२०७६ मंसिर २० गते

भूकम्प सम्झँदै चित्रकला

 
काठमाडौं । भीमसेनस्थान स्थित द रोलिङस्टोन्स स्कु्लले खुला चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

काठमाडौ महानगरपालिका वडा नम्बर १२, १३, १९, २०, २१ र २३ का विभिन्न दुई दर्जन  विद्यालयका ६ देखि १४ वर्ष उमेर समुहका कक्षा १ देखि ८ का १ सय ७७ जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा भूकप्पले ध्वस्त भएको विश्वसम्पदा सुचीमा सुचिकृत काठमाडौ दरबारक्षेत्रको सम्पदालाई केन्द्रीत गरी चित्र बनाएका थिए । 

कक्षा ५–८ बाट एभिएम स्कुलकी रितु राजोपाध्याय प्रथम, द रोलिङ स्टोन्सका रिचार्ड श्रेष्ठ द्धितिय, जगतसुन्दर ब्वनेकुथी स्कु्लकी  रिजा महर्जन तृतिय र ह्वाइट फिल्डकी लुमना तुलाधरले चौथौ स्थान हासिल गरेका थिए ।


त्यस्तै कक्षा १–५ बाट प्रतियोगितामा सहभागि भएका मध्य  द रोलिङ स्टोन्सका विद्यार्थीले प्रथम द्धितिय र तृतिय स्थान हासिल गरेका थिए । सो विद्यालयकी युनिसा कार्की , सुजाता श्रेष्ठ र समिक्षा गौतमले क्रमशः प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरेका थिए । श्रीकुमारी स्कुलकी सपना ताम्राकार चौथो भएकी थिएन ।

वरिष्ठ कलाकार किरण मानन्धर, किशोर जोशी र राजाराम केसीको निर्णायक टोलीले पुरस्कृत चित्रको छनौट गरेका थिए । विद्यालय प्राङगणमा आयोजना भएको प्रतियोगितामा मेरी बास्सैको हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीले अन्तरु मन्तरु जन्तरु प्रहसन प्रस्तुत गरेका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द रोलिङ स्टोनकी एकेडेमिक कोअर्डिनेटर विमला श्रेष्ठले चित्रकला प्रतियोगिताको  महत्वबारे आफ्नो धारणा राखेका थिए । 

चौधरी ग्रुप अन्तर्गत क्विक्स र रियोले प्रयोजन गरेको प्रतियोगितामा विजयी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको  थियो । कामपाका ६ वटा वडाको सहयोगमा आयोजना गरिएको प्रतियोगिता हरेक वर्ष आयोजना गरिने आयोजकले जनाएको छ ।

Comments: