• कुन पढौँ ? कुन लेखौँ ?
    ()

  • केदार वाशिष्ठ

    यतिबेला नेपाली भाषामा हिज्जेको बहस पुनः चुलिएको छ । द् लेख्ने वा त्यसलाई अर्को संयुक्त वर्णमा जोडेर नै लेख्ने विषयमा विवाद देखिएको छ । यस्तैमा डा. लक्ष्मी प्रसाद खतिवडाले आठ वटा शब्दको सूची दिएर ‘तपाईँ कुन लेख्नुहुन्छ ?’ भनेर सोध्नु भएको छ । यो लेख सैद्धान्तिक र व्यावहारिक सन्दर्भका आधारमा तिनै शब्दमा केन्द्रित छ ।


    डा. लक्ष्मी प्रसाद खतिवडा सर ! यहाँलाई सर्वप्रथम बधाइ दिन्छु । कम्तीमा यहाँले शालीन बहस थाल्नु भयो, तथ्य राखेर तर्क खोज्नु भयो । कतिपयले तर्कका अगाडि ‘कु’ उपसर्ग लगाएर अहिलेको बहसमा पाण्डित्याइँ छाँटेका छन् । त्यो नगरी तथ्य प्रस्तुत गरेर तार्किक समाधान खोज्नु भएको हो भन्ने ठानेको छु ।


    सर्वप्रथम तपाईँको प्रश्नबाटै सुरु गर्छु । सोध्नु भएको छ – तपाईँ कुन लेख्नुहुन्छ ? यो प्रश्न तपाईँले मौखिक सोधेकाले मैले बुझेको होइन । तपाईँले लेखेर सोध्नु भयो, मैले देखेर पढेँ अनि बुझेँ । यसैबाट के कुरा थाहा हुन्छ भने भाषाका दुई रूप हुन्छन् – कथ्य र लेख्य । तपाईँले मौखिक सोधेको अनि मैले सुनेको भए सम्भवतः मेरो मौखिकै जवाफ आउँथ्यो । तपाईँ लेखेको देखेर पढेको हुनाले अहिले म लेखेरै जवाफ दिँदैछु ।


    अब अलिकति कथ्य र लेख्य भाषाका पनि कुरा गर्नु सान्दर्भिक ठान्छु । मानिसले पहिले बोल्न सुरु गर्छ । त्यसको धेरैपछि मात्र लेख्न थाल्छ । भाषा र लिपि विकासको क्रम पनि यही हो भन्ने कुरामा यहाँ पक्कै सहमत हुनुहुन्छ । यसबाट के स्पष्ट हुन्छ भने, भाषाको विकास क्रममा होस् वा मानव भाषा सिकाइको क्रम, दुवैमा कथ्य भाषा पहिलो र लेख्य भाषा दोस्रो हुन्छ । सबै मान्छे बोल्छन् (अपवाद केही हुन्छन् यसमा पनि) तर सबै नै लेख्न सक्छन् भन्ने छैन । पक्कै पनि ती लेख्न नसक्ने पनि कतिपय पढ्न सक्छन् । उनीहरूको पढ्ने वा लेखेको बुभ्mने तरिका फरक हुन्छ । ती भिन्न किसिमले सक्षम मानिस कहलिन्छन् ।


    अब लेखेको पढ्ने कुरा गरौँ । लेखेको पढ्न सक्षम मान्छेले देखेर पढ्छ अर्थात् भाषाको लेख्य रूप यहाँ प्रभावकारी हुन्छ । पढ्दा पनि कतिपयले सस्वर वाचन गर्छन्, कतिपयले मनमनै पढ्छन् तर दुवै वाचन हुन् । आवाज निकालेर पढ्ने र मौन पढ्ने वा मनमनै पढ्ने पढाइको तरिकाका भेद हुन् यी । तर, दुवै वाचनको आधार देख्य भाषा रहेको हुन्छ ।


    मैले तपाईँले उल्लेख गर्नु भएका शब्दहरू पनि देखेर पढेँ । सुरुमा मनमनै पढेँ अनि सस्वर पनि वाचन गरेँ । दुवै देखेर पढेको हुँ र त्यसै अनुसार पढेँ । सबै शब्दलाई कस्तो देखेँ र कस्तो पढेँ अब बताउँछु ।


    पहिलो शब्द छ– पद्धति वा पद्हति
    पुरानो नियम भनेर लेखेको पद्धतिमा मैले के देखेँ भने त्यहाँ आधा ‘ध’ छ र पुरा ‘द’ छ । सम्भवतः सबैले देख्ने कुरा पनि त्यही नै हो । अब मैले त्यसलाई देखेका आधारमा पढ्दा /पध्.द.ति/ भयो । तर नयाँ नियममा त्यसको लेखाइ पद्हति छ । त्यसलाई मैले /पद्.ह.ति/ नै पढेँ । पहिलो लेखाइमा देख्दै नदेखिने ‘ह’ मैले कसरी पढूँ ? म मात्र होइन, जुन कुरा सामान्य पाठकले देख्दै देख्दैन कसरी उसले पद्हति पढोस् ?पहिले नै जानेको पाठक छ भने उसले पद्हति नै हो लेख्नु पर्ने भन्ने बुझेर लेख्ला ।


    दोस्रो शब्द छ– उद्धारक वा उद्धारक
    उद्धारकमा पनि मैले ‘ध’ नै आधा देखेँ र पुरा ‘द’ । त्यसै अनुसार मैले यसमा पनि /उध्.दा.रक्र पढेँ । नयाँ नियम भनेर लेखिएकोमा जे लेखिएको छ त्यही पढेँ अर्थात् – /उद्.धा.रक्/ । यसमा पनि जे देखिएको छ सजिलै त्यही पढेको हुँ ।


    तेस्रो शब्द छ– यादृच्छिक वा याद्ऋच्छिक
    यस शब्दलाई पनि मैले देखेका आधारमा नै सुरुमा मौन वाचन गरेँ । मौन वाचनले यसको उच्चारण सही भएन भन्ने लाग्यो र सस्वर वाचन गरेँ । त्यसलाई यसरी पढेँ – /याद्.रिच्.छिक्/ । मैले ‘ ृ ’ लाई र पढेँ, किनकि ‘ ृ ’ र को परिपूरक वितरण हो अर्थात् ‘ ृ ’ रकारको नै एउटा भेद हो । ‘ ¥ ’, र्‘ ’ पनि रकारका भेद हुन् । मैले त्यही आधारमा ‘ ृ ’ ‘ र ’ नै हो भन्ने बुझेर त्यसलाई अथ्र्याएँ । त्यसपछि नयाँ नियमको याद्ऋच्छिक शब्द पनि पढेँ । त्यसको पनि मनमनै र सस्वर नै वाचन गरेँ । उही आवाज आयो – /याद्.रिच्.छिक्/ । तर, मलाई अब के समस्या प¥यो भने मैले देखेर उच्चारण गरेको ‘ऋ’ नेपाली भाषाको व्यञ्जन वर्ण होइन । यो संस्कृतको स्वर वर्ण हो तर मेरो नेपाली जिभ्रोले यसलाई व्यञ्जन ‘र’ नै पढ्यो । मैले मेरो जिभ्रो संस्कृत बनाउन सकिनँ । सम्भवतः धेरै नेपालीको जिभ्रोले पनि संस्कृतको स्वर ‘ऋ’ लाई नेपाली व्यञ्जन ‘रि’ नै भन्छ ।


    तेस्रो शब्द छ– उद्धरण वा उद्धरण
    यसमा पनि मैले उद्धरणमा आधा ‘ध’ र पुरा ‘द’ नै देखेँ र पढेँ – /उध्.द.रन्/ । यसलाई फेरि उच्चारण गरेँ, यतिबेला भयो– /उध्.द.रडँ/ । ‘ण’ को उच्चारण संस्कृतमा अर्कै हुन्छ अरे ! धेरै प्रयास गर्दा पनि मेरो जिभ्रोले ‘न्’ वा ‘अडँ’ भन्दा भिन्न उच्चारण गर्नै सकेन । मलाई साँवा अक्षर सिकाउने मेरा बुबा हुनु हुन्थ्यो । उहाँको शिक्षा संस्कृतको थियो । उहाँले कतिपय वर्ण जिभ्रो फड्कारेर उच्चारण गर्न सिकाउने प्रयास गर्नु हुन्थ्यो तर म सक्दिनथेँ । मलाई अझै थाहा छैन– म असफल भएँ कि उहाँ सिकाउन असफल हुनु भयो । आज पितृ औँशीका दिन यस्तो लेखि रहँदा मलाई पिताबाट पितृ भइ सक्नु भएका मेरा बुबाले के भनि रहनु भएको होला भन्ने ग्लानी भएको छ । तर, मेरो जिभ्रो नै त्यस्तो उच्चारण गर्दैन भन्ने उहाँलाई पनि थाहा होला भन्ने ठान्दै अरू जिभ्रो फड्कार्न मलाई प्रेरित गर्नु भएको होला भन्ने ठानेको छु । सम्भवतः यो समस्या अरू धेरैलाई होला ।


    चौथो शब्द छ– अल्पदृष्टि वा अल्पद्ऋष्टि
    यसमा पनि पुरानोमा मैले /अल्.प.द्रिस्.टि/ पढेँ र नयाँमा पनि त्यही नै अर्थात् /अल्.प.द्रिस्.टि/ । यहाँ पनि यादृच्छिक वा याद्ऋच्छिकमा जस्तै समस्या देखियो । मेरो जिभ्रोले /अल्.प.द्रिस्.टि/ मात्र सिकायो । फेरि मेरो जिभ्रोले धोखा दियो– मूर्धन्य ‘ष’ को आधा उच्चारण गर्नै सकेन । तर, लेख्दा भने अल्पदृष्टि नै लेख्न सहज बनायो । ‘द्ऋ’ लेख्न मलाई असजिलो लाग्यो । मलाई सजिलो लागेको सबैलाई सजिलै लाग्नु पर्छ भन्ने होइन तर तपाईँले नयाँमा ‘दृ’ चलाउन सकिने पनि देखाउनु भएकाले त्यसो गर्न मलाई असहज लागेन । (सातौँ शब्दको नयाँ चलन ‘वृद्धि’ रहेको छ) ।


    पाँचौँ शब्द छ– उद्धव वा उद्धव
    यस शब्दमा मेरो भावनात्मक सम्बन्ध अलि बढी छ । मेरा पितृ भइ सक्नु भएका बुबाको नाम हो यो । यसको उच्चारण र लेखनमा हामीलाई समस्या परेन किनकि हामी यस शब्दको उच्चारण र लेखनमा पनि धेरै अभ्यस्त भएका छौँ । यसको पुरानो लेखनमा पुरा ‘द’ र आधा ‘ध’ देखिए पनि उहाँले हामीलाई यसको उच्चारण सिकाउँदा पुरा ‘द’ र आधा ‘ध’ नै सिकाउनु भयो । हामीले सिक्यौँ– /उद्.ध.व. । पढ्दा र लेख्दा दुवैमा यसमै शुद्धता रहेको हामी ठान्छौं । यो हाम्रो पारिवारिक अभ्यास भयो । यसैमा सबै लाग्नु पर्छ भन्ने हाम्रो आग्रह पनि होइन ।


    छैटौँ शब्द छ– सदृश वा सद्ऋश
    यसमा पनि अल्पदृष्टि वा अल्पद्ऋष्टिमा जस्तै रकारको भेद रहेको पाएँ र पुरानोमा उच्चारण गरेँ /सद्.रि.स/। फेरि यसमा पनि संस्कृतको स्वर ‘ऋ’ र संस्कृत उच्चारणको तालव्य ‘श’ ले अलि समस्या पा¥यो । मेरो जिभ्रोले देखेको जस्तो उच्चारण गर्न सकेन । ‘ऋ’ लाई नेपाली व्यञ्जनको ‘रि’ र ‘श’ लाई ‘स’ मात्र उच्चारण गर्न लगायो ।


    सातौँ शब्द छ– वृद्धि अथवा वृद्धि
    यसमा पनि पहिलोमा आधा ‘ध’ र पुरा ‘द’ देखेँ र पढेँ– ÷व्रि।ध्दि÷ । फेरि नयाँमा सजिलै देखेँ पढेँ– /व्रिद्.धि/ । मलाई नयाँले उच्चारण गर्न र शुद्ध लेख्न सिकायो । यहाँ अर्को एउटा विशेषता के पाएँ भने ‘र’ को परिपूरक वितरणमा अल्पद्ऋष्टि र सद्ऋशको जस्तो ‘ ृ ’ प्रयोग गर्न सकिन्छ तर ‘र्’ वा संस्कृतको स्वर वर्णको ‘ऋ’ को पनि प्रयोग देखिएन । संस्कृतमा कस्तोमा व्यञ्जनमा ‘रि’ वा स्वर ‘ऋ’ उच्चारण हुने हो ? त्यस्तो अवस्थाबारे मलाई थाहा भएन । थाहा नभएको कुरा गर्नु पनि हुँदैन ।


    आठौँ शब्द छ– सिद्धान्त वा सिद्धान्त
    यसमा पनि मैले पुरानोमा सजिलै आधा ‘ध’ र पुरा ‘द’ देखेँ र उच्चारण गरेँ– /सिध्.दान्.त/ । तर, नयाँमा अर्कै देखे अनुसारको उच्चारण गर्न सजिलो भयो– /सिद्.धान्.त/ ।


    के गर्ने त ?
    हामीले भाषिक शुद्धताको कुरा गर्दा स्वाभाविक रूपमा कथ्य र लेख्य दुवैमा शुद्धता र निकटता खोज्नु पर्छ । शुद्ध उच्चारण गर्ने र अशुद्ध लेख्ने वा शुद्ध लेख्ने र अशुद्ध उच्चारण गर्नु हुँदैन । मेरो जिभ्रो अलिअलि संस्कृतमा पनि अभ्यस्त हुँदा त यस्तो समस्या प¥यो भने संस्कृत नजान्नेका लागि कति समस्या होला ? फेरि मलाई अर्को फाइदाको पक्ष के थियो भने मेरो मातृभाषा नेपाली हो । तर, नेपाल बहुभाषिक राष्ट्र हो र नेपालको संविधानले नै अरू भाषालाई पनि राष्ट्रिय भाषाको मान्यता प्रदान गरेको छ । तीमध्ये कतिपयले नेपालीको जस्तै देवनागरी लिपि प्रयोग गर्छन् । कतिले आ–आफ्नै लिपि प्रयोग गरेका छन् । गैरनेपाली मातृभाषी र देवनागरी लिपिमा लेख्नेका लागि अरू कति समस्या होलान् रु अनुमान गर्न सकिन्छ । कतिपयका जिभ्राले त, थ, द, ध उच्चारण गर्नै सक्दैनन् । उनीहरूलाई के गर्ने ? के नेपाली भाषा संस्कृत धेरै जान्नेहरूको मात्र हो र ? समस्या धेरै छन् ।


    समाधान उत्तेजक होइन शालीन बहस र तर्क–प्रतितर्कबाट सिद्धान्त र व्यवहारका आधारमा निकाल्न नसकिने होइन । यसका कोकोहोलो गर्नु जरुरी छैन । जीवन्तता भाषाको विशेषता हो, यसमा बहस हुनुपर्छ । तर, परिवर्तनशीलता भाषाको विशेषता हो र त्यसले लेख्य र कथ्य दुृवैमा निकटताको सरलता खोज्छ भन्ने चाहिँ बिर्सन हुँदैन ।


    मैले पुरानो वा नयाँ कुन ठिक भनेर लेखेको छैन । तर, पक्कै पनि नयाँमा कथ्य र लेख्यमा शुद्धता, पठनमा शुद्धता भने देखेको छु । अब म कुन पढौँ ? कुन लेखौँ ?

     

    साभार : गोरखापत्र दैनिक