२०७६ मंसिर २२ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

भर्ना अभियानमा अभिभावक परिचालित हुने
२०७३ चैत्र १६ गते २३:११

भर्ना अभियानमा अभिभावक परिचालित हुने

काठमाडौँ । नेपाल राष्ट्रिय अभिभावक सङ्घले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ । सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । सरकारले हरेक वैशाखमा यो अभियान सञ्चालन ...

बाँकेका ६ सय ७८ टोल पढाई समुहमा विदाका दिन पढाई शुरु
२०७३ चैत्र १६ गते ००:०५

बाँकेका ६ सय ७८ टोल पढाई समुहमा विदाका दिन पढाई शुरु

नेपालगञ्ज । बाँके जिल्लामा गठन गरिएका टोल पढाई समुहहरुमा विद्यालय विदाको दिन शनिवार लगायत अन्य विदामा समेत कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुले पठनपाठन शुरु गरेका छन् ।जिल्लामा गठन गरिएका ६ सय ७८ वटा टोल पढाई समुहमा शनिवार र अन्य  द्यियालयका दिनमा बालबालिकाहरुले गएर पढाई शुरु गरेको जिल्ला शिक् ...

सीटीईभीटीले पाठ्यक्रम परिवर्तन गर्ने, विशेष छात्रबृत्ति प्रदान गरिने
२०७३ चैत्र १६ गते ००:००

सीटीईभीटीले पाठ्यक्रम परिवर्तन गर्ने, विशेष छात्रबृत्ति प्रदान गरिने

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ ।सीटीईभीटीले  आयोजना गरेको व्यावसायिक पाठ्यक्रम ९प्रोफेसनल कोर्स० निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आ ...

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी
२०७३ चैत्र १५ गते २३:५८

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

बैतडी । बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।आगजनीबाट विद्यालयको कार् ...

विद्यालय भर्ना हुने विद्यार्थीले २ सय रुपैयाँ पाउने
२०७३ चैत्र १५ गते २३:५३

विद्यालय भर्ना हुने विद्यार्थीले २ सय रुपैयाँ पाउने

बाजुरा । राज्यले माध्यमिक तहसम्मको शिक्षालाई निशूल्क भनेको छ। तर दुर्गमका विद्यालयमा प्रभावकारी हुन सकेको छैन। विद्यालयले भर्ना, परीक्षा लगायतका शुल्कहरु लिन छोडेका छैनन्।तर जिल्ला शिक्षा कार्यालयले भने नयाँ भर्ना हुने विद्यार्थीलाई निशुल्क मात्र होइन, प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने भएको छ । प् ...

कक्षा १ मै प्रवेश परीक्षा ?
२०७३ चैत्र १५ गते २३:५०

कक्षा १ मै प्रवेश परीक्षा ?

काठमाडौं । वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले अभिभावक आफ्ना छोराछोरीका लागि राम्रो स्कुल खोज्न दौडधुपमा छन् । उनीहरूमध्ये धेरैका सन्तान कक्षा १ मा भर्ना गर्नुपर्ने उमेरका छन् । ‘छोरीलाई सेन्ट जेभियर्स वा सेन्ट मेरिजमध्ये एउटामा पढाउँ भनेर धाइरहेको छु,’ कक्षा १ का भर्ना गराउने ...

शिशुदेखि पाँचसम्म एउटै कक्षामा पढाइ
२०७३ चैत्र १५ गते १०:५०

शिशुदेखि पाँचसम्म एउटै कक्षामा पढाइ

महोत्तरी । महोत्तरीको पर्सा-६ स्थित जनता प्राथमिक विद्यालयमा झन्डै ८० विद्यार्थी पढ्छन्। कक्षा पाँचसम्म पढाई हुने विद्यालयमा दलित तथा विपन्न समुदायका बालबालिका पढ्दै आएका छन् । २०६७ सालमा स्थापना गरिएको यस विद्यालयका ब्लक र टाटीले छाएको दुई कक्षा कोठा छन्। यी दुई कोठा समेत जीर्ण छन् । कुन समय छानो ख ...

कति महँगो स्कूल ! वार्षिक फि साढे दुई करोड !
२०७३ चैत्र १५ गते १०:२३

कति महँगो स्कूल ! वार्षिक फि साढे दुई करोड !

आजकाल केटाकेटीको स्कुल फि सुन्दा जिभ्रो टोक्नुपर्ने अवस्था छ । विभिन्न बहानामा निजी स्कुलहरुले दिन प्रतिदिन फि बढाइरहेका छन् ।तर स्वीट्सजरल्यान्डको एउटा स्कुलको फि सुन्नुभयो भने तपाईं बेहोस हुनुहुने छ । इन्टरनेसनल बोर्डिङ स्कूल इन्स्टीच्युट अफ ले रोजे नामको यस प्रख्यात स्कुलमा एक विद्यार्थिको वार्ष ...

संघीयता अनुकूल नभएपछि शिक्षा नियमावली फिर्ता
२०७३ चैत्र १५ गते १०:१०

संघीयता अनुकूल नभएपछि शिक्षा नियमावली फिर्ता

प्रकाश सिलवाल काठमाडौं । सङ्घीयताको ढाँचाअनुकूल नभएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा मन्त्रालयले पेस गरेको शिक्षा नियमावली–२०७३ को मस्यौदा फिर्ता गरेको छ ।छ महिनादेखिको गृहकार्यपछि मन्त्रालयले पेस गरेको सो मस्यौदामा पुनःसंरचना भइसकेको ‘स्थानीय तह’ लाई ...

परीक्षाअघि नै बजारभरि प्रश्नपत्र
२०७३ चैत्र १५ गते ०१:११

परीक्षाअघि नै बजारभरि प्रश्नपत्र

दाङ । जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।  चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक बताउँछन् ...

भाषा आयोग ६ महिनामा पनि अपूर्ण
२०७३ चैत्र १५ गते ०१:००

भाषा आयोग ६ महिनामा पनि अपूर्ण

काठमाडौं । ६ महिनाअघि गठित भाषा आयोगले पूर्णता पाएको छैन । संविधानअनुरूप सरकारले भदौ २३ मा आयोगको गठनसँगै डा. लवदेव अवस्थीलाई अध्यक्ष नियुक्त गरेको थियो । सात प्रदेशको प्रतिनिधित्व हुने गरी सदस्य नियुक्ति नहुँदा आयोगको कार्ययोजना नै बन्न सकेको छैन । ‘सदस्यको नियुक्ति कुरेका छौं,’ अध्यक्ष ...

‘पाठ्यपुस्तक छपाइ समयमै’
२०७३ चैत्र १५ गते ००:४८

‘पाठ्यपुस्तक छपाइ समयमै’

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०७४ का निम्ति दैनिक सवा लाख थानका दरले पुस्तक छपाइ भइरहेको जनाएको छ । हरेक वर्ष शैक्षिक सत्र आधा सकिँदासम्म विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्या देखिँदै आएकामा यसपालि चैत मसान्तभित्रै छापिसक्ने जनकशिक्षाको दाबी छ । भक्तपुरको सानोठिमीस्थित जनक ...

गाउँको स्कुल, सहरियाको आकर्षण
२०७३ चैत्र १५ गते ००:३४

गाउँको स्कुल, सहरियाको आकर्षण

बागलुङ । गाउँको सामुदायिक विद्यालय । दैनिक यात्रामा भाडा तिरेर र पैदल हिँडेर आउने विद्यार्थी । घरनजिकै स्कुल नभएर पनि होइन । सुन्दा अपत्यारिलो लाग्ने यो यथार्थ बागलुङको नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयको हो । सामुदायिक विद्यालय भए पनि विद्यार्थीको आकर्षण देख्दा यसले कुनै नाम चलेको निजी स ...

शैक्षिक ऋण लिनु अघि यी कुरा बुझिराख्नुस्
२०७३ चैत्र १५ गते ००:२८

शैक्षिक ऋण लिनु अघि यी कुरा बुझिराख्नुस्

काठमाडौं । रकमको अभावमा धेरै विद्यार्थीले उच्च शिक्षाको धोको पूरा गर्न नपाएको समाचार थुप्रै पटक सार्वजनिक भएका छन् । कतिपय विद्यार्थी अध्ययन गर्ने क्षमता भएर पनि रकमको अभावमा यस अवसरबाट वञ्चित भएका छन् भने कतिपय विद्यार्थी तथा अभिभावकले बैंकबाट ऋण लिएर पनि उच्च शिक्षा अध्ययन गर्न सकिन्छ भन्ने विषयमा ...

विवाह बन्धनमा स्कुले बालिका
२०७३ चैत्र १४ गते ०२:०३

विवाह बन्धनमा स्कुले बालिका

महोत्तरी । सिउँदोमा सिन्दुर, गलामा मंगलसूत्र अनि मेहेन्दीले रंगिएका हात । गत शुक्रबार सकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)केन्द्रका कोठैपिछे देखिने यस्ता दृश्य आफैंमा गम्भीर विषय बनेका छन् । केही केन्द्रमा त बेहुलीको कपडामै घुम्टो ओढेर लेखिरहेका परीक्षार्थी पनि देखिए । स्कुले जीवनमै विवाह बन्धनमा ...

शिक्षा नियमावलीले बढायो शिक्षामन्त्री र मुख्य सचिवबीचको तिक्तता
२०७३ चैत्र १४ गते ००:४६

शिक्षा नियमावलीले बढायो शिक्षामन्त्री र मुख्य सचिवबीचको तिक्तता

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेल र मुख्य सचिव सोमलाल सुवेदीबीच नयाँ शिक्षा नियमावलीका विषयमा तिक्तता बढेको छ। शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको शिक्षा नियमावलीलाई मुख्य सचिव सुवेदीले फिर्ता पठाइदिएपछि मन्त्री पौडेलसँग तिक्तता बढेको हो । ‘प्रधानमन्त्रीसँग सल्लाह गरेर नै हामीले नियम ...

प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित
२०७३ चैत्र १३ गते २३:४७

प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित

दमौली । विद्यालय नै फोरेर प्रश्नपत्र ‘लिक’ भएपछि तनहुँमा सोमबारबाट सुरु हुने भनिएको कक्षा ८ को जिल्लास्तरीय परीक्षा स्थगित भएको छ । काहुँ शिवपुरको सहिदगंगा माविको दराजमा राखिएको प्रश्नपत्र परीक्षा सञ्चालन गर्ने अघिल्लो दिन आइतबार खोलिएको अवस्थामा भेटिएपछि जिल्ला शिक्षा कार्यालयले सू ...

गाउँ जान मान्दैनन् शिक्षक
२०७३ चैत्र १३ गते २३:३९

गाउँ जान मान्दैनन् शिक्षक

सुर्खेत । गाउँमा दरबन्दी भए पनि अधिकांश शिक्षक शक्ति र पहुँचको भरमा सदरमुकाममा बस्दै आएका छन् । जिल्ला शिक्षा कार्यालयले तत्काल आफ्नो दरबन्दी भएकै स्थानमा फिर्ता हुन निर्देशन दिँदासमेत शिक्षकले अटेर गरेका हुन् । अहिले पनि गाउँमा दरबन्दी भएका जिल्लाका दर्जनभन्दा बढी शिक्षकले सदरमुकाम वीरेन्द्रनग ...

पहिले कमाइ अनि परीक्षा
२०७३ चैत्र १३ गते ११:५४

पहिले कमाइ अनि परीक्षा

रुकुम । हिमालय मावि पाखापानीले चैत १३ गतेदेखि वार्षिक परीक्षा सुरु गर्दै छ । विद्यार्थी अध्ययनमा व्यस्त हुनुपर्ने यो समयमा सोही स्कुलमा ८ कक्षा पढ्ने सीता बुढा भने मजदुरी गर्न व्यस्त छिन् । उनको हातमा कापी, किताब हुनुपर्ने हो । तर, पिठ्युँमा भारी बोक्नुपरेको छ । घरनजिकै खोलामा झोलुंगे पुल बन्ने भएपछ ...

चिटकै भरमा परीक्षा
२०७३ चैत्र १३ गते ११:५०

चिटकै भरमा परीक्षा

बझाङ । विद्यालयको वार्षिक परीक्षा चलिरहेको थियो । कक्षाकोठामा खचाखच विद्यार्थी थिए । पछाडिको लहरमा बसेका केही कलिला विद्यार्थी उत्तरपुस्तिकामा केही लेख्दै थिए । उनीहरू घरीघरी कक्षाकोठाको ढोकातर्फ हेर्थे । शिक्षिकाले अन्तै ध्यान दिएको मौका छोपेर छेवैमा रहेको किताबबाट उत्तर सार्थे ।यो दक्षिणी भेगको के ...

नियमावली फिर्ता गर्नुपर्ने कुनै कारण नै छैन: शिक्षामन्त्री पौडेल
२०७३ चैत्र १३ गते १०:५०

नियमावली फिर्ता गर्नुपर्ने कुनै कारण नै छैन: शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रिपरिषद्मा दर्ताका लागि पठाइएको शिक्षा नियमावली फिर्ता गर्नुपर्ने कुनै कारण नै नभएको बताए ।  उनले नियमावली नहुँदा शिक्षाको काममा समस्या उत्पन्न भएकाले यसलाई फिर्ता लिइनेमा कुनै सत्यता नभएको स्पष्ट पारे । “प्रधानमन्त्रीसँग सल्लाह गरेर नै हामीले ...

प्रोजेक्टरमार्फत पढाउँदा विद्यार्थी नियमितता बढ्यो
२०७३ चैत्र १२ गते २२:४४

प्रोजेक्टरमार्फत पढाउँदा विद्यार्थी नियमितता बढ्यो

कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा पर्ने बढीमालिका माध्यामिक विद्यालयमा प्रोजेक्टरमार्फत  कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या तथा नियमितता बढेको छ । शिक्षकले कक्षामा आएर पढाएको भन्दा प्रोजेक्टरमार्फत भिडियो देखाएर पढाउन थालेपछि रास्कोट नगरपालिका आसपासका विद्यार्थीहरु नियमित विद् ...

त्रिविले विद्यार्थीलाई निष्कासित गरी मानसिक कैदी बनायो : बृद्धिजीविहरु
२०७३ चैत्र १२ गते २२:१३

त्रिविले विद्यार्थीलाई निष्कासित गरी मानसिक कैदी बनायो : बृद्धिजीविहरु

काठमाडौं । त्रिभूवन विश्वविद्यालयले आफ्नो स्थापनाकालयता हजारौ विद्यार्थीलाई परीक्षामा अनियिमतता गरेको नाममा अवैज्ञानिक शैलीमा निष्कासन गरी ‘मानसिक कैदी’ बनाएको राजधानीमा  आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । उनीहरुले गलत नीति, पूर्वाग्रही सोच र तानाशाह प्रवृति भएका त्रिविक ...

कोर्स नसकी वार्षिक परीक्षा
२०७३ चैत्र १२ गते २२:०८

कोर्स नसकी वार्षिक परीक्षा

बुटवल । एकला निम्न माध्यमिक विद्यालयमा कक्षा सातमा पढ्ने पृथ्वीराज हरिजनको आइतबारदेखि वार्षिक परीक्षा छ । परीक्षा सुरु भइसक्यो तर शिक्षकले पुस्तक पढाइसकेका छैनन् । उनलाई गणित विषय कठिन लाग्छ । तर त्यही विषयको २५ प्रतिशत पाठ विद्यालयमा पढाइ नै भएन । ‘अब आफै पढेर परीक्षा दिने हो', उनले भने । गणि ...

शिक्षा निकायका कर्मचारी अन्योलमा
२०७३ चैत्र १२ गते ०२:००

शिक्षा निकायका कर्मचारी अन्योलमा

काठमाडौं । शिक्षा क्षेत्रको काम स्थानीय तहबाट व्यवस्थापन गर्नुपर्ने भनी गरिएको निर्णयका कारण यतिबेला शिक्षा निकायमा निकै ठूलो तरङ्ग सिर्जना भएको छ । निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वय गर्न गठित केन्द्रीय व्यवस्थापन समन्वय समितिको बैठकले शिक्षा क्षेत्रको काम नगरपालिका र गाउ ...

एमयुमा अब चिनियाँ भाषा पढाइ हुने
२०७३ चैत्र १२ गते ०१:४१

एमयुमा अब चिनियाँ भाषा पढाइ हुने

सुर्खेत ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा चिनियाँ भाषा अध्ययन हुने भएको छ । मप विश्वविद्यालयले चीनको नान्छाङ्गमा रहेको चीउ च्याङ विश्वविद्यालयको भगिनी संस्था ईष्ट चाईना यूनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा चिनियाँ भाषा अध्ययन सुरु गर्न लागेको हो ।   दुबै विश्वविद्यालयबीच शुक् ...

इँटाभट्टामै स्कुल
२०७३ चैत्र १२ गते ०१:२८

इँटाभट्टामै स्कुल

गोरखा । विद्यालय उमेरका बालबालिका विभिन्न उद्योग कलकारखानामा श्रम गर्न बाध्य भइरहेका बेला गोरखाको एक इँटा उद्योगले इँटाभट्टामै बाल विकास कक्षा सञ्चालन गरिदिएको छ।गोरखाको कुन्दुरटारमा सञ्चालित कुन्दुर इँटा उद्योगले कामदारका छोराछोरी पढाउन उद्योग परिसरमै विद्यालय खोलेको हो। 'हामीलाई उद्योगभित्रै विद् ...

विद्यालयमा मनोविमर्शकर्ता
२०७३ चैत्र १२ गते ०१:१३

विद्यालयमा मनोविमर्शकर्ता

  रोल्पा । विद्यार्थी काम्ने समस्या देखिएका रोल्पाका केही विद्यालयमा जिल्ला शिक्षाको पहलमा मनोविमर्शकर्ता खटाइने भएको छ। पहिलो चरणमा पूर्वी गाउँको सूर्योदय मावि सुलीचौर र दक्षिणको होलेरीस्थित महेन्द्र माविका विद्यार्थीलाई परामर्श गर्न पठाउने तयारी भएको शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले बताए।विद् ...

बढ्दो लगानी घट्दो उपलब्धि
२०७३ चैत्र १० गते २३:४३

बढ्दो लगानी घट्दो उपलब्धि

बाग्लुङ । नगरपालिकाभित्रकै एउटा प्राविमा नौ जना मात्र विद्यार्थी छन्। यो ‘नमुना’ विद्यालय हो बाग्लुङ–८ को भगवती प्रावि, जसमा विद्यार्थीबाहेक तीन शिक्षक र एक सहयोगी छन्। ती शिक्षक पनि सबै एकै दिन विद्यालय पुग्दैनन्। कक्षा ४ सम्म पढाइ हुने उक्त प्राविमा सबै विद्यार्थीलाई एउटै कक्षाम ...

अनुमति बिना सञ्चालित निजी विद्यालय बन्द गर्न निर्देशन
२०७३ चैत्र १० गते २२:४९

अनुमति बिना सञ्चालित निजी विद्यालय बन्द गर्न निर्देशन

सर्लाही । जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको छ।अधिकांश निजी विद्यालयले अनुमतिबिन सञ्चालन भएका छन् भने केही विद्यालयले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरिरहेका छन्। निजी वा संस्थागत दुवै विद्यालयले शैक्षिक सत्र २०७४ देखि सञ् ...

चुहिने भवनमा पढाइ
२०७३ चैत्र १० गते २२:४५

चुहिने भवनमा पढाइ

डोटी । ‘घाम लागेको दिन त ठीकै हुन्छ, पानी पर्‍यो भने विद्यार्थीलाई नचुहिएको ठाउँमा उभ्याएर पढाउनुपर्छ । अब त भित्ता पनि चर्किसकेको छ, कक्षाकोठामा जानै डर लाग्छु, डोटी बडाकेदार गाउँपालिका–२ बरउ साविकको बर्छैन गाविस–२) स्थित शिशु दर्पण आधारभूत विद्यालयका प्रधानाध्यापक बेचन चौधरीक ...

‘पढाइ आफ्नै लागि’
२०७३ चैत्र १० गते ०२:२४

‘पढाइ आफ्नै लागि’

गुल्मी । माध्यामिक शिक्षा परीक्षा प्रणाली सुधारसँगै विद्यार्थीमा पढाइ आफ्नै लागि हो भन्ने चेतनाको विकास भएको छ । एसएलसी परीक्षा प्रणाली हटेसँगै शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षा कार्यालय, शिक्षक र अभिभावककै पहलमा विद्यार्थीमा परिवर्तन आएको हो । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका गु ...

विकटका विद्यालय सुधार्दै अभिभावक/शिक्षक
२०७३ चैत्र १० गते ०२:१४

विकटका विद्यालय सुधार्दै अभिभावक/शिक्षक

चितवन । जिल्लाका विकट बस्तीका अधिकांश विद्यालय धराशायी बन्दै छन् । त्यस्ता विद्यालयमा न शिक्षक नियमित आउँछन् न विद्यार्थी नै । कक्षा ५ मा पढ्नेलाई आफ्नो नाम लेख्न नआउने विद्यालय पनि त्यहीं छन् । यिनै समस्याले गर्दा सामुदायिक विद्यालय धराशायी बन्दै गएका हुन् । तर, इच्छाकामना २, काउलेको राष्ट्रिय निम ...

अज्ञात समूहको गोलीबाट शिक्षक गम्भीर
२०७३ चैत्र ९ गते ००:१६

अज्ञात समूहको गोलीबाट शिक्षक गम्भीर

रौतहट । रौतहटको विश्रामपुरमा अज्ञात समूहले मंगलबार राति प्रहार गरेको गोली लागी एक शिक्षक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बृन्दावन गाउँपालिका वडा-३ (तत्कालीन विश्रामपुर गाविस वडा नं ४ ) निवासी ४२ वर्षीय रामएकवाल यादव रहेको परिवालले जनाएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा राती करिब १ बजे अपरिचित ...

परीक्षार्थीकोे मृत्यु
२०७३ चैत्र ९ गते ००:१२

परीक्षार्थीकोे मृत्यु

बैतडी । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ । मृत्यु हुनेमा दशशथचन्द नगरपालिका–५ का १८ वर्षीय कैलाश दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।कैलाशले सोमवार आमाका लाग ...

अनियमितता गर्ने ५४ परीक्षार्थी निष्कासित
२०७३ चैत्र ८ गते २३:१६

अनियमितता गर्ने ५४ परीक्षार्थी निष्कासित

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनियमितता गर्ने ५४ परीक्षार्थीलाई मंगलबार निष्कासन गरिएको छ । निष्कासन गरिएकामा ४१ छात्रा छन् । त्यस्तै दुईजना निरीक्षकसमेत कारबाहीमा परेको शिक्षा कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव नेतृत्वको अनुगमन टोलीले सबैभन्दा बढी भंगाहा ...

लालटिनदेखि प्रोजेक्टरसम्म
२०७३ चैत्र ७ गते २३:४५

लालटिनदेखि प्रोजेक्टरसम्म

भरतपुुर । उज्यालोबिनाको सृष्टि कल्पना गर्न सकिँदैन । शिक्षाको उज्यालोबिनाको मानव संसार पनि कल्पनाभन्दा बाहिरको विषय हो । मानिसलाई साँचो अर्थमा मानिस बनाउने काम शिक्षाको उज्यालोले नै गर्छ। शिक्षाको उज्यालो बाँड्ने महत्वपूर्ण काममा आफूलाई साढे पाँच दशकदेखि समर्पित गर्दै आइरहेको चितवनको अब्बल सामुुदायि ...

परीक्षा केन्द्रमा ब्रिजकोर्स आतंक
२०७३ चैत्र ७ गते २३:४२

परीक्षा केन्द्रमा ब्रिजकोर्स आतंक

काठमाडौं । पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयबाट सेकेन्डरी एजुकेसन इक्जामिनेसन (एसईई) को परीक्षा दिएर निस्केकी सरिता सिलवाललाई ब्रिजकोर्स प्रदायक संस्था बताउने एक कम्पनीका प्रतिनिधिले हातमा ब्रोसर थमाउँदै भने, 'कक्षा ११ कहाँ भर्ना गर्ने योजना बनाउनुभएको छ ? हामी तपाईलाईं भर्ना गर्नुअघि आवश्यक प ...

शिक्षामा सूचना प्रविधि
२०७३ चैत्र ७ गते ०७:२३

शिक्षामा सूचना प्रविधि

ललितपुरको सेन्ट जेभियर स्कुलले एक वर्षअघिसम्म अभिभावकलाई विद्यार्थीबारे केही जानकारी दिनुपरे फोन गथ्र्यो । तर, स्कुलले अहिले मोबाइल एप्समार्फत यस्ता जानकारी दिन्छ । स्कुलले बनाएको एप्स आफ्नो स्मार्टफोनमा राखेका अभिभावकले छोराछोरीको क्रियाकलाप मात्र होइन, विद्यालयले गर्ने गतिविधिको जानकारीसमेत पाउँछ ...

यस्ता विद्यालय राम्रा
२०७३ चैत्र ७ गते ०५:३८

यस्ता विद्यालय राम्रा

महाराजगन्जका रोहित खतिवडाकी छोरी अस्मिता साढे तीन वर्षकी भइन् । आउँदो शैक्षिक सत्रदेखि छोरीलाई विद्यालय भर्ना गर्ने तयारीमा छन् रोहित । राजधानीको एक निजी कम्पनीमा काम गर्ने उनी छोरीका लागि उपयुक्त विद्यालयको खोजीमा छन् । वैशाखमा भर्ना गर्नुपर्ने भएकाले उनको अहिले मुख्य समय नै विद्यालयबारे अध्ययन गर ...

त्रिविको फारम अब अनलाइनबाट
२०७३ चैत्र ७ गते ००:२५

त्रिविको फारम अब अनलाइनबाट

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ ।  त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ...

विद्यालयमा आगो लागेपछि विद्यार्थीको भविष्य संकटमा
२०७३ चैत्र ६ गते २३:५७

विद्यालयमा आगो लागेपछि विद्यार्थीको भविष्य संकटमा

महोत्तरी । कक्षा १ मा पढ्ने ६ बर्षीया रोशनी माझी सधैं विद्यालय आउछिन्। तर, उनी विद्यालयमा दुई हप्तादेखि रमाएर पढ्न पाएकी छैनन्। फाल्गुण २२ गते राति रोशनी पढ्ने जनजागृत उच्च माध्यमिक विद्यालय गौरीबास (पाटु) बर्दिबासको कार्यालयमा आगलागी भयो।आगलागीले विद्यालयको अभिलेख, कागजपत्र, सरसमान, विज्ञान प्रयोगश ...

परीक्षा कोठाभित्रै पुग्छ मिलेमतोमा ‘चिट’
२०७३ चैत्र ६ गते २३:५०

परीक्षा कोठाभित्रै पुग्छ मिलेमतोमा ‘चिट’

लहान । मावि पडरिया थारुटोल परीक्षा केन्द्रमा आईतवार बिहान ९:३० बजे निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई सहितको अनुगमन टोलीले एकजना नक्कली निरीक्षकलाई पक्राउ गरेको छ। रतनेश यादवको निरीक्षक परिचयपत्र झुण्याएर अनिवार्य गणित विषयको परीक्षामा परीक्षार्थीलाई चिट चोराईरहेका अनिल महतोलाई पक् ...

उपत्यकामा सेमेस्टर प्रणाली
२०७३ चैत्र ६ गते २३:४७

उपत्यकामा सेमेस्टर प्रणाली

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसपटकदेखि उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने भएको छ । त्रिविले दुई वर्षअघि ३९ वटा केन्द्रीय विभागबाट सेमेस्टर सुरु गरेको थियो । त्रिविले यस वर्षदेखि उपत्यकाका २२ आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर सुरु गर्न ल ...

विद्यालयका नामबाट हटेन ‘उच्च मावि’
२०७३ चैत्र ६ गते ०९:३६

विद्यालयका नामबाट हटेन ‘उच्च मावि’

 स्याङ्जा । आठ महिनाअघि जारी भएको नयाँ शिक्षा ऐनले कक्षा १२ सम्मलाई मध्यामिक तह मानेको छ । ऐन जारीसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भइसकेको छ । तर, यसअघि कक्षा १२ सम्म सञ्चालन गरिँदै आएका शिक्षालयले अझैसम्म आफ्ना साइनबोर्डबाट ‘उच्च मावि’ हटाएका छैनन् ।उमाविकै लेटर प्याड र छाप प ...

एसईईकाे परीक्षा हलमै बेथा लागेपछि...
२०७३ चैत्र ६ गते ०९:२९

एसईईकाे परीक्षा हलमै बेथा लागेपछि...

 दैलेख । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी एक परीक्षार्थीले छोरा जन्माएकी छिन् । सदरमुकामको त्रिभुवन मावि केन्द्रमा जनता मावि कोटथाप्लाकी १७ वर्षीया पूजा नेपालीले परीक्षा दिइरहेका बेला सुत्केरी भएकी हुन् । बेथा सुरु भएलगत्तै उनलाई दैलेख अस्पताल पुर्‍याइएको थियो ।अस्पतालका अनुसार आमाक ...

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै
२०७३ चैत्र ५ गते २१:३७

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै

खोटाङ । दुबै हात नभएकी खोटेहाङ गाउँपालिका-२ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी छिन्। भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा-१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन्।शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भए पनि समयमै सबै प्रश ...

दृष्टिविहीन विद्यार्थीको प्रश्न : गणित र विज्ञानमा चित्र कसरी बनाउने ?
२०७३ चैत्र ५ गते ००:२८

दृष्टिविहीन विद्यार्थीको प्रश्न : गणित र विज्ञानमा चित्र कसरी बनाउने ?

बुटवल । रूपन्देही मणिग्रामस्थित गिर्वाण माविको एउटा कक्षामा विद्यार्थी नारायण थारू अंग्रेजी विषयको प्रश्न सुनेर उत्तर बताउँदै थिए। छेउमै बसेकी एउटी छात्राले उनको उत्तरपुस्तिकामा सरसर्ती लेखिरहेकी थिइन्।बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) कोकेन्द्र रहेको गिर्वाणका अन्य कोठमा भइरहेको ...

ब्रेल लिपिमा लेख्न पाएनन्
२०७३ चैत्र ५ गते ००:०७

ब्रेल लिपिमा लेख्न पाएनन्

पाल्पा ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा भने दमकडा माविका सबै दृष्टिविहीन विद्यार्थीले ब्रेल लिपिमा लेख्न पाएनन् । कक्षा, १० सम्म उनीहरूले ब्रेल लिपिमा लेख्ने, पढ्ने गरेका थिए । एसईईमा परीक्षा नियन्त्रण कार्यालयले दृष्टिविहीनका लागि भनेर अलग्गै व्यवस्था नगरेपछि सहयोगीका भरमा देवनागरी लिपिमा ...

केन्द्राध्यक्ष निलम्बित
२०७३ चैत्र ४ गते २३:५७

केन्द्राध्यक्ष निलम्बित

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनियमितता गरेको आरोपमा गौशाला केन्द्रका केन्द्राध्यक्ष आमोद साह निलम्बनमा परेका छन् । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको टोलीले सिट प्लानविपरीत बोर्डिङ स्कुलका विद्यार्थीलाई एउटै कोठामा राखेर परीक्षा दिलाएको पाइएपछि उनलाई निलम्बन गरेको हो ।केन्द् ...

image
image
image