२०७६ भदौ २ गते

दुर्गमका विद्यार्थीलाई गैर आवासीय नेपालीको सहयोग

महेश न्यौपाने/रोल्पा



पश्चिम रोल्पाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गैर आवासिय नेपालीको सहयोगमा छात्रवृत्ति वितरण गरिएको छ । गंगादेव गाउँपालिका ३ घोप्टेवडारमा रहेको शिद्धार्थ माध्यमिक विद्यालयका ५३ जना द्धन्दपीडित, टुहुरा तथा अनाथ बालबालिकाहरुलाई उक्त छात्रवृत्ति वितरण गरिएको हो ।


गैर आवासीय नेपाली संघ स्वीडेनकोका पहलमा चाइल्ड टु चाइल्ड कार्यक्रम अन्तरत ती वालवालिकालाई छात्रवृत्ती वितरण गरिएको वताइएको छ । एनआरएन स्वीडेनका अध्यक्ष अर्जुन श्रेष्ठले वालवालिकाहरुलाई छात्रवृत्ती हस्तान्तरण गरेका थिए ।


गएको डेढ वर्ष यता मासिक ५० स्वीस क्रोनर संकलन गरि सो विद्यालयका जेहेन्दार, द्धन्दपीडित, अपांग तथा अति विपन्न विद्यार्थीलाई छात्रवृत्ती हस्तान्तरण हुदै आएको सो अवसरमा जानकारी गराइएको थियो ।  गैर आवासीय संघ स्वीडेनको व्यवस्थापनमा चाईल्ड टु चाइल्ड कार्यक्रम अन्तरगत स्वीडेनमा वस्ने नेपाली विद्यार्थीले सो रकम संकलन गर्दै आएको वताइएको छ । आफ्नो दैनिक खाजा खर्चवाट कटौती गरेर नेपालका गरिव, द्धन्दपीडित, अति गरिव विद्यार्थीलाई छात्रवृत्ती स्वरुप सो रकम हस्तान्तरण गरिदै आएको छ ।


समुदायको पहलमा नमूना विद्यालय अभियान थालनी गरेको सो विद्यालयलाई एनआरएन स्वीडेनले यस अघि ७ लाखको लगानीमा २ कोठे विद्यालय भवन समेत निर्माण गरिदिएको नमूना विद्यालय अभियान्ता प्रेम वलीले जानकारी दिए । 'विद्यालयको नमूना अभियानलाई गैर आवासीय नेपालीहरुले सहयोग गर्दै आएको वलीले वताए । आर्थिक, नैतिक, भौतिक तथा मानवीय सहयोग पाइरहेका छौ,' वलीले भने ।


सोही अवसरमा समाजसेवी महेन्द्र श्रेष्ठ र चतुरदेवी श्रेष्ठले विद्यालयलाई ५१ हजारको अक्षय कोष रकम  समेत हस्तान्तरण गरेको बताइएको छ ।


Comments: