२०७६ असोज २ गते

बालमैत्री धारा निर्माणपछि बालबालिकालाई सहज

राजन रावत/हुम्ला



सिमकोट गाउँपालिकाको कालाशिल्ता आधारभूत विद्यालयमा बालमैत्री धारा निर्माण गरिएको छ । विद्यालयमा टाढाबाट खानेपानी बोकेर ल्याउनु पर्ने भए पछि विद्यालय हाता भित्रै एउटा पिलरमा बालमैत्री चार वटा धारा जडान गरेर खानेपानी निर्माण गरिएको हो ।

धेरै अगाडि देखि विद्यालयमा खानेपानीको धाराको अभावको कारण ग्यालेनमा बोकेर खानेपानी ल्याएर समस्या समधान गर्ने गरेको विद्यालयका प्रधानाध्यापक गणेश बहादुर शाहीले बताए।

तर अहिले खानेपानीको धारा बनेपछि विद्यालयलाई धरै सहज भएको उनको भनाइ छ । यसले गर्दा विद्यार्थीको पठन–पाठनमा समेत  सहयोग पुगेको शाहीले बताए ।

कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा धाराको एउटा पिलरमा दुई वटा अग्ला धारा र दुई वटा स्याना बाल बालिकाहरुका लागि धारा निर्माण गरिएको छ । यसका लागि कुल लागत पाँच खाल ३५ हजार एक सय ४३ रुपियाँ लागेकोमा गुड नेबर्स इन्टर नेशनल नेपालको  तीन लाख ७४ हजार ५ सय ४५ र सिमकोट गाँउपालिकाले मिलान कोषले ८० हजार दुई सय ९९ लगानी गरेको जिएन आई हुम्लाको जिल्ला संयोजक मन कुमार राईले जानकारी दिए ।
धारा निर्माणका लागि स्यानीय सहयोगी संस्था स्नो ल्याण्ड एकिकृत विकास केन्द्रको सहजिकरण रहेको थियो । यसबाट एक सय तीन छात्रा र ८० छात्रहरु तथा शिक्षकहरु प्रत्यक्ष लावान्वित भएका विद्यालयले जनाएको छ ।


Comments: