२०७६ कार्त्तिक २६ गते

विद्यालयको कम्प्युटर चोर्ने पक्राउ

सर्लाही । हरिवनको चतुर्भुजेश्वर उच्च माविको ५ थान कम्प्युटर चोरी गर्ने गिरोहलाई बुधबार प्रहरीले सामान सहित पक्राउ गरेको छ ।

 

चोरी आरोपमा विद्यालयका कार्यालय सहायोगी, एक विद्यार्थीसहित तीनजना पक्राउ परेका छन् । विद्यालयको लेखा शाखा र प्रधानाध्यापकको कोठाको ताला फुटाएर चोरी भएको थियो । हरिवन इलाकाका प्रहरी निरीक्षक रामकाजी थापाले लागुऔषध दुब्र्यसनी बनेका कार्यालय सहयोगी रमेश भन्नेविजय सारु मगरको योजनामा चोरी भएको वताए ।


विद्यालयमा ९ कक्षामा पढ्ने दुर्गा राई र नाता पर्ने मौसम सारु मगरलाई चोरी गर्न सहयोगीका रुपमा प्रयोग गरिएको प्रहरीले जनायो । विद्यालयको ५ थान कम्प्युटर तीनजनाले चोरेका थिए ।


राईले कम्प्युटर किन्न खोजेपछि रमेशले विद्यालयको चोर्ने योजना वनाएका थिए । घट्नास्थल हेरेपछि प्रहरीले शंका लागेर रमेशलाई सोधपुछ गर्दा चोरी गर्ने गिरोह पत्ता लागेको हो । ढोका फुटाएर चोरी गर्ने गिरोह भित्र छिरेपछि कम्प्युटर राखेको दराजको ताला भने साँचोले खोलिएको थियो ।


यस्तै, चक्रघट्टा गाउँपालिकाको औरही माविवाट पनि मंगलबार राती दुई थान कम्प्युटर चोरी भएको छ । प्रहरी चौकीको अगाडी रहेको जनता माविको कार्यालयको ताल्चा फुटाएर चोरी भएको थियो । चौकी अगाडी ताला फुटाएर चोरी भएको भन्दै स्थानीय आक्रोसित छन् ।

कान्तिपुरमा खबर छ ।

Comments: