२०७६ असोज २ गते

शिक्षक लाइसेन्स परीक्षाका परीक्षा केन्द्रहरु सार्वजनिक

इपाटी संवाददाता

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

यही असोज ९, १० र ११ गते हुन लागेको परीक्षाको केन्द्र सर्वजनिक गरेको हो । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो ।

 आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो ।

आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् ।

जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ ।

 

 

 

यो पनि पढ्नुहोस् 

शिक्षक लाइसेन्सको परीक्षा असोज ९, १० र ११ मा हुने

शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, त्रुटि भए सच्याउन ३ दिने म्याद

Comments: