२०७६ माघ १५ गते

चुनावले रित्तिँदै क्याम्पस

काठमाडौं । आसन्न निर्वाचनका कारण राजधानीका अधिकांश सामुदायिक क्याम्पसहरु रित्तिन थालेका छन् । अरु बेलामा भरिभराउ हुने कक्षाहरुमा एकाधमात्र विद्यार्थीको उपस्थिति हुने गरेको छ । ‘अरु बेला चार–पाँच सयजना हुन्थ्यौं,’पाटन संयुक्त क्याम्पस बीबीएस तेस्रो वर्षका बिरास राईले भने, ‘अहिले मुस्किलले ३० जना जति छौं । सबै साथीहरु चुनावका निम्ति गाउँघरतिर फर्किसके ।’ ओखलढुंगाका उनले आफू दैनिक रोजगारीका निम्ति जानुपर्ने भएकाले राजधानीमै रहेको जनाए ।

 हान छ बजेदेखि पढाइ हुने कक्षामा छात्र र छात्राको संख्या बराबरीजस्तै छन् । तर, अहिले कक्षामा उपस्थितमध्ये छात्रा बढी रहेको उनले जनाए । मतदान कसरी दिने भन्नेबारे कक्षामा छलफल नहुने तर, आफूले सामाजिक सञ्जालबाट जानकारी लिएको राईले बताए । ‘म भोट दिनचाहिँ जान्छु,’उनले भने ।

 सैगरी कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पस एमए जनसंख्याशास्त्र तेस्रो सेमेस्टरकी छात्रा गंगा वाम्बुले राईले आफ्नो कक्षामा विद्यार्थी संख्या न्यून भएको बताइन् । ‘हामी थोरै छौं,’उनले भनिन्, ‘हामी बीच चुनावको चर्चा त्यत्ति हुँदैन,’परीक्षासमेत नजिकिँदै गएकाले क्याम्पसको सट्टा घरमै तयारीमा जुटेको उनले सुनाउँदै भनिन्, ‘चुनावमा चासो राख्ने साथीहरु गाउँघर पुगिसके ।’

विगतमा काडमाडौंमा उपत्यकाका रत्नराज्य, पद्मकन्या, त्रिचन्द्र, सरस्वती, अमृत साइन्स, पिपल्स, महेन्द्ररत्न ताहाचल, सानोठिमी, भक्तपुर, पाटन संयुक्त, त्रिवि केन्द्रीय क्याम्पस, जनप्रशासनलगायत क्याम्पस विद्यार्थीको राजनीतिक केन्द्र हुने गर्थे । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि विद्यार्थी चाप घट्दो छ । स्नातक तहको केही विषयमात्र वार्षिक परीक्षा प्रणालीमा सञ्चालित छ । अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन रहेका छन् ।

सानोठिमी क्याम्पसका उपप्राध्यापक अमरजंग लिम्बू स्नातकोत्तर दोस्रो वर्षको परीक्षा चलिरहेको जनाए । ‘सेमेस्टर सिस्टममा पढ्दै गरेकामात्र पढ्न आइरहेका छन्,’ उनले भने, ‘स्नातक तह वार्षिक प्रणाली अधिकांश विद्यार्थी चुनावतिर होमिइसकेजस्तो छ ।’ उपप्राध्यापक लिम्बू उक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९२०५१र५२०का सभापतिसमेत थिए ।

 

‘हाम्रो पालामा २०४६ सालपछि भर्खर बहुदल आएको बेलाजस्तो अहिलेका विद्यार्थीहरु राजनीतितर्फ ध्यान दिएजस्तो लाग्दैन,’राजनीतिक संस्कारमा केही फेरबदल आएको उल्लेख गर्दै उनले भने, ‘उतिबेला विद्यार्थी संगठनहरु मुद्दाकेन्द्रित हुन्थ्यो । एकले अर्को संगठनबीच मुठभेड पनि हुन्थ्यो । तर अहिले फरक संगठनका विद्यार्थीहरुमा आपसी सहभाव राखेर अघि बढेको भेटिएका छन् ।’

सामुदायिक क्याम्पसको तुलनामा निजी क्याम्पसहरुले भने पठनपाठन सञ्चालनमा राखेको जनाएका छन् । ललितपुरको कुमारीपाटीस्थित युनाइटेड एकेडेमी कलेजका बीबीएस र एमबिएस संयोजक बसन्त नेपालीले विद्यार्थीमाझ राजनीतिक गतिविधि शून्यप्राय रहेको बताए । ‘कक्षा १२ पढ्दै गरेकाहरुमध्ये अधिकांशले वालिग मताधिकार पाउने उमेर पुगेको छैन,’मतदाता परिचयपत्र भएका विद्यार्थीले पनि खुलेर राजनीतिक गतिविधिमा संलग्न हुने छुट नरहेको उल्लेख गर्दै उनले भने, ‘चुनावमा भाग लिन जान चाहने कसैलाई रोक्दैनौं । शिक्षक र विद्यार्थीले आफ्नो अनुकुल बिदा लिन सक्छन् ।’

सत्तारुढ दल कांग्रेसको भ्रातृसंगठन नेविसंघका अध्यक्ष नयनसिंह महरले सबै प्रादेशिक निर्वाचन क्षेत्रमा विद्यार्थीलाई प्रशिक्षणसहित खटाएको बताए । ‘हरेक क्याम्पस इकाई कमिटीलाई प्रचारप्रसार तथा निर्वाचन परिचालन समिति गठन गरेर जिम्मेवारीसहित खटाइसकेका छौं,’ राजधानीबाट आफ्नो कर्मक्षेत्र डडेलधुरातर्फ जाँदै गरेका महरले भने, ‘दुवै चरणको निर्वाचन नसकिएसम्म विद्यार्थीहरु पठनपाठनमा फर्किने छैनन् ।’

त्यसैगरी माओवादी केन्द्रनिकट अखिल ९क्रान्तिकारी० र एमालेनिकट अनेरास्ववियुले देशैभरि संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको जनाएका छन् । ‘हामीले प्रत्येक जिल्लाका क्याम्पसहरुमा संयुक्त बैठक गरेर बालिग मताधिकारप्राप्त युवालाई दुवै चरणको चुनावमा होमिन परिचालन गरेका छौं,’ विद्यार्थी संगठनले संयुक्त अपिलपत्र समेत जारी गरेको उल्लेख गर्दै क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले भने, ‘स्थायी सरकारका निम्ति हुन लागेको यो मतदानलाई महोत्सवकै रुपमा सफल पार्न विद्यार्थी साथीहरुलाई निर्वाचान क्षेत्रकेन्द्रित संयुक्त कार्यविभाजनसहित खटाएका छौं ।’

निर्वाचनका निम्ति करिब ६ दिन छुट्टी दिइनेछ । पहिलो चरणको निर्वाचनका निम्ति मंसिर ६ गतेबाट क्याम्पसहरु छुट्टी हुनेछ भने दोस्रो चरणमा १५ गतेबाट बिदा हुनेछ ।

 

कान्तिपुर दैनिकमा खबर छ ।

Comments: