• राष्ट्रिय चिकित्सा विधेयक राष्ट्रिय सभाबाट पनि पारित
    (ईपाटी संवाददाता/काठमाडौं)


  • काठमाडौं । राष्ट्रिय चिकित्सा विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधका बीच विधेयक पारित गरेको हो ।


    कांग्रेसको अवरोधकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बैठकमा राखेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक(२०७५ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।


    राष्ट्रिय सभा बैठक शुरु भएदेखि नै कांग्रेस सांसदहरुले सभा अवरोध गर्न थालेका थिए । माघ ११ गते पनि प्रमुख प्रतिपक्षीको विरोधका बीच प्रतिनिधि सभाबाट विधेयक पारित गरिएको थियो ।


    राष्ट्रिय सभाबाट पारित भएसँगै संघीय संसद्बाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ पारित भएको छ । प्रतिनिधिसभामा वेल घेराउ गर्दै नाराबाजी गरेका नेपाली कांग्रेसका सांसदहरुले राष्ट्रिय सभामा भने आ–आफ्ना ठाउँमा उभिएर विरोध जनाएका थिए ।