• हुम्लामा समयमा नै पाठ्यपुस्तक आइपुगे
    (राजन रावत/हुम्ला)

  • योवर्ष जिल्लामा तीन वटै  बिक्री केन्द्रमा पाठ्यपुस्तकहरु आइपुगेका छन् । जनक शिक्षा सामग्री केन्द्रले सयम मै वितरकलाई पाठ्यपुस्तक जिम्मा लगाएपछि जिल्लामा लामो हिमपातका बावजुत पनि पाठ्यपुस्तक आइपुगेका हुन्


    जिल्लाका सबै विद्यालयहरुका लागि तीन वटा पुस्तक पसल तथा सप्लायर्सहरुले पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका छन् । सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा क्रमश २३, १५ र १८ वटा विद्यालयमा गरी पाँच हजार एक सय विद्यार्थी भएको भए पनि कक्षामा विद्यार्थी संख्या एकिन नभएको कारण हाल चार हजार आठ सय पचास थान पुस्तक सिमकोटमा पुगि सकेको रोकाया पुस्तक पसलका ज्ञान बहादुर रोकायाले जानकारी दिए ।

    हालसम्म पाँच सय थान पुस्तक बिक्री भै सकेको उनले बताए ।  कक्षा नौ को ऐच्छिक गणित बाहेक अन्य पुस्तक जिल्लामा पुगि सकेको उनले जानकारी दिए ।

    अहिलेसम्म पहिलो पटक पाठ्यपुस्तक लिन पाएको खार्पुनाथ गाउँपालिका हुम्ला माविमा कक्षा ८ मा अध्ययनरत छात्रा कल्पना बुढाले बताइन् ।

    उनी एक दिन पैदल हिडेर पुस्तक लिन आएकी हुन् ।  सिमकोट र खार्पुनाथका विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु गरिएको भए पनि नाम्खामा भने हिमपातले बाटो नखुलेको कारण सुरु नभएको छैन ।

    नाम्खा गाउँपालिकाले हिमपात कै कारण चैत्र एक गतेबाट विद्यालय संचालन गर्ने निर्णय यस अघि नै गरि सकेको छ । यता विद्यार्थीले पुस्तक किनेर ल्याउने काम जारी रहेको र विद्यालयमा पनि पठन–पाठन सुरु भएको बालमन्दिर माबिका प्रधानाध्यापक कैलाश रोकायाले बताए ।

    यस पटक तीनवटा मध्ये ज्ञानु पुस्तक पसलले सर्खेगार्ड र चंखेली गाउँपालिकाका विद्यालयहरुका लागि पुस्तक ढुवानीको जिम्मा लिएकोमा सर्केगार्ड वितरण केन्द्रले केही बाहेक अन्य पुस्तक जिल्लामा पुगेको सो पसलका सञ्चालक मानदेव शाहीले बताए ।

    पहिलो लटमा उक्त पुस्तक पसलले हाल एक हजार चार सय नब्बे सेट पुस्तक केन्द्रमा पुगेर बिक्री भै रहेको उनले जानकारी दिए ।

     बाँकी पनि जुम्ला जिल्लाको गोठी जिउलामा पुगेको र हिमपातले रोकिएको भएपनि यातायात सुचारु भए तत्काल केन्द्रमा पुर्याईने उनले स्पष्ट पारे ।

     उक्त पुस्तक पसलबाट लालीगुराँस मावि लिप्नेले सबै कक्षाका पाठ्यपुस्तक बुझेको अभिभावक दाने फडेराले बताए । दुई गाउँ पालिकामा सबै तहका गरि ३३ वटा विद्यालयमा चार हजार छ सय विद्यार्थी अध्ययनरत रहेको र त्यसमा कक्षा एकको विद्यार्थी संख्या यकिन नभएको कारण केही बढ्न सक्ने देखिएको छ । त्यो यकिन संख्या आएपछि थप पुस्तकको तत्काल ब्यवस्था गर्न सकिने शाहीले बताए ।

     अर्को चंखेली र ताँजाकोट गाउँपालिकाका ४२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि पाँच हजार २५ सेट पुस्तक वितरण केन्द्रमा पुगि सकेको ढुवानी जिम्मा पाएको लबि सप्लार्यका लोकेन्द्र भण्डारीले बताए ।  पैमा र श्रीनगर वितरण केन्द्रबाट बितरण मंगलबारबाट हुने र यसमा कक्षा एकको विद्यार्थी संख्या यकिन नभएको कारण दुई सय जना विद्यार्थी बढ्न सक्ने र त्यसका लागि पछि ब्यवस्था हुने उनले जानकारी दिए ।