• जिल्ला शिक्षामा शिक्षकको धर्ना
    (अन्तैबाट)

  • ललितपुर । जिल्ला शिक्षा समन्वय इकाई ललितपुरमा आन्दोलनरत शिक्षकले दुई घण्टा धर्ना गरेका छन् । धर्नापछि उनीहरुले २६ बुँदे मागसहितको ज्ञापनपत्र इकाई प्रमुख गुणराज पोखरेललाई बुझाएका छन् ।
     
    ज्ञापनपत्र बुझाउँदै नेपाल शिक्षक महासंघ ललितपुरका अध्यक्ष लोक खड्काले ०३६ सालदेखी आन्दोलन गर्दै आएका शिक्षकका समस्या सरकारले नसुनेको गुनासो गरे ।

    आफूले नेपाल शिक्षक महासंघलाई एउटा संवैधानिक संस्था मान्दै यसैमार्फत् मुलुकभरी एकैसाथ धर्ना कार्यक्रम गरेको उनको भनाइ छ ।

    खड्काले अब तेस्रो चरणको आन्दोलन गर्ने तयारी भइरहेको बताए । तेस्रो चरणमा अन्तर्गत मंसिर ७ तथा १४ गते बृहत जुलुस तथा विरोध र्याली निकाल्ने तयारी भइरहेको उनले बताए ।

    इकाईका प्रमुख गुणराज पोखरेलले शिक्षकको मागसहितको ज्ञापनपत्र शिक्षा विभागमा पठाउने बताए । भने ‘जायज माग पूरा होला ।’

    अन्नपूर्णपोष्टमा खबर छ ।