२०७६ माघ ९ गते

भर्नाबिनै स्ववियु निर्वाचन तालिका

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । फागुन १४ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेपनि केन्द्रीय क्याम्पसमा नयाँ विद्यार्थी भर्ना नखोलेकोमा विद्यार्थी संगठनहरुले भने आपत्ति जनाएका छन् ।

सेमेष्टर प्रणालीको बार्षिक क्यालेण्डर अनुसार नियमित खोल्नुपर्ने भर्ना समेत नखोली बिद्यार्थीले चुन्न र चुनिन पाउने अधिकारबाट बन्चित गराएको भन्दै केन्द्रीय क्याम्पसका अनेरास्ववियु नेता माधव पन्तले आपत्ति जनाए ।

२०२० सालमा पहिलो पटक कीर्तिपुरमै स्वबियुको स्थापना भएपनि विद्यार्थी भर्ना बिनै चुनाब गर्न खोज्नु उचित नभएको उनको भनाई थियो । ‘कसकोबीचमा टियुले चुनाव गराउन खोज्दैछ, हजारौ बिद्यार्थीको चासोको बिषय बनेको छ' पन्तले भने । विद्यार्थीको चुनाव विद्यार्थीका लागि हुनुपर्ने भएपनि टियुले विद्यार्थी आन्दोलन कमजोर पार्ने हेतुले विद्यार्थी बिनै निर्वाचन गर्न लागेको आरोप लगाए ।

त्रिभुवन विश्वविद्यालयका खेलकुद तथा कल्याण शाखा प्रमुख गंगा थापाले नयाँ भर्नाबारे आफूलाई थाहा नभएको बताए । नयाँ भर्नाबारे आफू जानकारी नभएपनि ‘कार्यतालिका अनुसार चुनाव हुने उनले विश्वास व्यक्त गरे । ‘कार्यतालिका सार्वजनिक हुनु नै चुनावको तयारी नै हो, केन्द्रीय क्याम्पसमा अहिले पनि दुई ब्याचका विद्यार्थी छन्' उनले भने ।

निर्वाचन कार्यतालिका अनुसार त्रिविले फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने भएको छ ।  यसैबीच टियुले फागुन ५ गते त्रिवि कर्मचारी युनियनकोसमेत निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: