२०७६ असोज ३० गते

हुम्लाका शैक्षिक व्यक्तित्व बस्नेतको निधन

राजन रावत/हुम्ला



हुम्ला जिल्लाको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षक धु्रवकुमार बस्नेतको निधन भएको छ । काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा शनिवार उनको  निधन भएको हो ।

काठमाडौंको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा शनिबार दिउसो २ वजे उनको निधन भएको छोरी मधु बस्नेतले जानकारी दिइन् ।

६५ वर्षीया बस्नेतको अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । लामो समय देखि मृगौला तथा डायोबिटिज रोगबाट पीडित बस्नेतलाइ पछिल्लोपटक प्रेशरले हान्दा दिमागको एक नशा चुडिए पछि उपचारका लागि अस्पताल लगिएको थियो ।

शनिबारैै उनको  पार्थिक शरिरलाई पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । उनको  पार्थिक शरिरलाई छोराहरु रबिन कुमार बस्नेत,  लब बस्नेत लगायतले दाग बत्तीदिएको खबर प्राप्त भएको छ ।

२०३७ सालबाट  हुम्लामा आएका  शिक्षक बस्नेतले अनवरत रुपमा अध्यापन गर्दै आएका थिए । उनी शुरुमा महादेव मावि दार्मा र त्यस पछि लामो समयसम्म मानसरोवर माविमा अध्यापन गर्दै आएका थिए ।

बस्नेतले निमावि तहमा स्वास्थ्य तथा शारिरीक शिक्षा पढाउँदै आएका थिए ।  २०७१ साल फागुन १५ गते उनले अनिवार्य अवकाश लिएका थिए ।

हुम्ला जिल्लाको शिक्षा र खेलकुद क्षेत्रमा स्वर्गीय बस्नेतको महत्वपूर्ण योगदान रहँदै आएको छ । स्वर्गीय बस्नेतका चार छोरा, पाँच छोरी र दुई जना श्रीमति छन् ।  जन्म घर प्युठान भए पनि अधिकांश समय बस्नेतले हुम्लामा नै बिताएका थिए ।

Comments: