक हजार पाँच सय ६२ छात्रा र एक हजार पाँच सय ३४ जना छात्राहरु रहेको उनले जानकारी दिए ।


     कार्यक्रम लागु भएका छनौट भएका सबै विद्यार्थीलाई गरि एक बर्षका लागि पुग्ने  एक हजार ३४ थान सर्ट, त्यति नै पेन्ट, एक हजारपाँच सय ६२ कुर्ता र त्यति नै सुरुवाल, कपी साठी हजार ६९२ थान वितरण गरिएको थियो ।


    यसैगरी,  ३२ हजार १४४ पिस पेन, १९ हजार १५२ पिस पेन्सील, १२ हजार ६७२ इरेजर, १२ हजार  ३८४ कटर, २५ हजार ४२० रिफिल, दुई हजार १३२ ज्यामिट्रि बक्स, तीन हजार ९६ स्कुल ब्याग, त्यति नै स्वीटर र मोजा वितरण गरिएको राईले जानकारी दिए ।


    यसरी यी सामग्री पाउनका लागि छनौट भएका सबै विद्यार्थीले कक्षा एक देखि १० मा अध्ययन गर्दा सम्म बर्षेनी दिने गरिएको राइले बताए ।


    गुड नेर्वसको यो कार्यक्रमले आर्थिक रुपमा धेरै सहयोग गरेको अभिभावक अर्जुन बोहराले बताए ।  यद्यपि कायृक्रम लागू भएका सबै विद्यालयका सबै बिधार्थीलाई सहयोग गरेको भए त्यसमा सुनमा सुगन्ध हुने उनको भनाइ थियो ।


    नेपालको आर्थिक सहयोग र किडार्क हुम्लाको सहजिकरणमा प्रत्यक्ष अभिभाबकसँग समन्वय गरेर वितरण गरिने किर्डाक हुम्ला निमित्त संयोजक धनिराम चौधरीले बताए ।


     सामग्री भने आवश्यकतामा आधारिक कक्षा अनुसार बितरण गर्ने गरिएको उनले जानकारी दिए । यसरी यी सामग्री पाउने विद्यार्थीको शैक्षिक अवस्था पनि निक्कै अगाडी बढेको र अधिकाँश विद्यालयमा पढ्ने विद्यार्थी उत्कृष्ट रहेको हिमज्योति माविका प्रधानाध्यापक देव बिक्रम शाहीले बताए ।  यसरी उपलब्ध शैक्षिक सामग्रीले गर्दा विद्यार्थीलाई पनि सहज र अभिभावकलाई पनि आर्थिक भार कम हुने उनले बताए ।