२०७६ असोज १ गते

शिक्षा कार्यालयमै शिक्षकको हाजिरी

विराटनगर । शिक्षा कार्यालय मोरङले शिक्षक दरबन्दी मिलान गर्न नसक्दा १६ मावि शिक्षकलाई कार्यालयमै हाजिर गराएको छ ।

शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्णलाई क्षेत्रीय शिक्षा निर्देशनालयले पुस २२ गते शिक्षा कार्यालय मोरङलाई दरबन्दी मिलान गरेर हाजिर गराउन निर्देशन दिएको थियो । तर अहिलेसम्म विद्यालय पठाउन सकेको छैन ।

‘कार्यालयमै हाजिर गरेर सेवासुविधा पाउने गरी नियुक्तिपत्र पाएका छौं,’ शिक्षिका अर्पणा प्रसार्इंले भनिन्, ‘पढाउनुपर्ने शिक्षकले कार्यालयमा हाजिर गरेर तलब खान बाध्य भएका छौं ।’ शिक्षकको आन्तरिक सरुवा गरेर दरबन्दी मिलान गरी आयोगले उत्तीर्णलाई विद्यालय पठाउने तयारी भइरहेको शिक्षा अधिकारी देवेन्द्रराज खनालले बताए ।

‘कतिपय विद्यालयमा विषय मिलेको छैन । उनीहरूलाई दरबन्दी मिलान नगरी पठाउँदा केही शिक्षक विस्थापित हुने स्थिति छ,’ खनालले भने, ‘कोही विस्थापित नहुने र विषय मिल्ने गरी दरबन्दी मिलान गर्ने तयारी भइरहेको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

Comments: