• गणित विषयमा राम्रो अंक ल्याउनका लागि कसरी गर्ने तयारी
    ()


  • यसवर्षको कक्षा १० को अन्तिममा लिइने एसइइ परीक्षाको तालिका सार्वजनिक भइसकेको छ ।   परीक्षा आगामी चैत्र ३ गतेदेखि ११ गते सम्म सञ्चालन हुने तय भएको छ । विद्यार्थीहरु यसको तयारीमा जुटिसकेका छन् । यदि यस परीक्षामा तपाई गणित विषयमा राम्रो अंक ल्याउन चाहानुहुन्छ भने तपाईलाई यो परीक्षाको टिप्स काम लाग्न सक्छ ।


    १. ति पाठहरुलाई ज्यादा ध्यान दिनुहोस् ,जसबाट विगतमा सवैभन्दा बढी प्रश्न सोधिएका छन् ।


    २. विगत पाँच वर्षको प्रश्नपत्रहरु जम्मा गर्नुहोस् । यसबाट तपाइलाई अन्दाज लगाउन सहज हुन्छ कि परीक्षामा कस्ताखाले प्रश्नहरु बढी सोधिन्छन् ।


    ३. तयारी जतिनै राम्रो किन नहोस्, तपाई जवसम्म पाठहरु दोहर्याउनुहुन्न तबसम्म राम्रो अंक ल्याउन सक्नुहुन्न । पाठहरु दोहर्याउनाले पाठहरुमा भएको शंका मेटिन्छ ।


    ४. जे पनि पढ्नुहुन्छ त्यसको शर्ट नोट्स बनाउँदै जानुहोस् । परीक्षाका लागि जब कम समय बचेको हुन्छ, तब यसबाट पाठलाई रिवीजन गर्न मदत मिल्छ ।


    ५. जुन पाठमा तपाई ज्यादा कमजोर हुनुहुन्छ, त्यसको तयारी पहिले गर्नुहोस् ।


    ६. परीक्षा छ, यसको मतलव हो हैन कि तपाई हरसमय पढ्दै बस्नुस् । बरु राम्रो हुन्छ, पढाईको बीचमा थोरै समय निकालेर टिभी हेर्नुस्, खेल्नुस्, परिवारसँग कुरागर्ने रमाइलो गर्ने गर्नुस् । यसले तपाईको दिमाग रिफ्रेश हुन्छ साथै राम्रोसँग पढ्न सक्नुहुन्छ ।


    ७. गणित एउटा यस्तो विषय हो, जसको प्राक्टिस तपाई जति गर्नुहुन्छ, नतिजा पनि त्यति नै राम्रो आउँछ । दिनमा कम्तिमा पनि तीन घण्टा गणित विषयको प्राक्टिसमा दिनुहोस् । फेरी हेर्नुहोस् गणित विषयमा तपाईको कति राम्रो अंक आउँछ ।