२०७६ कार्त्तिक २९ गते

केन्द्राध्यक्ष निलम्बित

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनियमितता गरेको आरोपमा गौशाला केन्द्रका केन्द्राध्यक्ष आमोद साह निलम्बनमा परेका छन् । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको टोलीले सिट प्लानविपरीत बोर्डिङ स्कुलका विद्यार्थीलाई एउटै कोठामा राखेर परीक्षा दिलाएको पाइएपछि उनलाई निलम्बन गरेको हो ।

केन्द्राध्यक्ष साहले मदर टेरेसा बोर्डिङ स्कुलसँग मिलोमतो गरी उक्त स्कुलका सबै परीक्षार्थीलाई एउटै कोठामा बसालेको आरोप छ । सिट प्लानअनुसार कोठामा एकभन्दा बढी विद्यालयका परीक्षार्थीलाई मिसाएर राख्नुपर्ने नियम छ ।

प्रजिअ यादवका अनुसार केन्द्राध्यक्षले नै नियम मिचेको हुँदा निलम्बन गरिएको हो । यस्तै प्रजिअ यादव नेतृत्वको अनुगमन टोलीले ४ परीक्षा केन्द्रबाट अनियमितता गर्ने ५७ छात्रासहित ७७ जना परीक्षार्थीलाई शुक्रबार निष्कासित गरेको छ । निष्कासन पर्नेमा गौशाला केन्द्रबाट ३४, खखनाबाट १८, रजखोरबाट १७ र निगौलबाट ८ परीक्षार्थी छन् । उनीहरूलाई नेपाली विषयको परीक्षाबाट मात्र निष्कासित गरिएको प्रजिअले जनाए । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: