२०७६ माघ १२ गते

रोटरी क्लवद्वारा कम्प्युटर सहयोग

राजन रावत/हुम्ला

रोटरी क्लव भादगाउँ काठमाडौंले विद्यालय र अस्पताललाई  डेस्कटप कम्प्युटर सहयोग गरेको छ । जसमा चार थान कम्प्युटर विद्यालय र एक थान जिल्ला अस्पताललाई सहयोग गरिएको हो ।

क्लवको लक्ष्य दुर्गमका हालसम्म कम्प्युटर प्रयोग गर्न नपाएका विद्यालय तथा स्वास्थ्य संस्थाहरुलाई दिने रहे अनुसार हुम्लाका बाल विकास, प्राथमिक र जिल्ला अस्पताललाई सहयोग स्वरुप कम्प्युटर प्रदान गरिएको क्लबका प्रतिनिधि भरतजंग शाहीले बताए ।

यसरी रोटरी क्लवबाट कम्प्युटर सहयोग पाउने विद्यालयहरुमा  खार्पुनाथ गाउँपालिकाको वडा नम्बर चारको ईन्द्रज्वाला प्राविले दुई थान, वडा नम्बर चारको माझा बाल विकास केन्द्रलाई एक थान, पाँचको अम्मर सिंह प्राविलाई एक थान र जिल्ला अस्पताललाई एक थान डेक्सटप कम्प्युटर सहयोग गरिएको उनले जानकारी दिए ।

 ती कम्प्युटरको मुल्य  तथा ढुवानी गरेर दुई लाख पचास हजार रुपियाँ बराबरको रहेको छ । हालसम्म कम्प्युटरको प्रयोग गर्न नपाएका विद्यालयहरुले अब परीक्षाको प्रश्नपत्र यस अघि सिमकोटबाट प्रिन्ट गर्नु पर्ने बाध्यता हटेको इन्द्रज्वाला प्राविका प्रधानाध्यापक सिंह बहादुर जेठाराले बताए ।  कम्प्युटर पाए पछि विद्यालयहरुले खुसी व्यक्त गरेका छन् ।
 


Comments: