२०७६ कार्त्तिक २९ गते

विज्ञान बाहेकका विषय पढ्न अब डी प्लस भए पनि हुने

काठमाडौँ । कक्षा ११ मा भर्ना हुने परिवर्तन भएको छ । शिक्षा मन्त्रालयले यस अघि सी ग्रेड ल्याएका विद्यार्थीले पढ्ने विषय डी प्लस ग्रेड ल्याउने विद्यार्थीले समेत पढ्न पाउने गरी शैक्षिक योग्यताको आधार संशोधन गरेको छ ।मन्त्रालयले एसएलसी नतिजा सार्वजजिक भएको १३ औं दिनमा फेरी कक्षा ११ मा भर्ना हुने विद्यार्थीको आधारमा फेरबदल गरेको हो ।

धेरै विद्यार्थी शिक्षाको पहुँचबाट टाढा पर्ने भएपछि मन्त्रालयमा बसेको उच्च माध्यामिक शिक्षा परिषद्को अन्तिम बैठकले भर्ना हुने ग्रेडको आधार परिवर्तन गरेको हो । यस अघि गणित पढ्नलाई अँग्रेजीमा न्यूनतम २ जीपीए तथा सी ग्रेड ल्याउनु पर्ने थियो । अव डी प्लस भएपनि हुने भएको छ । यस्तै प्राविधिक तथा ब्यवसायिक शिक्षा सहित अन्य विषयमा पढ्न न्यूनतम १ दशमलव ६ जीपीएलाई कायम राख्दै विषयहरुमा आवश्यक सी ग्रेडलाई परिवर्तन गरी डी प्लस बनाईएको छ ।

अब प्राविधिक पढ्न विज्ञान, गणित र अंग्रेजीमा सी ल्याउनु पर्नेमा डी प्लस, गणित, ब्यवस्थापन कम्युटर साईन्स पढ्नलाई गणितमा आवश्यक सी ग्रेडलाई डी प्लस भए पनि हुने भएको छ । यसै गरी यस अघि कायम गरिएको सी ग्रेड आवश्यक हुने विज्ञान बाहेकका सबै विषयमा डी प्लस भए हुने बनाईएको हो । विज्ञानमा भने सी प्लस यथावत राखिएको छ ।

संशोधनसँगै ब्यवस्थापनमा मात्रै झण्डै ५३ हजार थप विद्यार्थीले पढ्न पाउँनेभएका छन् । यस्तै अन्य संकायमा पनि त्यही हाराहारी विद्यार्थी थप हुने मन्त्रालयले जनाएको छ । यस अघि एसएलसी नतिजा सार्वजजिक हुने अघिल्लो रात परिषद्ले ११ मा कस्ता विद्यार्थी भर्ना गर्ने भन्ने आधार तय गरेको थियो । तस्विर : अनलाइनखवर काठमाडौँ । कक्षा ११ मा भर्ना हुने परिवर्तन भएको छ ।

शिक्षा मन्त्रालयले यस अघि सी ग्रेड ल्याएका विद्यार्थीले पढ्ने विषय डी प्लस ग्रेड ल्याउने विद्यार्थीले समेत पढ्न पाउने गरी शैक्षिक योग्यताको आधार संशोधन गरेको छ । मन्त्रालयले एसएलसी नतिजा सार्वजजिक भएको १३ औं दिनमा फेरी कक्षा ११ मा भर्ना हुने विद्यार्थीको आधारमा फेरबदल गरेको हो । धेरै विद्यार्थी शिक्षाको पहुँचबाट टाढा पर्ने भएपछि मन्त्रालयमा बसेको उच्च माध्यामिक शिक्षा परिषद्को अन्तिम बैठकले भर्ना हुने ग्रेडको आधार परिवर्तन गरेको हो ।

यस अघि गणित पढ्नलाई अँग्रेजीमा न्यूनतम २ जीपीए तथा सी ग्रेड ल्याउनु पर्ने थियो । अव डी प्लस भएपनि हुने भएको छ । यस्तै प्राविधिक तथा ब्यवसायिक शिक्षा सहित अन्य विषयमा पढ्न न्यूनतम १ दशमलव ६ जीपीएलाई कायम राख्दै विषयहरुमा आवश्यक सी ग्रेडलाई परिवर्तन गरी डी प्लस बनाईएको छ । अब प्राविधिक पढ्न विज्ञान, गणित र अंग्रेजीमा सी ल्याउनु पर्नेमा डी प्लस, गणित, ब्यवस्थापन कम्युटर साईन्स पढ्नलाई गणितमा आवश्यक सी ग्रेडलाई डी प्लस भए पनि हुने भएको छ ।

यसै गरी यस अघि कायम गरिएको सी ग्रेड आवश्यक हुने विज्ञान बाहेकका सबै विषयमा डी प्लस भए हुने बनाईएको हो । विज्ञानमा भने सी प्लस यथावत राखिएको छ । संशोधनसँगै ब्यवस्थापनमा मात्रै झण्डै ५३ हजार थप विद्यार्थीले पढ्न पाउँनेभएका छन् । यस्तै अन्य संकायमा पनि त्यही हाराहारी विद्यार्थी थप हुने मन्त्रालयले जनाएको छ । यस अघि एसएलसी नतिजा सार्वजजिक हुने अघिल्लो रात परिषद्ले ११ मा कस्ता विद्यार्थी भर्ना गर्ने भन्ने आधार तय गरेको थियो ।

 

तस्विर : अनलाइनखवर

 

 

Comments: