२०७६ भदौ ९ गते

विद्यार्थी तान्न ‘ग्रिन स्कुल’ कार्यक्रम

अन्तैबाट

जुम्ला । सरकारले अनिवार्य र निशुल्क शिक्षाको अवधारणा ल्याएको छ । दलित विपन्न समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा पु-याउन सरकारले अनिवार्य र निशुल्क शिक्षाको नाममा अर्बौं बजेट खर्च गरेको छ । जुम्लाका आठै स्थानीय तहले पनि शिक्षा क्षेत्रमा करोडौं बजेट छुटाएका छन् भने दलित छात्र तथा छात्राहरूका लागि छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । तर जुम्लामा भने सामुदायिक विद्यालय प्रति अभिभावक विद्यार्थीको मोह घट्दै गएको छ ।


भने महँगो शुल्क तिरेर भएपनि निजी विद्यालयमा बालबालिका आकर्षित भएका छन् । पछिल्लो समय सामुदायिक विद्यालयको व्यवस्थापन, मैत्रीपुर्ण वाताबरण, बालबालिका रमाउने वाताबरण नहुँदा पनि सामुदायिक विद्यालय रित्तिँदै गएका हुन् । तर पनि सरकारी बजेट खर्च भइरहेको छ । सामुदायिक विद्यालयमा उपयुक्त वाताबरण नभएकै सामुदायिक विद्यालय निजी विद्यालयका शिकार बन्न बाध्य छन् । स्थानीय सरकारलै निजी विद्यालय खोल्नका लागि अनुमति दिँदा सामुदायिक विद्यालयहरूमा विद्यार्थी घट्दै गएका हुन् ।


उद्योग पर्यटन तथा वाताबरण मन्त्रालय अन्तरर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहयोगमा जुम्लाका १० विद्यालयमा ‘ग्रिन स्कुल’ परियोजना लागु गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न, हरियाली प्रर्बद्धन गर्न तथा वाताबरण संरक्षणका लागि ‘ग्रिन स्कुल’ परियोजना पहिलो चरण अन्तरर्गत जुम्लाका १० विद्यालय छनौट गरी संचालन गरिएको छ ।


वरिष्ठ भू तथा जलाधार व्यवस्थापन अधिकृत शेर बहादुर श्रेष्ठले भने, आव २०७५/७६ अन्तरर्गत मन्त्रालयको कार्यक्रम अनुसार विद्यालय क्षेत्रहरियाली बनाउने ‘ग्रिन स्कुल’ परियोजना हो । यसको शुभारम्भ जिसस कार्यवाहक प्रमुख कार्मा बुढाद्धारा कर्णाली मावि अनामनगरबाट गरिएको छ । सामुदायिक विद्यालय बाटो भएर निजी विद्यालयमा जाने बालबालिकाको नजर तान्ने वाताबरण ‘ग्रिन स्कुल’ परियोजनाले गर्ने लक्ष्य हो । वृक्षारोपण पछिको संरक्षण तथा सहारको लागि विद्यालय जवाफदेहि हुने अधिकृत श्रेष्ठल उल्लेख गरे ।


१ हजार मयूरपंखी धुपीका बिरुवा रोपियो
प्रदेश सरकार अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा ईच्छाशक्तिका आधारमा छनोट गरिएका जुम्लाका १० विद्यालय गरी झण्डै एक हजार बढी मयुरपंखी धुपीका विरुवा रोपिएको छ । विद्यालयको परिसरलाई मध्यनजर गरी प्रति विद्यालयमा ८० देखि १ सय २५ सम्म धुपीका विरुवा रोपिएको बरिष्ठ भू तथा जलाधार व्यवस्थापन अधिकृतले बताए ।


उनका अनुसार विद्यालयमा रोपिएका विरुवा हुर्काउन तथा हराभरा बनाई विद्यार्थीहरूका लागि आकर्षणको केन्द्र बनाउन एक व्यक्ति एक रुख भनेर जिम्मेवारी दिइएको छ । एउटा विरुवालाई एक जनालेमात्रै सुरक्षा गर्ने, पानी हाल्ने हर्काउने गर्ने छ । त्यस विरुवमा सोहि व्यक्तिको नाम समेत लेखिने छ । विव्यवस, अभिभावक, शिक्षकहरूको जिम्मेवारीमा ‘ग्रिन स्कुल’ परियोजना सफलल पार्न भनिएको छ । विद्यालयमा ‘ग्रिन स्कुल’ परियोजना लागु गर्दा शिक्षक विद्यार्थी अभिभावक निकै खुसी छन् ।


कर्णाली मावि अनामनगरका प्रअ मिनराज शर्माले भने, निजीमा विद्यार्थी जानु सामुदायिक विद्यालयको व्यवस्थापकिय वाताबरणको अभावलेनै हो । तर यस्ता कार्यक्रमले सामुदायिक विवद्यालयमा विद्यार्थी आर्कषण हुने उनको विश्वास छ । काठमान्डौबाट ल्याएरका मयूर पंखी धुपीका विरुवाले विद्यालयको रौनक बदल्ने छ । ७ बाई ७ ईन्ची पोलीमा उत्पादीत धुपीको विरुवा दुईवर्षमा हराभरा हुने छ ।


१० विद्यालयमा ‘ग्रिन स्कुल’ परियोजना
जुम्लामा जम्मा एक सय ७० वटा विद्यालय छन् । जसमा आधारभुत तहका ९२, निमावीतहका ३१ र माध्यमिक तहका विद्यालय ४७ वटा गरी एक सय ७० विद्यालय जुम्लामा छन् । आधारभुत, निमावी र मावि गरी जम्मा विद्यार्थी संख्या जुम्लामा ३१ हजार १ सय ५४ जना छन् । जसमा ईसिडि लगायत आधारभुत तहमा मात्रै छात्र छात्रा गरी, १९ हजार २ सय ८४ जना बालबालिका रहेका छन् ।


तर यी मध्य अधिंकाश आधारभुत विद्यालयमा विद्यार्थीको खडेरी छ भने हरियालीका नाममा एउटा विरुवा थिएन । ‘ग्रिन स्कुल’ परियोजना मार्फत विद्यालयमा गार्डेन बनाउन, हरियाली बनाउन, वाताबरण संरक्षण गर्न जुम्लाका १ सय ७० विद्यालय मध्य पहिलो चरणमा १० विद्यालयमा ‘ग्रिन स्कुल’ कार्यक्रम शुरु भएको हो । जसमा कर्णाली मावि अनामनगर खलंगा, सरस्वती आधारभुत विद्यालय डाँडाकोट, कालिका आधारभुत विद्यालय हाटसिंजा, धोवीघाट विद्यालय कनकासुन्दरी, बुढु चौतारा मावि बुढु, मौले पाटा आधमरभुत विद्यालय लेखपर, रहेका छन् ।


त्यस्तै, मालिका मावि धापा, कुलदेव मावि विष्टवाडा, राहादेव मावि मोफ्ला र भैरव मावि नराकोट गरी १० विद्यालयमा ‘ग्रिन स्कुल’ कार्यक्रम शुरु भएको बरिष्ठ भु तथा जलाधार व्यवस्थापन अधिकृत शेर बहादुर श्रेष्ठले जानकारी दिए । जुम्लामा रहेका १ सय ७० विद्यालयहरूलाई समेट्ने गरी क्रमश कार्यक्रम चल्दै जाने छ । कर्णालीका १० वटै जिल्लाका विद्यालय मध्य प्रथामिकताका आधारमा जुम्लाका विद्यालय ‘ग्रिन स्कुल’ कार्यक्रमका लागि छनौट भएका छन् । भु तथा जलाधार व्यवस्थापन कार्यालयले कर्णालीका पाँच वटै जिल्लामा काम गरिरहेको छ । तर पनि जुम्लामा छनौट पर्नुमा यहाँका विद्यालय सरकारको प्रथामिकतामा छन् ।


‘ग्रिन स्कुल’ कार्यक्रम संचालन गर्न १० विद्यालयका लागि पाँच लाख मात्रै बजेट छुटाइएको थियो । जसमा एक लाखको लागतमा विरुवा खरिद, ३ लाखको लागतमा विरुवा काठ्मान्डौ देखि जुम्ला ढुवानी र १ लाखको लागतमा १० विद्यालयमा प्रति विद्यालय १० हजारका दरले बृक्षारोपण व्यवस्थापनमा खर्च गरी पाँच लाख खर्च भएको भू तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ ।


विद्यालयहरूले बृक्षारोपण र व्यवस्थापनका लागि बजेट अभाव भएको बताएका छन् । विरुवा हुर्काउनजेल सम्मको लागि सोही विद्यालय आबश्यक खर्च गर्नुपर्ने छ । पछि नमुना बन्दै विद्यार्थीको सख्यामा बृद्धि हुदै गएपछि आबश्यक सहयोग गरिने भएको छ । १० वटै विद्यालयमा गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षको उपस्थितीमा बृक्षारोपण कार्यक्रम गरिएको छ । जिसस कार्यबाहक प्रमुख कार्मा बुढाले भने ‘ग्रिन स्कुल’ कार्यक्रमको मर्म अनुसार शिक्षक,विद्यार्थी अभिभावक सबै जिम्मेवार बन्न सुझाव दिएका छन् ।

सागर परियारले कारोवारमा खबर लेखेका छन् ।

Comments: