२०७६ असोज ३ गते

अस्थायी शिक्षक परीक्षाको केही परीक्षा केन्द्र परिवर्तन, प्रवेश पत्र हराएकाले के गर्ने ?

ईपाटी संवाददाता


भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक परीक्षाको निर्धारित परीक्षा केन्द्रमा केही संशोधन गरेको छ । आयोगले असार ३० गते दिउँसो साढे १ बजे सञ्चालन हुने प्राथमिक तहको ३ परीक्षा केन्द्र परिवर्तन गरेको हो ।


आयोगका अनुसार विज्ञापन नम्बर १०३ को महोत्तरी र बारा जिल्लाको पूर्व निर्धारित बालव्यवसायी माविको केन्द्र परिवर्तन गरी मंगलादेवी मावि गौशाला कायम गरेको छ । त्यस्तै, विज्ञापन नम्बर १०२ का स्यांजा र पाल्पाका जनप्रिय मावि सिमलचौर क र ख लाई परिवर्तन गरी वराही मावि मालेपाटन क र ख कायम गरिएको छ । यि बाहेकका परीक्षा केन्द्रहरु यथावत रहेका समेत आयोगले स्पष्ट पारेको छ ।


त्यस्तै, प्रवेश पत्र हराएका परीक्षार्थीले प्रवेशपत्र लिनका लागि पासपोर्ट साइजको २ कपी फोटो र परिचय प्रमाणपत्र सहित यही असार २७ गते भित्र सम्बन्धीत जिल्ला विकास तथा समन्वय इकाइमा सम्पर्क गर्नुपर्ने आयोगले जनाएको छ ।

 

 

Comments: