२०७६ असोज २ गते

सभामुख महराद्वारा श्रद्धाञ्जली

महेश न्यौपाने/रोल्पा


शैक्षिक भ्रमणको क्रममा गत शुक्रवार सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा परि दिवंगत भएकाहरु प्रति प्रतिनिधि सभाका सभामुख कृष्णवहादुर महराले श्रद्धाञ्जली व्यक्त गरेका छन् । रोल्पा प्राविधिक शिक्षालयमा आयोजित शोक सभामा सभामुख महराले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।  


शोक सभामा सभामुख महराले मृतक प्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेका थिए । घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारमा यथोचित व्यवस्था गर्नु पर्ने धारणा राखेका थिए । सभामा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढा, रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, शिक्षालयका शिक्षक, कर्मचारी, विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।


गत शुक्रवार सल्यानको कपुरकोट स्थीत मुलपानीमा रहेको बनस्पती उद्यानको अवलोकन भ्रमण गरि तुल्सीपुर फर्कदै गर्दा गाडी दुर्घटनामा परेको थियो ।

उक्त दुरघटनामा परि  सो शिक्षालयका २३ जनाको मृत्यु हुनुको साथै १४ जना गम्भिर घाईते भएका थिए । ३४ विद्यार्थी र शिक्षक सवार उक्त वस ७ सय मिटर तल खसेर दुरघटना ग्रस्त भएको थियो । घटनामा परि रोल्पा परिवर्तन गाउँपालिकाका १७ वर्षिय प्रकाश वली समेत घाईते भएको बताइएको छ ।

Comments: