• 'विश्व शिक्षामा कहाँ छौं हामी ?'
    ()


  • विश्वमा विश्वविद्यालयहरुका विभिन्न ¥याङ्किङहरु छन् । सन् २०१५/१६ को विश्वविद्यालय ¥याङ्किङमा हेर्ने हो भने विश्वका उत्कृष्ट २५ विश्वविद्यालयमध्ये १७ वटा त अमेरिकामा मात्रै छन् । ६ विश्वविद्यालय बेलायतमा छन् भने एउटा क्यानडामा र एउटा विश्वविद्यालय स्वीटजरल्याण्डमा छ । एसियाका विश्वविद्यालय विश्वका उत्कृष्ट २५ मा अटाएका छैनन् ।विश्वमा हाम्रो उत्कृष्ट ¥याङ्किङ भएको नेपालको विश्वविद्यालयचाहिँ काठमाडौं विश्वविद्यालय हो । यो ३ हजार ५ सय ५६ औं श्रेणीमा छ । तर, हाम्रो पुरानो त्रिभुवन विश्वविद्यालय ४ हजार ८६ औं ¥याङ्किङमा पर्छ ।


    –डा. श्रीरामभगत माथे


    विश्वमा कुनै पनि देशको शिक्षा कुन श्रेणीमा छ भनेर पत्ता लगाउने हो भने त्यहाँको विश्वविद्यालयको अवस्था बुझ्दा नै थाहा हुन्छ । दक्ष जनशक्ति विश्वविद्यालयबाट उत्पादन हुने हो । हाम्रो देशको शिक्षा पनि विश्वविद्यालयको ¥याङ्किङले निर्धारण गर्छ । विकास र शिक्षाको सम्बन्ध के छ भनेर मैले एउटा अध्ययन गरेको थिएँ । त्यो बेला एकजना सेल्स कम्पनीका मालिकले भनेको कुरा सम्झन्छु । यदि प्राकृतिक सम्पदाले नै मुलुक समृद्ध हुँदो हो त नेपाल त टपमा हुनुपर्ने हो । त्यसैले शिक्षा राम्रो भएन भने मुलुक अविकसित नै हुन्छ । उदाहरणका रुपमा जापानमा प्राकृतिक सम्पदा राम्रो छैन तर त्यहाँको शिक्षा राम्रो छ । सिंगापुर १९६३ मा मलेसियाबाट छुट्टिएर आउँदा एकदमै दयनीय थियो । त्यहाँ उच्च बेरोजगार, बस्ने ठाउँ र खानेपानीको अभाव थियो । शिक्षाकै कारण आज यहाँसम्म आइपुगेको छ । हामीले उत्कृष्ट शिक्षा दिन सके मात्रै विकसित मुलुक हुन पुग्छौं ।


    विद्यालय तहदेखि विश्वविद्यालयसम्म गुणस्तरीय शिक्षा दिनु पर्छ । यसमा सम्झौता हुनु हुँदैन । गुणस्तरीय शिक्षा पाए पछि एकजना मान्छे संसारका जोसँग पनि जुनसुकै क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम हुन्छ । हामी शिक्षामा धेरै बजेट नदिने र भएकैले जसोतसो चलेको अवस्था छ । शिक्षाको लगानी बालुवाको पानी सावित हुँदै आएको छ । यदि निःशुल्क शिक्षा दिने हो भने बरु भनौं न, १ देखि ५ कक्षासम्म पूर्ण निःशुल्क उत्कृष्ट गुणस्तरीय शिक्षा दिन्छौं भनौं न त । विस्तारै कक्षा बढाउदै लगौं ।


    विश्वमा विश्वविद्यालयहरुका विभिन्न ¥याङ्किङहरु छन् । सन् २०१५/१६ को विश्वविद्यालय ¥याङ्किङमा हेर्ने हो भने विश्वका उत्कृष्ट २५ विश्वविद्यालयमध्ये १७ वटा त अमेरिकामा मात्रै छन् । ६ विश्वविद्यालय बेलायतमा रहेका छन् । एउटा क्यानडामा र एउटा विश्वविद्यालय स्वीटजरल्याण्डमा छ । अहिले कसैले भनेको भन्दापनि गुगलमा राम्रा विश्वविद्यालय खोजेर विद्यार्थी पढ्न जाने गर्छन् । एसियाका विश्वविद्यालय विश्वका उत्कृष्ट २५ मा अटाएका छैनन् । चाइना र इण्डियालाई हामी भविष्यका शक्तिकेन्द्र भन्छौं तर त्यहाँका विश्वविद्यालय उत्कृष्ट छैनन् । एसियामा सिंगापुरका दुई विश्वविद्यालयहरु उत्कृष्टमा पर्छन् जसमा सिंगापुर विश्वविद्यालय र व्यवस्थापन तथा विज्ञान प्रविधि सिंगारपुर रहेका छन् । त्यस पछि हङकङ अनि बल्ल चाइनाका आउँछन् । जापान कोरिया पनि पछि परेका छन् । एसियाका उत्कृष्ट १० विश्वविद्यालयहरुमा भने सिंगापुरका दुइटा, हङकङका २ चाइनाका २, कोरियाको ३, जापानको १ उत्कृष्ट छन् । विश्वको ¥याङ्किङमा एसिया परेको छैन ।


    एसियामा पनि उत्कृष्ट २५ मा भारतका विश्वविद्यालय अटाएका छैनन् । भारतको पनि पछिल्लो ¥याङ्किङमा उत्कृष्ट भनेको इञ्जिनियरिङ विज्ञान विश्वविद्यालय त्यसपछि मुम्बई र मद्रासका केही आउँछन् । २७ तिर मात्रै भारतको स्कूल अफ साइन्स आउँछ ।


    नेपालको विश्वविद्यालयको कुरा गर्दा विश्वमा हाम्रो उत्कृष्ट ¥याङ्किङ भएको काठमाडौं विश्वविद्यालय हो । यो ३ हजार ५ सय ५६ औं श्रेणीमा छ । हाम्रो पुरानो त्रिभुवन विश्वविद्यालय ४ हजार ८६ औं ¥याङ्किङमा पर्छ । त्यस पछि उत्कृष्ट भनेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । यो ५ हजार ३ सय २९ औं ¥याङ्किङमा पर्छ । इन्स्टिच्युट अफ इञ्जिनियरिङ १० हजारभन्दा परको श्रेणीमा छ । पोखरा विश्वविद्यालय १२ हजार ९ सय १, पूर्वाञ्चल विश्वविद्यालय १६ हजार ९ सय ६१ ¥याङ्किङमा छ ।


    वास्तविक दक्ष जनशक्ति विश्वविद्यालयबाट आउने हो । राम्रा डक्टर, व्यवस्थापक, इञ्जिनियर, पाइलट, वैज्ञानिक सबै विश्वविद्यालयबाटै उत्पादन हुने हुन् । राम्रा विश्वविद्यालय नै मुलुकको समृद्धिको आधार हो । पहिले कूल ग्राहस्थ उत्पादन हेरिन्थ्यो तर अहिले देशहरुका उत्पादनशील मानव स्रोतलाई हेरिन्छ । भारत र चाइनालाई उदाउँदा विश्व शक्ति राष्ट्रका रुपमा हेरिनुको कारण यो पनि हो । त्यहाँका मानव स्रोतको व्यापक विस्तार नै यसको कडी भएको छ ।
    ¥याङ्किङ कसरी हुन्छ ?


    उच्च शिक्षाको ¥याङ्किङ विभिन्न आधारमा हुने गर्दछ । यस्ता ¥याङ्किङ गर्ने विभिन्न संस्थाहरु छन् । त्यसमध्ये पनि टाइम्स उच्च शिक्षा ¥याङ्किङ भनेको मान्यता प्राप्त ¥याङ्किङ प्रणाली हो । त्यसका विभिन्न आधारहरु छन् । जुन विश्वविद्यालयले अन्डर ग्य्राजुयट कार्यक्रम चलाउँदैन, त्यो ¥याङ्किङ प्रक्रियामा सामेल हुँदैन । जुन विश्वविद्यालयले वार्षिक रुपमा निरन्तर २०० भन्दा बढी अनुसन्धानमुलक आर्टिकलहरु प्रकाशित गर्दैनन्, तिनीहरु पनि यस प्रक्रियामा सामेल हुन पाउँदैनन् । मूल्याड्ढनका लागि ३० फरक सूचकाड्ढहरु हुन्छन् । त्यसमा पनि पाँच मुख्य आधारमा छन् । पहिलो, शिक्षण सिकाइ वातावरण हो । दोस्रो, अनुसन्धान । कति अनुसन्धान भएका छन् ? भन्ने हो ।

    तेस्रो, साइटेशन अर्थात् रिसर्चको फिडब्याक कसरी गइरहेको छ भन्ने । चौथौ, इन्टरनेशनल आउटलुक हो र पाँचौ आम्दानी वा उत्पादन हो । शिक्षण सिकाइका लागि ३० प्रतिशत, अनुसन्धानलाई ३० प्रतिशत, ३० साइटेशन ३०, ७.५ प्रतिशत इन्टरनेशनल आउटलुक र २.५ इन्ड्रस्टियल इनकममा मूल्याड्ढन हुन्छ । यही प्रक्रियामा ¥याङ्किङ तयार पारिन्छ । शिक्षण सिकाइको ३० प्रतिशतमा पनि १८ प्रतिशत सर्भेमा हुन्छ । पढाएको राम्रा छ कि छैन ? विद्यार्थीहरु कत्तिका सन्तुष्ट छन् भनेर फिडब्याक लिइन्छ । शिक्षक– विद्यार्थी अनुपात, त्यहाँबाट उत्पादन भएका विद्यार्थीमध्ये कतिले विद्यावारिधी गर्छन्, आफ्ना स्टाफहरुलाई विद्यावारिधि गर्न कति प्रोत्साहन गरिएको छ ? अनुसन्धान पनि कति भइरहेको छ ? र त्यो कतिको प्रभावकारी छ ? हेरिन्छ । साइटेशनमा पनि कति ज्ञान उत्पादन भएको छ जनमानसमा ? नवीन काम कति भएका छन् ? त्यसलाई आधार बनाइन्छ ।


    इन्टरनेशनल आउटलुकमा चाहिँ विदेशी विद्यार्थी, शिक्षक र नलेज कतिको लिइएको छ ? हेरिन्छ । सबै मूल्याड्ढन पछि त्यस विश्वविद्यालयले कति आम्दानी तथा उत्पादन गरेको छ ? उद्योगहरुसँग कति सम्बन्ध र समन्वय राखेको छ ? त्यसको मूल्याड्ढन हुने गर्छ । यसरी ठोस आधारमा समग्रमा ¥याङ्किङ निकालिन्छ । हाम्रा विश्वविद्यालय कम ¥याङ्किङमा हुनुको कारण शिक्षण राम्रै भएपनि अनुसन्धान कमजोर हुनुले हो । साइटेशनमा पनि कमजोर नै छन् ।


    कसरी आउने माथि
    हाम्रा विश्वविद्यालयको पनि स्तर सुधार्न नसकिने होइन । यसका लागि २/४ वटा सुधार हुन आवश्यक छ । सबैभन्दा मुख्य पक्ष भनेको क्षमतावान नेतृत्व नै हो । राजनीतिक भागवण्डामा नेतृत्व छानिँदा हाम्रा विश्वविद्यालयहरुको स्तर उक्सन सकेको छैन । शैक्षिक भिजन (दृष्टि) भएको व्यक्ति नेतृत्वमा नआउँदासम्म सुधार सम्भव छैन । अहिलेको स्थितिमा त विश्वविद्यालय ऐन नै संशोधन हुनु पर्दछ । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुनु हँुदैन । यसले चरम राजनीतिकरण भएको छ । विज्ञ, अनुभवी र उत्कृष्टहरुबाट अन्तर्राष्ट्रियस्तरमा आवेदन मागेर मेरिट लिस्टका आधारमा विश्वविद्यालयमा कुलपति छानिनु पर्दछ । नेतृत्व राम्रो आएपछि सुधार हुन थाल्छ । फेरि विद्यालयस्तरदेखि नै सुधारको सुरुवात गर्नु पर्दछ ।

    शिक्षाको गुणस्तर बढाउनै पर्छ
    शिक्षा नै मुख्य आधार हो । जसको जगमा देशको दीर्घकालीन उन्नति हुन्छ । तर, हामीकहाँ भाषणमा मात्रै सीमित छ । यदि शिक्षा महत्वपूर्ण हुँदो हो त यसमा प्रशस्त बजेट हुनुपर्ने हो नि । नेपालको शिक्षा क्षेत्रमा गएको ७/८ आठ वर्षमा समग्र रकम बढ्दो भएपनि प्रतिशतचाहिँ कुल बजेटको आधारमा घटिरहेको देखिन्छ । एउटा अन्तर्राष्ट्रिय मान्यता के छ भने शिक्षामा कुल बजेटको कम्तिमा २०÷२२ प्रतिशत बजेट हुुनु पर्छ । ६/७ वर्ष यता १७ प्रतिशतसम्म पुगेको शिक्षा बजेट कम हुँदै गएर हाल ११ प्रतिशतमा ओर्लिएको छ ।

    ‘शिक्षा महत्वपूर्ण छ’ पनि भन्ने अनि बजेट पनि नदिने विरोधभाषा देखिन्छ । दोस्रो, शिक्षाको बजेटको लगानी झण्डै ८५ प्रतिशत विद्यालय शिक्षामा भइरहेको छ । उच्च शिक्षामा कम पैसा गइरहेको छ । विद्यालय शिक्षा साक्षरतालगायतमा पैसा जान हुँदैन भन्ने होइन तर उच्च शिक्षामा पर्याप्त बजेट नपुगेको चाहिँ पक्का हो । पहिले विद्यालय शिक्षा सपारे पछि त बल्ल उच्च शिक्षामा लगानी गर्न सक्छौं ।

    उच्च शिक्षामा पढ्नेमध्ये ३६ प्रतिशत त व्यवस्थापन पढ्न मात्रै गइरहेका छन् । ३४ प्रतिशत शिक्षा, २४ प्रतिशत मानविकी र १२ प्रतिशत मात्रै विद्यार्थीले विज्ञान संकाय पढ्ने गरेका छन् । ३.६ प्रतिशतले मात्रै इञ्जिनियरिङ पढ्छन् । ३.४ प्रतिशतले मेडिसिन पढ्छन् । बाँकी १ प्रतिशतभन्दा कमले मात्रै कृषि, वन लगायत पढ्छन् । हामी कृषिप्रधान देश ७०/८० प्रतिशत कृषिमा लागेको भन्ने तर कृषि विषय भने जम्मा १ प्रतिशत कमले मात्रै पढ्ने ? देशको भौतिक पूर्वाधार, निर्माण, विज्ञानबाट मात्रै विकास हुने हो तर विज्ञानमा भने १२ प्रतिशत मात्रै विद्यार्थी अध्ययन गरिरहेका छन् ।


    निःशुल्क भर्सेस गुणस्तरीय शिक्षा
    निःशुल्क शिक्षाका कुरा छन् । यसमा पनि समस्या छैन । तर हामी निःशुल्क शिक्षा बनाउन मात्रै लाग्यौं । गुणस्तरमा ध्यान दिएनौं । निःशुल्क मात्रै भनेर हुँदैन । गुणस्तरीय शिक्षा निःशुल्क हुनु पर्छ । ‘निःशुल्क’ भनेर मात्रै भएन । मान्छेले गुणस्तर खोजिहाल्छ । नेपाल डब्लुटिओको सदस्य भएको नाताले पनि आज यहाँ रहेका व्यक्ति भोलि काम गर्न अन्य देशमा जान सक्छन् । निःशुल्कसँग गुणस्तर भए मात्रै त्यत्तिबेला काम लाग्ला । निःशुल्क हुनुको अर्थ रहला । हामीले निःशुल्क मात्रै भन्यौं । समस्या शिक्षाको गुणस्तरमा छ तर हामी भने पहुँच सुधारमा मात्रै लागिरहेका छौं । निम्न वर्गका मान्छे पनि दुःख गरेर सन्तानलाई गुणस्तरीय शिक्षा दिन चाहन्छ । फेरि निजी शिक्षा क्षेत्रलाई नियन्त्रण गर्नु पनि पर्दैन, यदि सामुदायिक शिक्षा राम्रो भइदिने हो भने निजी शिक्षा क्षेत्र आफैं नियन्त्रित हुन्छन् । क्यानडाको सामुदायिक शिक्षा एकदमै राम्रो छ । त्यहाँ निजी विद्यालय र विश्वविद्यालयहरु छैनन् ।


    अन्त्यमा
    अब नेपालको विश्वविद्यालयलाई विश्व ¥याङ्किङमा कम्तिमा एक हजारसम्ममा ल्याउने कार्यक्रम बनाउनु पर्छ । यसका लागि स्पष्ट नीति र कार्यक्रम हुनु पर्छ । नेपालमा विश्वस्तरको पाठ्यक्रम र प्रोग्राम भित्र्याउनु पर्छ । यसो भयो भने यहाँका विद्यार्थी गुणस्तरीय शिक्षा लिन बाहिर जानु पर्दैन । यताको पैसा उता जानबाट रोकिन्छ । कमसेकम नेपालमै पढिरहेका ४० प्रतिशत जनशक्तिलाई ७०–८० प्रतिशतसम्म पु¥याउन सक्नु पर्छ । यसका लागि उच्च शिक्षामा लगानी वृद्धि गर्नुका साथै राजनीतिक भागवण्डाको अन्त्य हुनु पर्छ । दूरदृष्टि भएको शैक्षिक नेतृत्व आउनु पर्छ अनि विद्यालय शिक्षाको जग बलियो पार्नु पर्छ ।  (माथेसँग सुदर्शन सिग्देल र रोशन क्षेत्री ‘गाउँले’ले गरेको कुराकानीमा आधारित ।)


    यी हुन् माथे

    डा. श्रीरामभगत माथे नेपालको शिक्षामा सुपरिचित र नवीन कामका खातिर सक्रिय व्यक्तित्व हुन् । सेन्ट जेवियर्स स्कूलबाट सन् १९६५ मा विद्यालय शिक्षा पूरा गरेका उनले १९६८ मा आइएससी उत्तीर्ण गरे । १९७४ मा बरुडास्थित एमएस युनिभर्सिटीबाट आर्किटेक्चरमा डिस्टिक्सन गरेका माथेले सोही वर्षदेखि शंकरनाथ रिमालको फर्ममा पेशा थाले । उनले वि.सं. २०३२ सालदेखि इञ्जिनियरिङ कलेज पुल्चोकमा पढाउन सुरु गरे । त्यहाँ उनले प्रोफेसर अफिसर भई आर्किटेक्ट डिपार्टमा काम गरे ।


    सन् १९८६/८७ मा सो कलेजको क्याम्पस प्रमुख बनेका माथे १९८८ देखि १९९१ सम्म सेन्ट जेभिएर कलेजको संस्थापक प्रिन्सिपल बने । १९९२ देखि ९५ सम्म आइओईका डिनसमेत बनेका उनले १९९७ देखि जेभिएर एकेडेमी सुरु गरे ।


    अहिले उनी अन्तर्राष्ट्रियस्तरकै शिक्षा दिलाउन एआइटी प्रोग्रामको एआइटिएममा चियर पर्सन छन् । २०१३/०१४ देखि यो प्रोग्राम सुरु भएको हो । यो प्रोग्रामका लागि एआइटिएम, जेभिएर एकेडेमी र काठमाडौं डनबस्को कलेजको संयुक्त लगानी रहेको छ ।


    कम्बोडियामा एजुकेशन एण्ड टिइभिटि (टिभेट)मा १८ वर्ष टिम लिडर भइ काम गरेका माथेले नेपालका लिटिल एन्जेल्स स्कूल, जेम्स, सिविसि एसओएस भिलेज पोखराको भवनलगायतमा आर्किटेक्ट गरिसकेका छन् ।

     साभार : आजको शिक्षा साप्ताहिक