२०७६ कार्त्तिक २९ गते

शिक्षक विज्ञापन विरुद्ध पनि सर्वोच्चमा मुद्दा दायर


काठमाडौं । अस्थायी शिक्षक विज्ञापनका विरुद्धमा पनि सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।


शिक्षा ऐनको नवौं संशोधन विरुद्ध गत कात्तिक १५ गतेको परेको मुद्दामा सुनुवाइ जारी रहँदा–रहँदै सोही संशोधन अनुसार आयोगले विज्ञापन गरेको भन्दै मुद्दा दायर भएको हो ।


ऐन बदरको माग गर्दै मुद्धा जारी रहेको बेला आयोगले सूचना निकालेपछि आयोगको उक्त सूचना बदर गर्न माग गर्दै पूरक रीट दायर गरिएको हो । यस अघि मुद्धा दायर गरेकै टोलीले पूरक रीट दर्ता गरेको हो ।


संशोधित ऐनमा भएको अस्थायी शिक्षकहरुको कुल दरवन्दी मध्ये ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धा गराउने व्यवस्था गैरसंवैधानिक तथा नागरिकको मौलिक हकविपरीत भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष तथा अधिवक्ता ज्योति बानियाँ, धरान उपमहानगरपालिका ११ का सन्तोष भट्टराई समेत दुईजना र अधिवक्ता रिता भण्डारीले ऐन अमान्य र बदरको माग राखेर मुद्दा दायर गरेका थिए । उक्त मुद्धाको पेशी भोली शुक्रबारका लागि तोकिएको छ ।

 

Comments: