२०७६ कार्त्तिक १ गते

वर्ण विन्यासको परिवर्तन समयको माग हो

-नारायणी खनाल



तपाईको  विचारमा शिक्षा के हो ?
शिक्षा मानवजीवनको अपरिरहार्यता हो, जीवनको मार्गदर्शक हो । जीवन दर्शन निर्माण गर्ने, जीउने कला सिकाउने, मानवले मानव भएर बाच्न सिकाउने कला नै शिक्षा हो । असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सहि निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणिय र आर्दश बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छानुरुपको प्रतिभा विकासमा टेवा पुराउने आदि कार्य शिक्षाले गर्दछ । जन्म देखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ज्ञान नै शिक्षा हो । शिक्षाले बालकको इच्छा अनुरुपको प्रतिभालाई मलजल गरि भविष्यमा त्यही प्रतिभाले नै बालकलाई महान बनाइदिन्छ । यसर्थ शिक्षा प्रतिभारुपी बिजको लागि अनुकूल हावापानीमा अवस्थित उर्वर भूमी हो ।

नेपालको शिक्षा र शिक्षण सिकाइलाई कुन रुपमा लिनसकिन्छ ?
नेपालको शिक्षामा स्तरीयता छ । सिकाइ प्रयोगात्मक कम छ त्यसैले प्रभावकारी नभएको हो । शिक्षालाई हामीले जुनरूपमा आत्मसात गरेको भए पनि यसमा तीन पक्ष समावेश भएको हुन्छ ( शिक्षार्थी, शिक्षक र शिक्षाको अन्तर्वस्तु । शिक्षार्थीले ज्ञान हासिल गर्छ, शिक्षकले ज्ञान हासिल गर्नमा सहयोग गर्छ र अन्तर्वस्तु भनेको त्यो सबैथोक जे विद्यार्थीले सिक्छ । शिक्षण सिकाइले मानिसको सोच, व्यवहार र उसको अस्तित्वलाई परिवर्तन गर्दछ । नेपालमा शिक्षा ज्यादा किताबमुखी मात्रै भयो । शिक्षकले किताबमात्रै पढाउने र विद्यार्थीले पनि किताबमात्रै पढाउने अझ रमाइलो त परीक्षामा पनि किताब भित्रको मात्रै आउने । यसमा सुधार गर्न आवश्यक छ ।

हाम्रो सिकाइस्तर कम हुनका कारण के हो ?
 सिकाइको स्तर कम छ भनेर म भन्दिन नेपालको शिक्षाले नेपालीको चाहना आवश्यकता पूरा नगरेकाले विधार्थीहरुमा अध्ययनको रुचि छैन । सिक्नको लागि तीनवटा कुरा हुनु अति आवश्यक हुन्छ । पहिलो मूल्य जसले सिक्ने एवं ज्ञानको सृजनमा मदत गर्छ । जस्तै बौद्धिक इमानदारी, सिक्ने इच्छा, ज्ञानप्रति आकर्षण, उत्साह र आत्मविश्वास । दोस्रो क्षमता, जुन पछि गएर सिक्ने उपकरणको रूपमा काम गर्दछ । जस्तै खोज गर्ने क्षमता, उपयुक्त माध्यमबाट सामथ्र्यको प्रयोग, अर्जित क्षमता र ज्ञान अगाडि बढ्नमा उपयोग गर्नु । सिक्ने उत्कृष्टताको तेस्रो मापदण्ड हो, अर्जित ज्ञानको मात्रा । यहाँ ज्ञान शब्दको उपयोग समझ, जानकारी र दक्षतालाई समाहित गर्नु हो । जसै–जसै ज्ञान बढ्छ त्यसरी नै सिक्ने क्षमतामा पनि वृद्धि हुन्छ । शिक्षाबाट प्राप्त हुने लाभको दायरा त्यसबखत मात्र उल्लेखनीय रूपमा फराकिलो हुन जान्छ, जब विद्यालय गएका बच्चाहरूले साँच्चिकै सिकिरहेका हुन्छन् । संयुक्त राष्ट्र संघीय संगठन युनेस्कोद्वारा सन् २०१२ प्रकाशित सबैका लागि शिक्षा सम्बन्धी अनुगमन प्रतिवेदनले प्राथमिक तहमा पढ्न जाने उमेरका एशिया प्रशान्त क्षेत्रका मात्र कम्तीमा २० करोड बालबालिका पढ्न, लेख्न र गन्न जान्दैनन् । यहाँसम्म कि प्राथमिक तह पूरा गरेका बालबालिकाको समेत न्यूनतम सिकाइ उपलब्धि भेटिंदैन । शिक्षण सिकाइको विधि सहि नहुँदा हाम्रो सिकाइस्तर कम भएको हो ।


हाम्रा शिक्षालय विश्वस्तरमा प्रतिष्पर्धी हुन नसक्नुको कारण के हो ?
हाम्रा शिक्षालयहरु विश्वमा प्रतिस्पर्शी नभएका भन्न मिल्दैन । हाम्रा शिक्षालयमा अध्ययन गरेका विधार्थीले विश्वमा नेपालको नाम चर्चित बनाएका उदाहरण पनि छन् । गुणस्तरीय शिक्षाकालागि आवश्यकशर्तहरु शिक्षक–विद्यार्थी अनुपात, शिक्षण सामग्री, भौतिक सामग्री, केटाकेटीहरू विद्यालय आउनु, कक्षामा उत्तीर्ण हुनु त्यो हाम्रो कमजोर छ । शिक्षाको गुणस्तरीयतामा सुधार नहुनुको पछाडिको अर्को कारण के हो भने शिक्षालाई पारिभाषित गर्ने मानिसहरूको दृष्टि विद्यालय भवन र शिक्षण सामग्रीसम्म मात्र सीमित हुनुपनि हो ।


हाम्रा शिक्षाका मूख्य समस्या र समाधानका उपायहरु के–के हुन् ?
हाम्रा शिक्षाका मुख्य समस्या शिक्षामा व्यापारिकरण, सरकारको दरिलो नीतिमा कार्यन्वयनको अभाव, व्यवहारिक शिक्षाको कमि नै समस्या हो । अव्यवस्थीत शैक्षिक सुशासन, भद्रगोल शिक्षक व्यवस्थापन, कमजोर भौतिक पूर्वाधार, राजनीतिक हस्तक्षेप लगायतका कारणले नै हाम्रो शिक्षा माथि उक्लन सकिरहेको छैन । हाम्रा विद्यालयहरु अझैपनि न्युनतम पूर्वधारबिहीन छन् । शिक्षक व्यवस्थापन छैन । त्यसमा सुधार गर्नुपर्दछ । अनुगमन र मूल्यांकन प्रणलीमा सुधार गरेमात्रै शैक्षिक सुशासन मजवुत हुन्छ । शैक्षिक सुशासन भएमात्रै शिक्षा राम्रो हुन्छ ।

तपाईको  लामो शिक्षण सिकाईको अनुभवको आधारमा हाम्रा शिक्षक र सिकाई कस्तो पाउनुभएको छ ?
शिक्षा आयआर्जन, जीविकोपार्जनका लागिमात्र होइन, मानबलाई आदर्श मानब भएर जीवन सिकाउने कला हो, नेपालमा एसएलसी उत्तीर्ण गरे पछि राम्रो अंक ल्यायो भने डाक्टर, इजिनियर बन्ने सोच पैसा कमाउनका लागि भएर आयो न सेवा भावना सेवामा पनि आयआर्जन हुन्छ तर नेपालमा जीवनका आधारभूत आवश्यकता लागि पैसा कमाउन कुर्सी, पद, नेता बन्ने सोच छ त्यसमा परिवर्तनको खाँचो छ ।


हुनुपर्ने कस्तो हो त ?
शिक्षार्थीले आनो अन्तरमनबाट सिक्न,जागरुक हुन र विषय छनोटमा राष्ट्रले निर्माण गरेको  नीतिको बन्देज हुनु हुदैन न शुल्कको ।


तपाई लामो समयसम्म नेपाली विषय शिक्षण गर्नुभयो । हाल नेपाली भाषामा भएको परिवर्तनलाई कुन रुपमा लिन सकिन्छ?
भाषा परिवर्तशील हन्छ, परिवर्तन समयको आवश्यकता हो । वर्ण विन्यासको परिवर्तन अपरिहार्यता हो ।


निजी कलेजहरुलाई सरकारी र नीतिगत समस्या कस्ता छन् ?
 निजी कलेजले नेपालको गुणस्तरीय शिक्षामा टेवा पु¥याएको छ । सरकारी कलेजका तुलनामा निजी कलेजले उत्पादन गरेका विधार्थीको पनि मुल्याङ्कन गर्न सकिन्छ । तर सरकारले निजी कलेजलाई नियन्त्रण गर्न नसक्दा धेरै विसङ्गति र समस्या देखिएका छन् ।


प्रसंग बदलौं, लालीगुराँस कस्तो कलेज हो ? यसका विशेषता के–के छन् ?
लालीगुराँस बहुउद्देशीय सहकारी संस्था लिमिटेड, पुल्चोकद्वारा सञ्चालित लालीगुराँस रा. कलेज काठमाडौँको मुटु मानिने बानेश्वरमा अवस्थित १७ वर्ष पुरानो कलेज हो । यसमा +२ मा विज्ञान, व्यवस्थापन, मानविकी र BBS, MBS तथा CA पनि अध्ययन हुन्छ । लालीगुराँस बहुउद्देशीय सहकारी संस्था लिमिटेड, पुल्चोकले लालीगुराँस हस्पिटल, हाइड्रोपाबर, दुध डेरी सञ्चालकमा ल्याएको छ । ठूलो नेटवर्क भएका कारणले यसै कलेजमा उत्पादन भएको जनशक्तिले बेरोजगार बस्नु नपर्ने हुन्छ । सर्व शुलभ शुल्कमा गुणस्तरीय शिक्षा यसको प्रमुख विशेषता हो । साथै अनुभवी दक्ष प्राध्यापक, उत्कृष्ट नतिजा, भौतिक पूवौधारले सम्पन्न कलेज भवन, आकर्षक खेल मैदान भएकोले विधार्थीषे आखाँको नानी बनेको छ कलेज ।

लाली गुराँस कलेज नै  किन पढ्ने ?
सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा तथा दक्ष अनुभवी प्राध्यापक, शान्त र सुरम्य शैक्षिक वातावरण, उत्कृष्ट नतिजा ग्रहण गर्न एक पटक लालीगुराँस राष्ट्रिय कलेजमा स्वागत गर्दछु ।

खनाल लालीगुराँश कलेजकी सहायक प्रिन्सीपल हुन् ।

Comments: