२०७६ कार्त्तिक २९ गते

एसएलसी परीक्षा : मोरङमा थप उत्तरपुस्तिकाको अभाव

मोरङ । जारी एसएलसी परीक्षामा जिल्ला शिक्षा कार्यालय मोरङले आवश्यकताअनुसार थप उत्तर पुस्तिकाको व्यवस्था नगर्दा मोरङमा केही परीक्षा केन्द्रमा समस्या भएको छ । कार्यालयले समयमा उत्तर पुस्तिका नपठाउँदा त्यस्ता परीक्षा केन्द्रले मुल उत्तर पुस्तिकाको वाहिरी कभर फ्यालेर काम चलाएका छन् ।

मंगलवार सामाजिक विषयको परीक्षामा शिक्षा कार्यालयसँगै जोडिएको जनपथ उच्चमावि परीक्षा केन्द्रका केन्द्राध्यक्षले मुल उत्तर पुस्तिकाको वाहिरी कभर फ्यालेर परिक्षर्थीलाई थप उत्तर पुस्तिका उपलब्ध गराए ।

परीक्षा केन्द्र स्रोतका अनुसार केन्द्राध्यक्ष मनमाया रिजालले कार्यालयका परीक्षा शाखा प्रमुख जिवन गड्तौलासँग थप उत्तर पुस्तिका माग्दा उनले आक्रोश पोखेपछि मुल उत्तर पुस्तिकाको बाहिरी कभर फ्यालेर परीक्षार्थीलाई थप उत्तर पुस्तिका उपलब्ध गराइएको थियो ।

परीक्षा केन्द्र स्रोतले भन्यो, ‘केन्द्राध्यक्षले मुलकापीको बाहिरी कभर च्यातेर भित्री भाग परीक्षार्थीलाई उपलब्ध गराइसकेपछि कार्यालयले थप उत्तर पुस्तिका पठाएको थियो ।’

थप उत्तर पुस्तिका समयमा उपलब्ध नहुँदा केहीबेर परीक्षा प्रभावित भएको थियो ।

परीक्षा शाखा प्रमुख गड्तौलाले आफुले कुनैपनि परीक्षा केन्द्राध्यक्षलाई थप उत्तर पुस्तिका माग्दा नराम्रो व्यवहार नगरेको बताए । सबै परीक्षा केन्द्रलाई आवश्यकता अनुसारको थप उत्तर पुस्तिका कार्यालयले समयमै पठाएको उनको दावी थियो ।

मोरङमा ६७ परीक्षा केन्द्र छन । अनिवार्य गणित र सामाजिक शिक्षाको परीक्षाको दिन जिल्लाका केही परीक्षा केन्द्रमा थप उत्तर पुस्तिका अभाव भएपछि मुल उत्तर पुस्तिकाको बाहिरी कभर फ्यालेर परीक्षार्थीलाई थप उत्तर पुस्तिका उपलब्ध गराइएको स्रोतको दावी छ ।कान्तिपुरमा खवर छ ।

Comments: