२०७६ कार्त्तिक २९ गते

गोरखामा एसईई परीक्षाको तयारी पुरा


गोरखा ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कोे सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय गोरखाले जनाएको छ । परीक्षाका लागि आवश्यक पर्ने उस्तरपुस्तिका पु¥याउने र केन्द्राध्यक्ष तोक्ने प्रारम्भिक रूपमा केन्द्रहरूको निरीक्षण गर्नेलगायत काम पूरा भएको कार्यालयले जनाएको छ ।


आगामी ३ चैतबाट हुने एसईई परीक्षामा यस वर्ष भोजपुरबाट ४ हजार ९ सय ८ जना परिक्षार्थी सहभागी हुँदै छन् । यसैगरी कार्यालयले सो परीक्षाका लागि जिल्लामा २७ केन्द्र र केन्द्राध्यक्ष तोकेको छ ।

केन्द्राध्यक्षहरूलाई परीक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार आयोजना गर्ने कार्यालयले जनाएको छ । अभिमुखीकरण सकिएपछि केन्द्राध्यक्षहरू प्रश्नपत्र लिएर केन्द्रमा जाने कार्यालयले जनाएको छ । उत्तरपुस्तिका भने प्रत्येक केन्द्रमा पुगिसकेको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले जानकारी दिए ।

Comments: