२०७६ माघ ८ गते

गुणस्तरीय इञ्जिनियरिङ शिक्षामा जोड

ईपाटी संवाददाता


ललितपुर । नेपाल इञ्जिनियरिङ शिक्षा गुणस्तरीय हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपालको इञ्जिनियरिङ शिक्षालाई विश्वव्यापी रुपमा प्रतिस्पर्धी बनाउनुपर्ने उनीहरुको जोड छ ।


नेपाल इञ्जिनियरिङ कलेज सेन्टर फर पोष्ट ग्रायजुएट स्टडिज ललितपुरले शुक्रबार ललितपुरमा गरेको माष्टर्स तहमा भर्ना विद्यार्थीको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले नेपाल विश्व व्यापार संगठननको सदस्य राष्ट भएसँंगै नेपाली इन्जिनियरले विश्वका सम्पूर्ण इञ्जिनियरसँंग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपालको इञ्जिनियरिङ शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताए ।


नेपाल इञ्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठले उच्च शिक्षाको अध्ययन रोजगारी गर्दै गनुपर्ने हुँंदा विश्व बजारसँंग प्रतिस्पर्धा गर्नसक्ने विद्यार्थी उत्पादन गर्न समस्या भएको बताए । अमेरिका, बेलायतलगायतका विदेशी मुलुकका विद्यार्थी २४ सै घण्टा पढाईमा व्यस्त हुने तर नेपाली विद्यार्थी काम गर्दै पढ्नुपर्ने बाध्यता गुणस्तर कायम गर्न नसकेको उनले बताए । काम गर्दै पढ्नुपर्दा दुई वर्षको माष्टर तहको पढाई पञ्चवर्षीय योजना हुने गरेको अनुभव उनले सुनाए ।


आयोजक नेपाल इञ्जिनियरिङ कलेज सेन्टर फर पोष्ट ग्रायजुएट स्टडिज ललितपुरका निर्देशक प्राडा खेमराज शर्माले गुणस्तरीय इन्जिनियरिग शिक्षाले मात्रै मुलकको समग्र विकास सम्भब हुने बताए ।


त्यसकारण  माष्टर्स तहको इन्जिनियरिंगमा यो वर्ष दुई सय ५० जना विद्यार्थीलाई भर्ना लिएको कलेजले जनाएको छ । कलेजमा माष्टर्स तहमा विभिन्न विधामा पढाई हुने गरेका छन् । स्नातक तहको इन्जिनियरिङमा भने सिभिल, सिभिल एण्ड रुरल, आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनलगायतका विधामा पढाई भइरहेका छन् । यी कोर्षहरुमध्ये अधिकांश चारवर्षे छन् भने कुनै पाँंचवर्षे । देशभर ५२ वटा इन्जिनियर पढाई हुने कलेज रहेको तथ्यांक छ ।

 

Comments: