२०७६ असोज २ गते

कक्षा ११ को परीक्षा असार ८ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने


काठमाडौं । कक्षा ११ को परीक्षा असार ८ गतेबाट शुरु हुने भएको छ ।


पहिले असार १ गतेदेखि हुने भनिएपनि राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले कक्षा ११ को परीक्षा असार ८ गतेदेखि १८ गतेसम्म गर्ने निर्णय गरेको हो ।


स्थानीय तहको निर्वाचनका कारण यसअघि बैशाख २४ गते जेठ ३ सम्मका लागि तय गरिएको परीक्षा स्थगित गरी असार १ गतेदेखि गर्ने निर्णय गरिएको थियो ।


तर जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने भएपछि पुनः परीक्षा सारिएको बोर्डले जनाएको छ । जेठ ३१ गते निर्वाचन भए पनि मतगणना एक सातामा सकिन्छ भन्ने विश्लेषणका आधारमा असार ८ गतेलाई तय गरिएको बोर्डले स्पष्ट पारेको छ ।

Comments: