२०७६ मंसिर ३० गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

निजी छोडेर सामुदायिक विद्यालयमा ओइरो
२०७४ बैशाख ११ गते ००:४५

निजी छोडेर सामुदायिक विद्यालयमा ओइरो

बुटवल । बोर्डिङ स्कुलबाट कक्षा सात पास गर्नुभएका बुटवल-१२ का सन्देश पन्थी कालिका माविमा ठेलमठेल गर्दै हुनुहुन्थ्यो । सयौं बालबालिका र अभिभावकले भरिएको कालिकामा कक्षा ८ को प्रवेश परीक्षा दिन पन्थी लाइनमा बस्नुभएको हो । अंग्रेजी माध्यममा सञ्चालन र सामुदायिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गर्दा छात्र ...

भावी प्रधानन्यायाधीशको एसएलसी प्रमाणपत्रै गायब !
२०७४ बैशाख ११ गते ००:२४

भावी प्रधानन्यायाधीशको एसएलसी प्रमाणपत्रै गायब !

काठमाडौं  । २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । विद्यार्थीको नाम, ठेगाना, जन्ममिति र पिताको नामलगायत व्यक्तिगत विवरणको अभिलेख हुने रजिस्ट्ररमा उनीसहित अन्य चार जना विद्यार्थीको विवरण छोपिए ...

उम्मेदवार बन्न जागिर छाड्दै शिक्षक
२०७४ बैशाख ११ गते ००:१९

उम्मेदवार बन्न जागिर छाड्दै शिक्षक

सिन्धुपाल्चोक । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लाका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षकको संघ, संगठन र परिषद्मा क्रियाशील शिक्षकहरूले राजीनामापत्रमा भने उम्मेदवार बन्ने जानकारी दिएका छैनन् । उनीहरूले स्वास्थ्य समस्या र घरायसी कारण देखाएका छन् तर उनीहरू निर्वाचनमा पार्टीका ...

परीक्षा नियन्त्रकको लापरबाहीले मुलुकभर १२ कक्षाको प्रश्नपत्र अभाव
२०७४ बैशाख १० गते १३:१०

परीक्षा नियन्त्रकको लापरबाहीले मुलुकभर १२ कक्षाको प्रश्नपत्र अभाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालयको लापरबाहीले कक्षा १२ को प्रश्नपत्र मुलुकभर अभाव देखिएको छ । १२ को परीक्षा आइतबारदेखि सुरु भएको हो । बोर्डका अनुसार मुलुकभरका नौ सय ९० परिक्षा केन्द्रबाट ३ लाख ५३ हजार १२ परिक्षार्थीले परीक्षा दिइरहेका छन् । परीक्षा दिने विद्यार् ...

चुनाव लड्न पाँच शिक्षकद्वारा राजीनामा
२०७४ बैशाख १० गते ००:१७

चुनाव लड्न पाँच शिक्षकद्वारा राजीनामा

बैतडी । स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् ।जिल्ला शिक्षा कार्यालय, बैतडीका नायब सुब्बा वसन्तबहादुर सिंहका अनुसार राजीनामा दिने शिक्षकहरुमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपा ...

पढाइ थालियो, छैन पुस्तक
२०७४ बैशाख १० गते ००:१०

पढाइ थालियो, छैन पुस्तक

काठमाडौं ।  नयाँ शैक्षिक सत्र सुरु भएको १० दिन भयो । मुलुकभर भर्ना अभियान चलिरहेको छ । शिक्षा विभागले भर्ना हुने विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइरहेकै छ । तर पुस्तक छाप्ने जिम्मा पाएका जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रका छापाखानाले भने अझै एक करोड ६ लाख ३५ ...

अझै पुगेन पाठ्यपुस्तक
२०७४ बैशाख १० गते ००:०६

अझै पुगेन पाठ्यपुस्तक

बझाङ । नयाँ शैक्षिक सत्रको पढाइ सुरु भइसके पनि बझाङमा पर्याप्त संख्यामा पाठ्पुस्तक आइपुगेका छैनन् । कतिपय विद्यालयमा पुस्तक नपुगेपछि नयाँ भर्ना भएका विद्यार्थी घरमै बसिरहेका छन् । सदरमुकाम नजिकैका विद्यालयका विद्यार्थी नै पुस्तक नपाएको गुनासो गर्छन् । भर्ना गरिसके पनि पुस्तक नपाएकाले विद्यालय नगएको ...

विद्यालय आफैं तोक्छन् पसल
२०७४ बैशाख १० गते ००:०५

विद्यालय आफैं तोक्छन् पसल

कास्की । वार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै अभिभावक आफ्ना सन्तानका लागि पाठ्यपुस्तक खरिद गरिरहेका छन् । तर, स्कुलले भनेकै स्टेसनरी पसल धाउनुपर्ने भएपछि उनीहरू हैरान छन् । ‘पसलको नाम भएको चिट दिन्छन्, त्यहीँ गएर किताब किन्नुपर्छ,’ अभिभावक जगत रानामगरले भने । सबैलाई हतार हुने भएकाले यस्ता ...

राजधानीमै आएन कक्षा ८ को नतिजा
२०७४ बैशाख ८ गते ००:३७

राजधानीमै आएन कक्षा ८ को नतिजा

काठमाडौं । शैक्षिक सत्र सुरु भएसँगै सरकारले स्कुल जाने उमेर पूरा भएका बालबालिकालाई पढाइमा प्रेरित गर्ने उद्देश्यले विभिन्न अभियान सञ्चालन गरिरहँदा काठमाडौंबाट कक्षा आठको परीक्षा दिएका विद्यार्थीको नतिजा भने अझै सार्वजनिक भएको छैन। उनीहरूसँगै पढेका अन्य कक्षाका विद्यार्थीको नतिजा चैत अन्तिम साता सार् ...

विद्यालय भर्नाकै दिन पुस्तक
२०७४ बैशाख ८ गते ००:१६

विद्यालय भर्नाकै दिन पुस्तक

प्यूठान । जिल्लामा विद्यार्थी भर्ना भएकै दिन नयाँ पुस्तक दिन थालिएको छ । जिल्लाका सबै विद्यालयमा वैशाख ३ देखि ८ गतेसम्म सञ्चालन हुने भर्ना अभियानमा विद्यार्थीलाई नयाँ पुस्तक वितरण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ‘भर्ना भएकै दिन पुस्तक दिन निर्देशन गरेका छौं,’ विद्यालय निरीक्ष ...

सिट छैन सामुदायिक विद्यालयमा
२०७४ बैशाख ८ गते ००:११

सिट छैन सामुदायिक विद्यालयमा

हेटौंडा । मकवानपुरका एक सांसदले स्कुलमा विद्यार्थी भर्ना गरिदिन प्राचार्यलाई एकाबिहानै आग्रह गरे । तर उनले भर्ना गर्न सकेनन् । ठाउँको अभावले गर्दा उनले विद्यार्थीलाई भर्ना गर्न नसकेका हुन् । भौतिक पूर्वाधारको अभावले गर्दा यो शैक्षिक सत्रमा हेटौंडा उपमहानगरपालिका ४ स्थित आधुनिक राष्ट्रिय माविले बाहिर ...

अझै २६ सय बालबालिका विद्यालय पहुँचबाहिर
२०७४ बैशाख ७ गते ०१:३५

अझै २६ सय बालबालिका विद्यालय पहुँचबाहिर

सल्यान । साक्षरता घोषणा गरेको सल्यानमा अझै २६ सय बालबालिका विद्यालय पहुँचबाहिर छन् । आर्थिक समस्या, तथा शारीरिक अपांगता, बालविवाह, मजदुरीलगायत कारण बालबालिका विद्यालयको पहुँचबाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।‘क’ र ‘ख’ वर्गका शारीरिक अपांगता भएका अधिकांश बालबालिक ...

अब १६ मन्त्रालय मात्रै ! ,शिक्षा मन्त्रालय खारेज हुने !
२०७४ बैशाख ७ गते ०१:२४

अब १६ मन्त्रालय मात्रै ! ,शिक्षा मन्त्रालय खारेज हुने !

  काठमाडौं । संघीय संरचनामा हाल कायम मन्त्रालय संख्या आधा घटाई १६ मात्रै बनाउन सिफारिस गरिएको छ । संघीय संरचनाका मन्त्रालय, विभाग र केन्द्रीय निकायको यकिनका लागि डेढ महिनाअघि गठित कार्यदलले उक्त सिफारिससहितको प्रतिवेदन बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको हो ।आर्थिक र जनशक ...

बालमैत्री कक्षाले उक्सेको विद्यालय
२०७४ बैशाख ५ गते २३:५४

बालमैत्री कक्षाले उक्सेको विद्यालय

बैतडी । कतिपय अभिभावकका छोराछोरी सानो उमेरमा विद्यालय जान आनाकानी गर्छन् । उनीहरूलाई स्कुलसम्म पुर्‍याउन र त्यहाँ टिकाइराख्न अभिभावकले ठूलै संघर्ष गर्नुपर्छ । बैतडीको पाटन नगरपालिका वडा नं ९ सिद्धेश्वर र आसपासका बालबालिका भने विद्यालय जान निकै खुसी हुन्छन् । उनीहरू बिहान उठेदेखि नै स्कुल जाने हत ...

विद्यालय शुल्क घटाउन विद्यार्थी संघहरुको अल्टिमेटम
२०७४ बैशाख ५ गते २३:१०

विद्यालय शुल्क घटाउन विद्यार्थी संघहरुको अल्टिमेटम

काठमाडौं । निजी विद्यालयले मनोमानी बढाएको शुल्क तीन दिनभित्रै घटाउने गरी पहल थाल्न विद्यार्थी संघरसंगठनले सरकारलाई अल्टिमेटम दिएका छन् । शुल्क निर्धारण सम्बन्धमा गत वर्ष वैशाख ६ मा सरकारसँग भएको सम्झौता र सर्वोच्च अदालतको आदेश पालना नभएको भन्दै आठ संगठनले मंगलबार शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापन ...

अझै ६० लाख किताब छाप्न बाँकी
२०७४ बैशाख ५ गते २३:०६

अझै ६० लाख किताब छाप्न बाँकी

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भइसके पनि अझै ६० लाख थान पाठ्यपुस्तक छपाउन बाँकी छ । स्थानीय तहको चुनावसम्बन्धी सामग्री छपाइमा दक्ष जनशक्ति र मेसिन प्रयोग भएकाले पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विद्यार्थीको हातमा वैशाख मसान्तसम्म पुस्तक पुर्‍याउने दाबी के ...

विद्यार्थी मृत्युको कारण ‘आत्महत्या'
२०७४ बैशाख ४ गते २२:५६

विद्यार्थी मृत्युको कारण ‘आत्महत्या'

काठमाडौं । रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण ‘आत्महत्याु भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ । करिब दुई साताअघि १४ वर्षीय कुन्दनको स्कुलकै तेस्रो तलाबाट हामफालेर मृत्यु भएको थियो ।कुन्दनको मृत्युसम्बन्धमा परिवारले प्रश्न उठाएपछि अनुसन्धानका लागि ...

‘परीक्षा दिनुस् या सुविधा लिनुस्'
२०७४ बैशाख ४ गते २२:४८

‘परीक्षा दिनुस् या सुविधा लिनुस्'

काठमाडौं । शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकलाई परीक्षा दिन वा सुविधा लिन मौका दिएको छ। त्यहीअनुसार शिक्षक सेवा आयोगले २६ हजार अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न दरखास्त आह्वान गरेको छ।शिक्षा विभागका उपनिर्देशक एवं शिक्षक व्यवस्थापन शाखा प्रमुख तेजप्रसाद काफ्लेले लामो समयदेख ...

स्कुललाई ब्रह्मलुट गर्न छुट
२०७४ बैशाख ३ गते २३:१६

स्कुललाई ब्रह्मलुट गर्न छुट

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भइसके पनि ललितपुर र भक्तपुर जिल्ला शिक्षा कार्यालयले निजी विद्यालयको शुल्क सीमा निर्धारण गरेका छैनन्। मौकाको फाइदा उठाई निजी स्कुल सञ्चालकले मनपरी शुल्क वृद्धि गरिरहेका छन्।शिक्षा नियमावलीमा नयाँ शैक्षिक सुरु हुनु तीन महिनाअघि जिल्ला शिक्षा कार्यालयले जिल्लाका विद् ...

अझै ६० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी, चुनावी सामग्री छपाइले ढिलो भएको दाबी
२०७४ बैशाख ३ गते २३:०५

अझै ६० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी, चुनावी सामग्री छपाइले ढिलो भएको दाबी

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले अझै ६० लाख थान पाठ्यपुस्तक छपाउन बाँकी रहेको जनाएको छ । उसले स्थानीय तहको चुनावका निम्ति आवश्यक सामग्री छपाइ कार्यमा दक्ष जनशक्ति र मेसिन प्रयोग भएकाले पाठ्यपुस्तक छपाइमा ढिलाइ हुन पुगेको जनाएको छ । नयाँ शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा वैशाख मसान्तसम्म विद ...

विद्यालय सञ्चालक पोस्न शिक्षा मन्त्रालय र विभाग नै निर्देशिका फेर्दै
२०७४ बैशाख ३ गते २३:०१

विद्यालय सञ्चालक पोस्न शिक्षा मन्त्रालय र विभाग नै निर्देशिका फेर्दै

काठमाडौं । एक वर्षअघि ल्याइएको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन नगरी सरकारले उल्टै विद्यालय सञ्चालकको हित हुने गरी संशोधन तयारी गरेको छ । निजी विद्यालयले चर्को शुल्क असुलिरहेको व्यापक गुनासो अभिभावकले गर्दा पनि कारबाही गर्नुको सट्टा शिक्षा मन्त्रालय र विभागले ‘व ...

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध
२०७४ बैशाख २ गते २२:५१

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध

काठमाडौ । शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरू अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।मन्त्रालयले चिल ...

बाल हिंसाविरुद्ध जुट्दै बालबालिका
२०७४ बैशाख २ गते २२:२५

बाल हिंसाविरुद्ध जुट्दै बालबालिका

कञ्चनपुर । सौरभ १६ वर्षका भए । उनी ९ कक्षामा पढ्छन् । सौरभको पढाइभन्दा पनि उनकी आमालाई बुहारीको खाँचो छ । उनले आफू काम गर्न नसक्ने भन्दै सौरभको बिहे गर्ने निधो गरिन् । आमाको निर्णय सौरभकी बहिनी निरुलाई चित्त बुझेन । बालविवाह हुन लागेको भन्दै उनले साथीभाइसँगै महिला स्वयंसेविकासम्म कुरा गर्न थालिन् । ...

अदालतको आदेश लत्याउँदै शुल्क
२०७४ बैशाख २ गते २२:१२

अदालतको आदेश लत्याउँदै शुल्क

काठमाडौं । सर्वोच्च अदालतको आदेशसमेत लत्याउँदै निजी विद्यालयले सरकारी निकायकै मिलेमतोमा आफूखुसी शुल्क उठाउन थालेका छन् । २०६९ जेठ १० मा न्यायाधीश ताहिर अलि अन्सारी र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले एक पटक निर्धारण गरिएको शुल्क तीन वर्षसम्म बढाउन नपाउने परमादेश जारी गरे पनि त्यसको उल्लंघन गर्दै ...

अर्को दुई वर्ष पनि टहरामै पढ्नुपर्ने
२०७४ बैशाख २ गते ००:१७

अर्को दुई वर्ष पनि टहरामै पढ्नुपर्ने

काठमाडौं । वैशाख १२ को भूकम्पपछि करिब १४ लाख विद्यार्थी दुई वटा शैक्षिक सत्र अस्थायी टहरामा बसेर पढ्न बाध्य भए। तीमध्ये अधिकांश विद्यार्थीले कम्तीमा अर्को दुई वर्ष टहरामै बसेर पढ्नुपर्ने अवस्था देखिएको छ ।शिक्षा मन्त्रालयका अनुसार भूकम्पले क्षतिग्रस्तमध्ये करिब दुईतिहाइ विद्यालय पुनर्निर्माणका लागि ...

शिक्षा कार्यालयमै शिक्षकको हाजिरी
२०७४ बैशाख २ गते ००:०१

शिक्षा कार्यालयमै शिक्षकको हाजिरी

विराटनगर । शिक्षा कार्यालय मोरङले शिक्षक दरबन्दी मिलान गर्न नसक्दा १६ मावि शिक्षकलाई कार्यालयमै हाजिर गराएको छ ।शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्णलाई क्षेत्रीय शिक्षा निर्देशनालयले पुस २२ गते शिक्षा कार्यालय मोरङलाई दरबन्दी मिलान गरेर हाजिर गराउन निर्देशन दिएको थियो । तर अहिलेसम्म विद्यालय पठाउन सक ...

अधिकार खोस्दै स्कुल खोल्ने अनुमति
२०७४ बैशाख १ गते २३:४३

अधिकार खोस्दै स्कुल खोल्ने अनुमति

काठमाडौं । संविधानले विद्यालय खोल्न अनुमति दिने अधिकार स्थानीय निकायलाई दिए पनि शिक्षामन्त्री धनीराम पौडेलले नयाँ निजी स्कुल खोल्न अनुमति दिने निर्णय गरेका छन् । पौडेलले अघिल्लो शुक्रबार मुलुकभर कक्षा १ मा शैक्षिक गुठीमा विद्यालय खोल्न र कक्षा थप्न दिने निर्णय गरेका हुन् । यो निर्णयले कार्यान्वयनमा ...

कसरी अब्बल बने सरकारी स्कुल ?
२०७४ बैशाख १ गते २३:३५

कसरी अब्बल बने सरकारी स्कुल ?

काठमाडौं । भक्तपुरको वागीश्वरी माविमा अध्ययन गर्ने त्यसै विद्यालयका शिक्षक र कर्मचारीका छोराछोरी ५४ जना छन् । यो विद्यालयमा अध्ययन गर्ने सरकारी कर्मचारीका छोराछोरीको संख्या १ सय २६ छ । वागीश्वरीको पछिल्लो तीन वर्षको एसएलसी नतिजा विश्लेषण गर्दा यो जिल्लाकै उत्कृष्ट विद्यालयभित्र पर्छ । गत वर्ष एसएलस ...

आचारसंहिता विपरित भोट माग्दै शिक्षक
२०७३ चैत्र ३१ गते ०९:१७

आचारसंहिता विपरित भोट माग्दै शिक्षक

  बेलबारी । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङमा आचारसंहिता उल्लंघन बढ्दै गएको छ । सरकारी निकायमा कार्यरत कर्मचारी र शिक्षक निर्वाचनको प्रचार प्रसारमा लाग्न नपाइने भनेर निर्वाचन आयोगको आचारसंहितामा उल्लेख गरे पनि मोरङमा भने शिक्षकहरुनै चुनावी प्रचारमा लागेको स्थानीयको आरोप छ । &nb ...

क्यालिफोर्निया गोली काण्ड : विद्यार्थी र शिक्षिकाको मृत्यु
२०७३ चैत्र ३० गते २३:२७

क्यालिफोर्निया गोली काण्ड : विद्यार्थी र शिक्षिकाको मृत्यु

न्युयोर्क । क्यालिफोर्नियाको एउटा प्राथमिक विद्यालयमा गोली चल्दा दुईको मृत्यु भएको छ । क्यालिफोर्नियाको सान बर्नाडिनोमा सोमबार गोली चल्दा एक शिक्षिका र आठ वर्षीय विद्यार्थीको मृत्यु भएको हो । स्थानीय समयअनुसार साढे १० बजे सान बर्नाडिनो नर्थ पार्क इलिमेन्ट्री स्कुलमा गोली चलेको हो । आक्रमणकारीले आफ्न ...

यस वर्ष पनि पाठ्यपुस्तक अभाव हुने
२०७३ चैत्र ३० गते २३:२०

यस वर्ष पनि पाठ्यपुस्तक अभाव हुने

काठमाडौँ  ।  जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष पनि समयमै विद्यालय तहका पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएको छ । शैक्षिक सत्रको सुरुमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नुपर्नेमा अझै ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ । केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नहुने ...

अवसरजति अयोग्यलाई
२०७३ चैत्र ३० गते ००:००

अवसरजति अयोग्यलाई

बिनाप्रतिस्पर्धा नियुक्त भएका हुन्, अस्थायी शिक्षकहरू । ६ महिनाको अस्थायी अवधिका लागि भर्ना भएर दशकौँसम्म पढाएका यिनै अपरीक्षितले अब स्थायी शिक्षक बनेर स्कुले बालबालिकाको भविष्य निर्देश गर्नेछन् । यसका लागि शिक्षक सेवा आयोगले पदपूर्तिको विज्ञापन खुलाइसकेको छ । यस अन्तर्गत अस्थायीहरूबीच मात्रै आन्तर ...

प्रधानाध्यापक राजीनामा दिएर चुनावमा
२०७३ चैत्र २९ गते २३:४०

प्रधानाध्यापक राजीनामा दिएर चुनावमा

कञ्चनपुर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माविका प्रधानाध्यापक मधु बोहराले विद्यालयबाट राजीनामा दिएकी छिन् ।नगरपालिकाको उपमेयर पदमा उठ्न विद्यालयबाट राजीनामा दिएकी उनले  महिलाले पनि नेतृत्व लिएर अघि बढ्न र निर्णय लिन सक्छन् भन्ने सन्देश द ...

अझै तोकिएन निजी विद्यालयको शुल्क
२०७३ चैत्र २९ गते ०९:०५

अझै तोकिएन निजी विद्यालयको शुल्क

काठमाडौं  । शैक्षिक शत्र सुरु हुन तीन दिन मात्र बाँकी रहे पनि उपत्यकाका निजी विद्यालय सञ्चालकले विद्यार्थीबाट लिन पाउने शुल्कको सीमा विषयमा अझै निर्णय हुन सकेको छैन । सरोकारवाला निकायले निर्णय गर्न नसक्दा शैक्षिक सत्र सुरु नहुँदै विद्यालय सञ्चालकले मनपरी शुल्क लिएर विद्यार्थी भर्ना गरिरहेका छन ...

झापाका गज्जब सामुदायिक विद्यालय
२०७३ चैत्र २९ गते ०८:५८

झापाका गज्जब सामुदायिक विद्यालय

बिर्तामोड ।  झापाका अधिकांश सामुदायिक विद्यालय पठनपाठन, भौतिक संरचना तथा अन्य व्यवस्थापनका हिसाबमा अहिले निजी विद्यालयभन्दा अब्बल साबित हुन थालेका छन् । केही वर्षअघिसम्म सामुदायिक विद्यालय भन्नेबित्तिक्कै अभिभावकले आफ्ना बच्चा भर्ना गर्नका लागि नाक खुुुुम्च्याउने गरेको अवस्थामा अहिले निजी विद् ...

शैक्षिक सत्रअघि नै पुस्तक वितरण
२०७३ चैत्र २९ गते ०८:५२

शैक्षिक सत्रअघि नै पुस्तक वितरण

प्युठान । शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअघि नै जिल्लामा पुस्तक वितरण थालिएकाले यो वर्ष विद्यार्थी खुसी भएका छन् ।८५ प्रतिशत पुस्तक भित्र्याएर सम्बन्धित विद्यालयमा पुर्‍याइसकिएको स्रोतले बतायो । वितरणको जिम्मा पाएका व्यवसायी अर्जुनकुमार कक्षपतीले ५ कक्षासम्मका सबै पुस्तक आइसकेको बताए । कक्ष ...

‘खोला तर्नुपर्छ, कसरी पढ्न जानु ?’
२०७३ चैत्र २९ गते ०८:४३

‘खोला तर्नुपर्छ, कसरी पढ्न जानु ?’

सिन्धुपाल्चोक । जिल्ला शिक्षा कार्यालयले दरबन्दी मिलान क्रममा विद्यालयलाई एक–अर्कामा गाभ्ने र शिक्षक कटौती गर्ने अभियान चलाएपछि सयौं बालबालिका प्रभावित भएका छन् ।विद्यालय गाभ्दा अपायक स्थानमा जानुपर्ने र कलिला उमेरका बालबालिका हिँड्न नसक्ने भएपछि यस्तो अवस्था सिर्जना भएको हो । सुनकोसी गाउँपालि ...

चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा
२०७३ चैत्र २७ गते २३:१२

चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा

बागलुङ । बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएकी छन् । राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हाल्दै आएको  प्रअको जिम्मेवारी त्यागेकी हुन् ।आइतबार बागलुङका जिल्ला शिक्षा अधिकारी विष ...

छोराछोरी विद्यालय नपठाउने अविभावकलाई रेड कार्ड !
२०७३ चैत्र २७ गते २२:५९

छोराछोरी विद्यालय नपठाउने अविभावकलाई रेड कार्ड !

सल्यान । सल्यानको दार्मा गाउँपालिका–५ गोठिवनका ३८ वर्षका टेकबहादुर बिकलाई छोरा गोविन्दले पढिरहेको गोठिवन माध्यमिक विद्यालयबाट रातो कार्ड आयो । उहाँ अचम्ममा पर्नुभयो । विद्यालयबाट रातो कार्ड किन पाइयो भनेर थाहा नपाएका टेकबहादुर कक्षा ३ मा पढिरहेको छोरा गोविन्दले कार्डमा लेखेको कुरा पढेर सुनाएपछ ...

अभिभावकलाई पुस्तक सास्ती
२०७३ चैत्र २७ गते २२:५६

अभिभावकलाई पुस्तक सास्ती

काठमाडौं । नयाँ शैक्षिक भर्ना सुरु भएसँगै अभिभावकलाई किताब किन्ने, नानी भर्ना गराउने र विभिन्न थरीका शुल्कको भारले तनाव हुने गरेको छ। यो वर्ष पनि यही क्रमले निरन्तरता पाउँदैछ। बाबुनानी कक्षा चढेकोमा खुसी हुनुपर्ने अभिभावकलाई यति बेला पुस्तक जुटाउने समस्याले पिरलेको छ ।'ऋण नै लिएर नानीहरूको कित ...

निजी छोडेर सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा
२०७३ चैत्र २७ गते ११:४६

निजी छोडेर सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा

विराटनगर । चर्को शुल्क लिने निजी विद्यालय छाडेर अंग्रेजी माध्यमबाट पढाई हुने विराटनगरको सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीको ताँती लागेको छ । विगत चारवर्षदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाउँदै आएको पोखरीया उच्च माविमा आइतबार विद्यालयको क्षमताभन्दा दोब्बर निजी विद्यालयका विद्यार्थ ...

३५४ ‘मास्टर डिग्री’ होल्डर म्यादी प्रहरी
२०७३ चैत्र २७ गते ०२:००

३५४ ‘मास्टर डिग्री’ होल्डर म्यादी प्रहरी

काठमाडौं । म्यादी प्रहरीमा देशभरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका ३ सय ५० भन्दा बढी जनशक्ति छनोट भएका छन् । वैशाख ३१ को स्थानीय तह निर्वाचन सुरक्षाका लागि पाँच क्षेत्रबाट ३ सय ५४ जना स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरीमा छनोट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादीमा स्नातक तह उत्तीर्णको संख ...

निजी विद्यालयको शुल्क वृद्धिमाथि अनुगमन हुँदै
२०७३ चैत्र २६ गते २१:३१

निजी विद्यालयको शुल्क वृद्धिमाथि अनुगमन हुँदै

काठमाडौँ । नयाँ शैक्षिक सत्रका लागि निजी विद्यालयले आफूखुसी शुल्क वृद्धि गरेपछि शिक्षा मन्त्रालयले अनुगमन सुरु गर्ने भएको छ ।संस्थागत विद्यालय सञ्चालन तथा व्यवस्थापन निर्देशिका र शुल्क निर्धारणसम्बन्धी निर्देशिकाको अधिनमा रही विद्यालय भर्ना गर्न र शुल्क लिन मन्त्रालयमातहतका निकायले पटक पटक ध्यानाकर ...

मानविकी संकायका विषय गाभ्दै त्रिवि
२०७३ चैत्र २६ गते ०२:४६

मानविकी संकायका विषय गाभ्दै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संख्या शून्यप्राय हुन थालेपछि मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका केही विषयलाई निश्चित क्याम्पसमा मात्र पठनपाठन गराउने तयारी थालेको छ ।उच्च शिक्षा हासिल गरेका आफ्ना विद्यार्थी अधिक संख्यामा बेरोजगार बनेपछि शैक्षिक गुणस्तर बढाउन सेमेस्टर प्रणाली ...

चुनाव प्रचारमा शिक्षक र बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता
२०७३ चैत्र २५ गते ०१:२५

चुनाव प्रचारमा शिक्षक र बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता

जुम्ला । स्थानीय तहको चुनावको प्रचारप्रसारमा शिक्षक र बालबालिकालाई प्रयोग नगर्ने जुम्लाका राजनैतिक दलहरुले प्रतिबद्धता गरेका छन्। उनीहरुले शिक्षकहरु प्रयोग गर्दा विद्यार्थीको पढाइमा अवरोध सिर्जना हुने र बालबालिका प्रयोग गर्दा वालअधिकारको हनन हुने भएकोले कुनै पनि निर्वाचनको काममा प्रयोग नगर्ने प्रतिव ...

अख्तियारको छानबिनले पढाइ प्रभावित
२०७३ चैत्र २५ गते ०१:१९

अख्तियारको छानबिनले पढाइ प्रभावित

डोटी । पाँचजना सरकारी अनुदान र दुईजना स्थानीय स्रोतबाट गरी सातजना कार्यरत विद्यालयमा हाल एकजना मात्रै शिक्षक रहेका छन्। साविकको गाउँ विकास समितिबाट दिइएको अनुदान रकममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानबिनको क्रममा विद्यालयको पढाइ प्रभावित भएको छ। दिपाय ...

शिक्षिकाले पढाएका विद्यालय गुणस्तरीय
२०७३ चैत्र २५ गते ०१:१५

शिक्षिकाले पढाएका विद्यालय गुणस्तरीय

गुल्मी । महिलाले मात्र अध्यापन र व्यवस्थापन गर्दै आएका सामुदायिक विद्यालय अब्बल बन्दै गएका छन् । बालबालिका उपस्थित हुने दर, सिकाइ उपलब्धि र गुणस्तरमा अगाडि देखिएका हुन् । रुरु गाउँपालिका ५ बम्घाको लक्ष्मी निमावि पछिल्लो पाँच वर्षदेखि महिलाले मात्र चलाउँदै आएका छन् । महिलाले जिम्मेवारी सम्हालेसँगै वि ...

‘निजी स्रोतको भरमा सामुदायिक विद्यालय’
२०७३ चैत्र २५ गते ०१:१२

‘निजी स्रोतको भरमा सामुदायिक विद्यालय’

ओखलढुंगा । यहाँको टारकेराबारीस्थित जालपा माध्यमिक विद्यालय प्रस्तावित (अस्थायी अनुमति प्राप्त) मावि हो । प्रस्तावित भएर चलेकै १५ वर्ष बितिसक्यो । निमावि तह (साविकको कक्षा आठ) को चारवटा दरबन्दी मात्र छन् । तर निमाविकै दरबन्दीको भरमा १५ वर्षदेखि मावि सञ्चालन हुँदै आएको छ । त्यसैगरी पात्लेस्थित पात्ले ...

तेह्र विद्यालय वर्षायामअगावै निर्माण हुने
२०७३ चैत्र २४ गते ००:०४

तेह्र विद्यालय वर्षायामअगावै निर्माण हुने

दोलखा । दोलखाको उत्तरी क्षेत्रका १३ विद्यालय वर्षायाम सुरु हुनुअगावै निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ काम भइरहेको सिविन नेपालले जनाएको छ । नर्वेली दूतावासको सहयोगमा फोरुड टुकी–सिविनको साझेदारीमा उत्तरी क्षेत्रका १३ विद्यालय अहिले निर्माण भइरहेका छन् । भूकम्पले सबैभन्दा बढी क्षति भएको कालि ...

म्याद थपेको थप्यै, विद्यालय भवन बनेन
२०७३ चैत्र २३ गते २३:५८

म्याद थपेको थप्यै, विद्यालय भवन बनेन

ओखलढुंगा । जिल्लाका दुई ठाउँमा सात वर्षअघि ठेक्का लागेका दुई विद्यालय भवन चार पटकसम्म म्याद थपिँदा पनि बनेका छैनन् । भारतीय राजदूतावासको सहयोगमा निर्माण सुरु भएका ती भवन पूरा नहुँदा थप सहयोग आउन समस्या भएको सरोकारवालाले जनाएका छन् ।‘अरू दर्जनौं संरचनाका लागि दूतावासले सहयोग गर्ने अवस्था थियो,& ...