२०७६ भदौ ९ गते

अन्यको नाममा परीक्षा दिने दुईजना पर्साबाट प्रकाउ

ईपाटी संवाददाता


वीरगन्ज । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)को परीक्षामा अरु ब्यक्तिको नाममा परीक्षा दिइरहेका दुईजना प्रक्राउ परेका छन् ।


 वीरगन्ज १५, भेंडियाहीस्थित नेशनल मेडिकल कलेजस्थित परीक्षा केन्द्रमा चलिरहेको परीक्षामा अन्यको परीक्षा दिइरहेका रौतहटका २२ वर्षका जोगनारायण यादव र कौशलप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ।


शनिवार बिहान भइरहेको प्रविणता प्रमाण पत्र नर्सिङको परीक्षामा अरुको नामबाट परीक्षा दिरहेको अवस्थामा बिहान ९ः२० मा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जोगनारायणले रौतहट गढीमाईका २२ वर्षे छोटेलाल यादव र कौशलप्रसादले रौतहटकै रमाकान्त साहको नाममा परीक्षा दिइरहेका थिए ।

अरुको नाममा परीक्षा दिरहेको अवस्थामा उक्त परीक्षा केन्द्रबाट पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments: