२०७६ असोज २ गते

प्युठानको बोर्डिङ स्कूल ध्वस्त

प्यूठान । उत्तरी प्युठानको एक बोर्डिङ स्कुलमा आगजनी भएको छ । नौ बहिनि गाउपालिका ८ लुप्लुङ स्थित नेशनल एकेडेमी इङलिस बोर्डिङ स्कुलमा गएराती आगजनी भएको हो ।

आगजनीवाट स्कुलका शैक्षिक सामाग्रि सहित अफिसियल सामाग्री जलेर नष्ट भएका हुन ।आगजनिबाट २ लाख ५० हजारको क्षति भएको अनुमान गरिएको छ ।

सिलिन्डर, डेस्क, टेवल, भाँडाकुडा, दराज, शैक्षिक सामाग्री जलेर नष्ट भएका छन् । केहि दिन अगाडि नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले चर्को शुल्क असुली गरेको भन्दैे स्कुलमा तालाबन्दी गरेको थियो । नेपाल प्रहरीले हप्ता दिन अघि ताला तोडेर पठाउन सुरू गरेको बोर्डिङमा गए राति आगजनी गराएको वोर्डिङ सञ्चालक श्रीराम भण्डारीले जानकारी दिए ।

राती देखि लगाइएको आगो मंगलबार विहान मात्रै निभाइएको हो । कक्षा २ सम्म पढाइ हुने बोर्डिङमा ७० बिद्यार्थीले अध्ययन गर्दछन । कम्पनी ऐन अनुसर कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता समेत भएको उक्त विद्यालय स्थानिय युवाहरुले प्यूठान स्वर्गद्वारी नगरपालिका ५ सारीबाट ६ महिना अघि खरिद गरी सो ठाउमा स्कुल संचालन गरेका थिए । ।

नामसारीको काम बाँकी रहेपनि नियमानुसार सबै कागजात पुरा गरि बिध्यालय सञ्चालन गरिएको र बिप्लव निकट बताउने केही समुहले नियम बिपरीत बिद्यालय सञ्चालन गरेको भन्दै पटक पटक धम्की दिदै आएको उक्त विद्यालय स्रोतले बताएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिएका छन् ।

नेपाल समाचार पत्रमा खबर छ ।

Comments: