२०७६ भदौ ३० गते

निग्लिहवा गाविस पूर्ण भर्ना , साक्षर र पूर्णखोप युक्त गाविस

जानु पाण्डे

कपिलवस्तु । कपिलवस्तुको निग्लिहवा गाविस पुर्ण भर्ना, साक्षर र पुर्ण खोप युक्त गाविस घोषणा भएको छ । कनकमुनि उच्च मावि जगदसिपुर सभाहलमा भएको भव्य समारोहका बीच घोषण गरीएको हो । कपिलवस्तु क्षेत्र नं. २ सांसद अतहर कमालले निग्लिहवा गाविस बालबालिकाका क्षेत्रमा सराहनिय काम गर्दै बालमैत्री गाविस तर्फ उन्मुख रहेको बताए । बालबालिका लक्षित सुचकमा काम गर्दै निग्लिहवा कपिलवस्तुको पहिलो बाल मैत्रि गाविस घोषणाको लागि तयारी अवस्थामा रहेको छ ।


निग्लिहवा गाविसमा आधारभुत उमेर समुह ५–१२ वर्षका ९९.२५ प्रतिशत बालबालिका भर्ना भई जिल्लाको सातौं पुर्ण भर्ना गाविस बनेको छ । २४ बढी सय बाल बालिका मध्ये केही मात्र बाँकी रहेका छन । अपांगता भएकाका कारण उनीहरुलाई भर्ना गर्न असहज भई रहेको छ । बाल क्लब, अभिभावक, शिक्षक , ओदारी स्रोत केन्द्र, सनसाईन सामाजिक विकास संस्था र निग्लिहवा गाविसकोको संयुक्त सहयोगमा भर्ना अभियान संचालन गरी आधारभूत तहमा पुर्ण भर्ना सफल भएको सनसाईन सामाजिक विकास संस्थाका शिवलाल यादवले बताए । पुर्ण भर्ना गाविस घोषणाका लागी सेभ द चिल्ड्रेन र सनसाईन सामाजिक विकास संस्थाले सहयोग गरेका थिए ।


घोषणा समारोहमा निग्लिहवा गा.वि.सका कुनै पनि बालबालिकाहरुमा खोपको सेवाबाट वन्चित नरहेको वताइएको छ । पूर्ण खोप गाविस घोषणाका लागी गाविसले २०६८ साल अगाडी बाट कार्यक्रम संचालन भएको गाविस सचिव मुहानन्द खनालले बताए । पाँच वर्ष अगाडी ७५ प्रतिशत बालबालिका खोप लगाएका थिए । गत वर्ष ९८ प्रतिशत बाल बालिका खोप लगाएको पाईएका पछी अभियान संचालन गरीएको थियो । जिल्ला जन स्वास्थ्य कार्यालय , बाल स्वास्थ्य महाशाखा र ध्ज्इ(क्ष्एम् को सहयोगमा २०७३ सालमा १००% बालबालिकालाई खोप लगाई गाविसलाई १५औ पुर्ण खोप युक्त गाविस घोषणा गरीएको खोप अधिकृत लक्ष्मेश्वर झाले बताए ।


यसै गरी साक्षरता दर ९५.१२ प्रतिशत राख्दै निग्लिहबा साक्षर गाविस घोषणा भएको छ । स्थानिय कनकमुनि मा.वि. र गाविसकोे सहयोग साक्षरताका कक्षा संचालन गर्दै जिल्लाको ३९ औं साक्षर गाविस घोषणा भएको छ । यहाका १५–६० उमेर समुहका ९५.१२% नागरीक साक्षर भएको र बाकीं रहेका करिव ३ सय निरक्षरलाई विशेष कार्यक्रम प्रदान गरी साक्षरता वनाउने जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम भट्टराईले  बताए ।


कार्यक्रममा सेभ द चिल्ड्रेन का ईश्वर खत्रि, कनकमुनि उ माविका प्र.अ. कनममान श्रेष्ठ, सहायक जिशिअ बाबुराम भट्टराई, सनसाईन सामाजिक विकास संस्थाका शिवलाल यादव लगायतले शुभकामना व्यक्त गरेका थिए । घोषणा सभा जिल्ला बाल संञ्जालका अध्यक्ष अभिषेक केसीको संचालन गाविस सचिव मुहानन्द खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Comments: