• परीक्षा हुने निश्चित, आयोगले निर्धारण गर्यो परीक्षा केन्द्र
    ()


  • भक्तपुर । अस्थायी शिक्षकहरुका लागि खोलिएको विज्ञापनको  भाद्र ३ गतेको परीक्षा तोकिएकै मितिमा हुने निश्चित भएको छ । आइतबार  परीक्षा हुने नहुने अन्यौलकै बीचमा शिक्षक सेवा आयोगले परीक्षा केन्द्र निर्धारण गरेपछि परीक्षा हुने निश्चित भएको हो ।


    प्रावि निमावि र माविका लागि छुट्टा छुट्टै परीक्षा लिने गरी देशै भर ९५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । संघीयता लागू भै सके पनि आयोगले देशको पुरानै संरचना अनुसार केन्द्र निर्धारण गरेको हो ।


    जस अनुसार सुदुर पश्चिमाञ्चलमा ७, मध्य पश्चिमाञ्चलमा १३, पश्चिमाञ्चलमा २४, मध्यमाञ्चलमा २१ र पूर्वाञ्चलमा २० परीक्षा केन्द्र निर्धारण गरेको छ ।


    शिक्षक सेवा अयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले अब परीक्षा कुनैपनि हालतमा तेकिएकै मितिमा सम्पन्न हुने दावी गरे । परीक्षाको  सम्पूर्ण तयारी पुर भएकाले परीक्षा सर्ने सम्भावना नरहेको उनले दबी गरे ।

    परीक्षाकेन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्