२०७६ कार्त्तिक २९ गते

हाजिरीजवाफमा बालमन्दिर मावि प्रथम

राजन रावत/हुम्ला



गाउँपालिका स्तरको मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा बालमन्दिर मावि  प्रथम भएको छ । २० नम्वर ल्याएर सो विद्यालय प्रथम भएको हो ।

त्यसैगरी, मानसरोवर मावि १२ नम्वर ल्याएर दोस्रो भएको र ७ नम्बर ल्याएर सैपाल मावि तेस्रो भएको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायले बताए । कुल ८० वटा प्रश्न सोधिएकोमा ५७ वटा प्रश्नाको जवाफ प्रतियोगी विद्यालयका टिमले दिएको प्रअ रोकायाले बताए ।

 हाजिरी जवाफ प्रतियोगितामा रलिङ्ग मावि र रामदेव माविको पनि सहभागीता रहेको थियो ।

 विद्यालयको आकुरा वालक्लवका अध्यक्ष सोनाम लामाका अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विजेता टिमलाई पुरस्कार विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोर रावतले वितरण गरे ।  प्रतियोगिताका लागि गुड नेभर्स इन्टरनेस्नलले आर्थिक सहयोग गरेको थियो ।



Comments: