• विदेशीले बनाइदिए एक महिनामै स्कूल
    (अन्तैबाट)



  • काठमाडौं । एक अष्ट्रेलियाली नागरिकले नेपालको पिछडिएको बस्तीमा तीनकोठे स्कुल एकै महिनामा बनाइदिएका छन् । चाँंडो जडान हुने इको प्यानलको प्रयोगबाट यो सम्भव भएको हो ।

    इको प्यानल मात्रै जडान गर्न तीन दिन मात्रै लागेको कुरा ग्याभिन म्याककोम्याकले बताए । उनी र तिनको टोली आनंन्द देवकोटा र जुनुमाया लामाको टिमले नेपालको वर्दघाट वडा नं १२ नवलपरासीमा स्कुल भवन बनाइदिएको हो । पोहोर साल पनि सोही टिमले काभ्रेमा स्कुल बनाइदिएको थियो ।

    ग्याभिन सिडनीको स्कूल प्रिन्सिपल हो । स्कुल भबन बनाउन एक महिना मात्रै लागेता पनि ग्याभिनलाई स्कुल बनाउनको निम्ति पैसा उठाउन झण्डै एक वर्ष लागेको थियो । उनले आफनो देशमा म्याराथुन जस्ता क्रियाकलापहरु गरी नेपालमा स्कुल बनाउन अष्टेलियाबाट सहयोग जुटाएका थिए ।

    उनीहरुले बनाइदिएको स्कुलमा अति विपन्न चौधारी, मुसुहर, राई, लिम्बू बाहुन, क्षेत्रीसहित विभिन्न जातिका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने जनाइएको छ ।


    गोर्खा इको प्यानलको सहयोगपछि स्कुल बनाउन सम्भब भएको हो । निर्माण सामाग्रीको रुपमा रहेको इको प्यालनले प्यानलमा भारी छुट प्रदान गरी सहयोग पुर्याएको हो ।

    ग्याभिन र गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवालबीचको मित्रताले यो सफलता मिलेको हो । सामाजिक उतरदायित्व अन्तर्गत एक महान काममा आफनो कम्पनीले सक्दो छुट दिई सहयोग गरेको ईन्जिनियर दुवालले बताए ।