२०७७ जेष्ठ १६ गते

निजी विद्यालयहरुले एक महिनाको शुल्क लिन नपाउने

इपाटी संवाददाता


काठमाडौं । निजी विद्यालयहरुले अभिभावकहरुसँग भए महिनाको शुल्क लिन नपाउने भएका छन् । आवास शुल्क बाहेकका सबै शुल्क नलिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको हो ।

चैत्र १६ गतेको मन्त्रिपरिषद्को बैठकले राहतका कार्यक्रम अन्तर्गत यस विषयलाई पनि समेटेको थियो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै केन्द्रले प्याब्सन, एनप्याब्सन र हिसानलाई चैत मसान्त भित्रै एक महिनाको शुल्क नलिने व्यवस्था गर्न भनेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुनसाथ निजी विद्यालय सञ्चालकहरुले एक महिनाको शुल्क मिनाह गर्न नसकिने चेतावनी दिइसकेका छन् । तर, केन्द्रले शुक्रवार सबै स्थानीय तहहरुलाई पत्र लेख्दै आवास शुल्क बाहेकका सबै शुलक नलिने व्यवस्था  गर्न अनुरोध गरेको हो ।

 



Comments: