२०७६ मंसिर २९ गते

चितवनमा पनि त्रिवि इन्जिनियरिङको आंगिक क्याम्पस

अन्तैबाट

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ पढाउने आंगिक क्याम्पस चितवनमा पनि थपेको छ। यसअघि चारवटा रहेको आंगिक क्याम्पस चितवनमा थपिएसँगै अब पाँचवटा पुगेको हो ।  

यसअघि त्रिवि अन्तर्गत पूल्चोक, थापाथली, पोखरा, धरानमा इन्जिनियरिङ कलेज सञ्चालनमा थियो । चितवनमा खुलेको यो क्याम्पसमा इन्जिनियरिङका सात विधाको पढाइ गर्ने त्रिविले बताएको छ ।

यो वर्ष भने कम्प्युटर इन्जिनियरिङको मात्र पढाइ सञ्चालन गर्ने तयारी क्याम्पसले गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थ खनियाले नयाँ कलेज खुलेसंगै इन्जिनियरिङको पढाइको लागि विद्यार्थीलाई ठूलो राहत हुने बताए ।

सूर्यप्रसाद पाण्डेले अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: