२०७६ माघ १२ गते

आजबाट साक्षरता दिवसको साताव्यापी कार्यक्रम शुरु


काठमाडौं । सरकारले आजबाट एकसातासम्म ३८ औं राष्ट्रिय शिक्षा दिवस एवं ५१ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने भएको छ ।


अनौपचारिक शिक्षा केन्द्रले पत्रकार सम्मेलन गरेर शिक्षा दिवस तथा साक्षरता दिवसका अवसरमा एक सप्ताहसम्म कार्यक्रम गरिने जनाएको हो ।


पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक चूडामणि पौडेलले आइतबारदेखि दिवस मनाइने उल्लेख गरे । केन्द्रले ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित राष्ट्रिय शिक्षा दिवस र प्रविधि युगसापेक्ष साक्षरता भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन लागेको हो ।


१८ गते विहान ८ वजे निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन विभागीय समिति शिक्षा मन्त्रालयको सहकार्यमा अनौपचारिक शिक्षा केन्द्रको प्राङ्गणमा वृक्षारोपण कार्यव्रmम गर्ने, १९ गते बैकल्पिक विद्यालयका विद्यार्थीहरुकाबीच तरवार भन्दा कलम बलियो भन्ने शीर्षककमा वादबिवाद प्रतियोगिता सञ्चालन गर्ने निर्देशक पौडेलले जानकारी दिए । त्यस्तै, । जिल्ला शिक्षा कार्यालय काठमाडौंको संयोजन तथा अनौपचारिक शिक्षा केन्द्रको आयोजनामा, नवदुर्गा पार्टी प्यालेस, कपन (गोपिकृष्ण हल अगाडि) आइएफसिडिको सहयोगमा जनचेतनामुलक सडक नाटक प्रदर्शनी गर्ने र भाद्र २० गते भक्तपुरको गुण्डुमा दिउसो २ बजे नाटकको साक्षरताले जीवनमा ल्याउने परिवर्तन शिर्षकके नाटक प्रदर्शनी गरिने केन्द्रले जनाएको छ ।

यसैगरी भाद्र २१ गते काठमाडौँको पटापमा दिउसो ४ बजे साक्षरताले जीवनमा सुधार ल्याउँछ शिर्षकको नाटक प्रदर्शनी गरिने तथा सप्ताहाव्यापी कार्यक्रमक लागि साक्षर भई जीवनका विविध पक्षहरूमा आएका सकारात्मक परिवर्तन समेटिएको १० मिनेटको वृत्तचित्रको विकास गरिएको तथा भाद्र २२ गते एविसि टेलिभिजनबाट जनचेतानामूलक लोकदोहोरी गीत इन्द्रेणी कार्यव्रmम मार्फत प्रसारण गरिने केन्द्रले जनाएको छ । बहुउद्देश्यीय सा.सि.के. हेम्जा कास्की र युनेस्कोको सहकार्यमा भाद्र २२ गते सचेतनामूलक दोहोरी गीत कार्यव्रmम आयोजना गरिएको तथा भाद्र २१ गते नै निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन विभागीय समिति शिक्षा मन्त्रालयको आयोजनामा रक्तदान कार्यक्रम गरिनेपनि अनौपचारिक शिक्षा केन्द्रले जनाएको छ ।


यूनेस्कोको सहयोगमा आदर्श वाक्य सहितको टि शर्टको वितरण गरिने, भाद्र २३ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा जनचेतनामूलक आकर्षक स्टल सहितको साक्षरता दिवसको कार्यक्रम गरिने साथै, सबै जिल्ला शिक्षा कार्यालयहरू र सा.सि.के.हरूलाई दिवस मनाउने सम्बन्धमा पत्राचार गरिएकोसमेत केन्द्रले जनाएको छ ।


अवसरमा एक सप्ताअनौपचारिक शिक्षा केन्द्र सानोठिमी, भक्तपुरले ७५ जिल्लालाई पूर्णसाक्षर बनाउने घोषणा गरे पनि अधुरो भएको छ । केन्द्रका निर्देशक चूडामणि पौडेलले हालसम्म ३८ जिल्ला मात्रै पूर्णसाक्षर जिल्ला घोषणा भएको जानकारी दिए । जिल्लामा ९५ प्रतिशत नागरिक साक्षर भएपछि पूर्णसाक्षर जिल्ला घोषणा हुने प्रावधान छ । अझै ३७ जिल्ला पूर्णसाक्षर घोषणा हुन बाँकी छ ।


‘निर्वाचन आचारसंहिता लागू भएका कारण पूर्णसाक्षर घोषणा हुन तयारी अवस्थामा रहेका खोटाङ, डडेलधुरा, पर्वत, म्याग्दी, संखुवासभा, सुनसरी र तेह्रथुम जिल्ला घोषणा हुन सकेका छैनन्,’ –निर्देशक पौडेलले भने । निर्वाचन सकिएपछि यस वर्ष सबै बाँकी जिल्लालाई पूर्णसाक्षर घोषणा गरिने उनले बताए ।

 

Comments: