२०७७ जेष्ठ १८ गते

विद्यालय व्यवस्थापनमा राजनीति

बैतडी । बैतडीको उत्तरी क्षेत्रमा पर्ने रुद्रेश्वर गाविसमा चमेलिया नदीको छेउमै दुर्गा मावि सिमार छ । रुद्रेश्वर, कोटपेटरा, मठैराजसहित दार्चुलाको सीमावर्ती शिखर गाविसका विद्यार्थी पनि उक्त विद्यालयमा पढ्न आउँछन् । तर पछिल्लो दुई वर्षयता विद्यालय जाने बेला विद्यार्थीलाई पढाइ हुने हो कि होइन भन्ने चिन्ताले पिरोल्ने गर्छ ।


गत अढाइ वर्षयता विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको पढाइ प्रभावित भएको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि राजनीतिक दलहरूबीच खिचातानी हुँदा विद्यालय व्यवस्थापन गठन हुन नसकेको हो ।


‘विद्यालयमा कहिले पढाइ हुन्छ कहिले शिक्षकहरू नै बन्द गरेर हिँड्छन् । पढाइको कुनै ठेगान नै हुँदैनु, कक्षा १२ मा अध्ययनरत विद्यार्थी नकुल रानाले भने, ‘गएको दुई वर्षयता हामीले राम्ररी पढ्न पाएका छैनौं ।' दुर्गा मावि सिमारमा विद्यालय व्यवस्थापन समिति गठनका लागि २०७२ साल जेठ २१ गते निर्वाचनसमेत भयो तर निर्वाचनको मत परिणामलाई लिएर दलगत रूपमा अभिभावक बाँडिएपछि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको विद्यालयका शिक्षक गंगासागर जोशीले बताए ।


‘विद्यालयमा विद्यालय व्यवस्थापन समिति नहुँदा प्रशासनिक, शैक्षिकलगायतका काम प्रभावित भएका छन् । विद्यार्थीको पढाइमा समेत बाधा पुगेको छु, उनले भने, ‘अभिभावकहरू नै दलगत रूपमा विभक्त भएपछि अध्यक्ष पदलाई अस्तित्वको लडाइँका रूपमा लिएका छन् ।' विद्यालयमा विद्यालय व्यवस्थापन समिति नहुँदा निजी स्रोतका शिक्षकलाई तलब खुवाउन समस्या भएको विद्यालयले जनाएको छ ।


‘निजी स्रोतका शिक्षकका लागि आन्तरिक स्रोत व्यवस्थापन गर्नुपर्छ । विद्यालय व्यवस्थापन समिति नै नहुँदा कसले स्रोतको व्यवस्थापन गर्ने ? ु स्थानीय महेश बोहराले भने, ‘व्यवस्थापन समितिको अध्यक्षमा कांग्रेस र एमालले आआफ्नै दाबी गर्दा समस्या भएको छ ।'


एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको गाउँ पनि हो रुद्रेश्वर । दलहरूले विद्यालयलाई अस्तित्वको लडाइँसँग जोडेका छन् । यसले विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । विद्यालयमा अध्ययनरत कक्षा १० की छात्रा सुस्मिता बोहराले विद्यालय जानै मन नलाग्ने बताइन् ।


‘विद्यालय जाँदा पढाइ हुँदैन । कहिले निजी स्रोतका शिक्षक आन्दोलनमा हुन्छन् कहिले अन्य समस्या हुन्छ, विद्यालयमा पढाइ हुने नहुने ठेगान नै हुँदैन । गएको दुई वर्षयता हामीलाई साह्रै समस्या भएको छु, उनले भनिन्, ‘गत पुसको अन्तिम साता निजी स्रोतका शिक्षकले तालाबन्दी गरे । बल्ल ताला खुलेको छ । फेरि के समस्या आउने हो थाहा छैन ।'


कक्षा १० कै लक्ष्मी बोहरा पनि विद्यालयमा पढाइ नहुँदा दिक्क भएकी छन् । ‘कक्षा १० को आधा कोर्स पनि पढाइ भएको छैन । जहिले पनि विद्यालयमा रडाको नै मच्चिएको हुन्छु, उनले भनिन् ।


दुर्गा मावि सिमारमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा मावि तहमा रिक्त रहेका शिक्षकको पदपूर्तिसमेत रोकिएको छ । २०७२ जेठमा भएको निर्वाचनको मतपेटिका जिल्ला प्रहरी कार्यालयमा छ तर निर्वाचनका विषयमा दलहरू आपसमा लडेपछि समाधान निस्केको छैन । शिक्षा ऐनको आठौं संशोधनअनुसार माघ मसान्तभित्र सबै विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिसक्न निर्देशन दिएको जिल्ला अधिकारी लालसिंह टेरले बताए ।


‘ विगतमा के भयो, त्यो बेला म थिइनँ, अहिले शिक्षा ऐनको आठौं संशोधनअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न भनेका छौुं, उनले भने ।
तर आठौं संशोधनअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न २ पटकभन्दा बढी अभिभावक भेला भए पनि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको शिक्षक जोशीले बताए । विद्यालयमा व्यवस्थापन समिति नहुँदा साढे सात सय विद्यार्थी रहेको विद्यालयको भविष्य अन्योलमा छ ।अन्न्पुर्णपोष्टमा खबर छ ।

Comments: