• परीक्षा तयारी गर्नुअघि...
    ()

  • काठमाडौं । निश्चित अवधिको अध्ययन मूल्यांकन गर्न लिइने परीक्षालाई सबै विद्यार्थीले महत्वका साथ लिने गरेको पाइन्छ । तर अधिकांश विद्यार्थी परीक्षाको तयारी कसरी गर्ने र कसरी पढ्दा लामो समयसम्म स्मरण गर्न सकिन्छ भन्ने विषयमा भने अलमल्लमा पर्ने गरेका छन् ।


    १.बिहान पढ्ने
    कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुनसक्छ । यस्तो सामग्री कठिन छ भने बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुने विभिन्न अध्ययनले देखाएको छ ।


    २. परीक्षाको सम्भावित प्रश्नबारे छलफल
    विद्यार्थी कुनै विषयको तयारीमा जुटेको छ भने उसले आफ्ना साथीभाइहरूमार्फत सोही विषयमा अघिल्लोपटक सोधिएका प्रश्नका बारेमा छलफल गर्नुपर्छ । उक्त प्रश्नसँगै विद्यार्थीले उत्तरका बारेमा पनि साथीहरूसँग परामर्श गर्नुपर्छ । साथीहरूबाट मात्र प्रश्नको समाधान हुन सकेन भने शिक्षकलाई पनि सोध्ने गर्नुपर्छ । त्यसबाहेक कक्षामा आफूलाई महत्वरपूर्ण लागेको विषयमा पनि विशेष महत्व दिएर अध्ययन गर्नुपर्छ ।


    ३.समूह बनाएर पढ्ने
    परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । यस्तो गर्दा समूहमा रहेका साथीहरूको नोट हेर्ने, आफ्नो नोट साथीहरूलाई पनि दिने र दुवै नोटबाट नयाँनयाँ सूचना लिएर सोहीमाथि छलफल गर्नु राम्रो हुन्छ । यसले गर्दा आफूले बुझेको केही कुरामा साथीबाट पनि थप ज्ञान पाउन सकिन्छ ।


    ४.परीक्षाअघि पर्याप्त सुत्ने
    परीक्षाको अघिल्लो दिन पर्याप्त सुत्नुपर्छ । परीक्षाका नाममा अघिल्लो दिन निद्रा मारेर सुत्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या आउन सक्छ । ढिलो सुत्दा सुत्नेबित्तिकै निद्रा नलाग्नाले पूरै रात बर्बाद पनि हुनसक्छ । अध्ययनअनुसार परीक्षाको अघिल्लो दिन सातदेखि नौ घन्टासम्म अध्ययन गर्नुपर्छ ।

    ५.परीक्षाअघि एक गिलास पानी पिउने
    परीक्षा हलमा प्रवेश गर्नुअघि एक गिलास पानी पिउनु स्वास्थ्यका लागि हितकर मानिन्छ । अध्ययनअनुसार परीक्षामा एक गिलास पानी पिएर जाने विद्यार्थीको उपलब्धि पानी नपिई जाने विद्यार्थीभन्दा दस प्रतिशत बढी रहने गरेको छ । पानी धेरै पिउँदा दिमागमा सूचना प्रवाह सहज हुने र आफूले बनाएको योजनाअनुसार लेख्न सहज हुने अध्ययनको निष्कर्ष छ ।अन्नपूर्णपेष्टमा खवर छ ।