२०७६ कार्त्तिक २७ गते

अस्थायी शिक्षकद्वारा फेरी आमरण अनसन



 काठमाडौं । अस्थायी शिक्षकहरुले  परीक्षा स्थगित गर्न माग गर्दै पुन: आमरण अनसन शुरु गरेका छन् ।

अस्थायी शिक्षकहरुको आगामी असार २९ र ३० गते तोकिएको परीक्षा स्थगित गर्न माग गर्दै केही अस्थायी शिक्षकहरु आन्दोलमा उत्रिएका हुन् । उनीहरुले बिहीवार ४ बजेदेखि खुलामञ्चमा आमरण अनसन शुरु गरेका छन् ।

बाराका धमेन्द्र ठाकुर ब्राह्मण, रामेछापका सरस्वति आचार्य र अमृता केसीले आमरण अनसन शुरुगरेका हुन् । उनीहरुले परीक्षा तयारीका लागि समय नपुगेको भन्दै अहिलेको परीक्षा स्थगित गर्दै नयाँ मिति तय गर्न माग गरेका छन् ।



Comments: