२०७६ कार्त्तिक २ गते

कक्षा ११ को परीक्षा फेरी सर्ने


काठमाडौं ।  कक्षा ११ को परीक्षा पुनः सर्ने भएको छ । स्थानीय तहको निर्वाचनका कारण पछिल्लोपटक ८ असारदेखि हुने गरी कार्यतालिका सार्वजनिक गरेकामा स्थानीय निर्वाचन ९ असारमा हुने भएपछि परीक्षा तेस्रो पटक सर्ने भएको हो ।

स्थानीय चुनावका कारण २४ वैशाखको परीक्षा १ असारदेखि सञ्चालन हुने गरी समय सारिएको थियो । चारवटा प्रदेशमा ३१ जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि कक्षा ११ को परीक्षा ८ असारदेखि हुने गरी सारिएको थियो ।


जेठ ३१ गते निर्वाचन भए पनि मतगणना एक सातामा सकिन्छ भन्ने विश्लेषणका आधारमा असार ८ गतेलाई तय गरिएको परीक्षा फेरी जेठ ९ गते निर्वाचन हुनेभएपछि सर्ने भएको हो ।


चार प्रदेशको निर्वाचन ९ असारमा हुने भएपछि ८ असारदेखि हुने भनिएको परीक्षा केही दिन सर्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव डा. डिल्लीराम रिमालले बताए ।

Comments: