२०७६ मंसिर ४ गते

शिक्षालाई सीपमूलक बनाऔं : उपराष्ट्रपति

अन्तैबाट

सिन्धुपाल्चोक । उपराष्ट्रपति नन्दकिशोर पुनले शिक्षालाई वैज्ञानिक बनाउनेतर्फ सरकारले जोड दिनुपर्ने बताएका छन् । चौतारा साँगाचोकगढी १२ साँगाचोक बजारस्थित जनजागृति माध्यमिक विद्यालयको भवन उद्घाटनका क्रममा बिहीबार उनले शैक्षिक समृद्धिका लागि व्यावसायिक, प्राविधिक र सीपयुक्त शिक्षा आवश्यक भएको उल्लेख गरे ।


भूकम्पपछि देशभर ध्वस्त भएका विद्यालय भवन दातृ निकाय र सरकार मिलेर बनाउनु राम्रो भएको उनको भनाइ छ । आफू शैक्षिक क्षेत्रमा अनुभव बटुलेर सेवा गर्न आएकाले शिक्षालाई भरपर्दो बनाउन कस्सिइरहेको पुनको भनाइ छ । ७ करोड ५९ लाख रुपैयाँ लागतमा नेपाल हिल्फे वाइलंग्रिस जर्मनीले बनाएको विद्यालय उपराष्ट्रपति पुनले उद्घाटन गरेका हुन् ।

शिक्षालाई भरपर्दो एवं व्यवहारोपयोगी बनाउन सरकारले शिक्षालाई नयाँ ढंगबाट लैजान योजना बनाउनुपर्नेमा उनको जोड छ । कार्यक्रममा पूर्वमन्त्री तथा सांसद अग्नि सापकोटाले तातोपानी नाकालाई व्यवस्थित र सर्वसाधारणका लागि सहज बनाउन पहलकदमी लिइरहेको बताए ।

कान्तिपुरमा खबर छ ।

Comments: