२०७७ जेष्ठ १७ गते

विद्यालय व्यवस्थापन अध्यक्षले दिए विद्यालयलाई जग्गा

अन्तैबाट

खोटाङ । खोटाङमा व्यवस्थापन समितिका अध्यक्षले विद्यालयलाई निशुल्क जग्गा दान गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका भोगजीत राईले आफै व्यवस्थापन समितिको अध्यक्ष रहेको स्थानीय बालबालिका प्राविलाई दुई रोपनी सात आना जग्गा प्रदान गरेका हुन् ।

विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि अध्यक्ष राईले पाँच लाख बराबरको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयबाट विद्यालयको नाममा निशुल्क पास गरिदिएका हुन्।

राईले मालपोत कार्यालयमै जग्गाको लालपूर्जा विद्यालयका प्रअ कोमल ढकाललाई हस्तान्तरण गरेका छन्। प्राप्त भएको जग्गामा विद्यालय भवन, खेलमैदान लगायतका संरचना निर्माण गरिने प्रअ ढकालले बताए।

नागरिकमा खबर छ ।

Comments: