२०७६ कार्त्तिक २ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

अस्तित्वमै नरहेका संस्थालाई सम्बन्धन !
२०७४ जेष्ठ ९ गते २३:५३

अस्तित्वमै नरहेका संस्थालाई सम्बन्धन !

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले अस्तित्वमै नभएका संस्थालाई सम्बन्धन दिएको खुलेको छ । विश्वविद्यालयले आफ्नो उद्देश्यसँग मेल नखाने प्राविधिक विषय सञ्चालन गरिरहेको समाचार आएपछि विश्वविद्यालय अनुदान आयोगले गठन गरेको अध्ययन समितिले यस्तो खुलासा गरेको हो । कलेज खोल्न निजी क्षेत्रका कम्पनी, सहका ...

नमुना विद्यालय बनाउन परियोजना
२०७४ जेष्ठ ९ गते २२:५५

नमुना विद्यालय बनाउन परियोजना

काठमाडौं । शिक्षा विभागले हिमाली भेगमा नमुनाका रूपमा दुई विद्यालयको निर्माण परियोजना सुरु गरेको छ । चीन सरकारको सहयोगमा शिक्षा विभागले सुरु गरेको सुविधायुक्त नमुना विद्यालय परियोजनाको लागत १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ छ ।लमजुङको हिमाली क्षेत्र भैरव माविमा ४ सय १६ विद्यार्थी क्षमताको ७ करोड ५० लाख ...

अझै ६ लाख पाठ्यपुस्तक अभाव
२०७४ जेष्ठ ९ गते २२:०२

अझै ६ लाख पाठ्यपुस्तक अभाव

काठमाडौं । शैक्षिक सत्र सुरु भएको डेढ महिना हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैँले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक बजारमा अभाव छ ।जनक शिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्त ...

३६ वर्ष प्रधानाध्यापक भएपछि मेयर
२०७४ जेष्ठ ८ गते २३:०२

३६ वर्ष प्रधानाध्यापक भएपछि मेयर

  काठमाडौं । राजधानी काठमाडौं छिर्ने एक प्रमुख नाका थानकोटको दुरावस्था जगजाहेर छ। मुङ्गलिन हुँदै थानकोट आइपुग्न जति समय लाग्छ, त्यति नै समय थानकोटबाट कलंकी आइपुग्न लाग्छ। बाटोको हालत कुनै दुर्गम जिल्लाको कच्ची सडकभन्दा कम छैन। धुलोधुँवा कति उड्छ त्यसको त लेखाजोखै छैन। घनश्याम गिरीलाई यस्तो सडक ...

साझाको शाखा भारतको सिलगुढीमा पुनः सञ्चालन हुने
२०७४ जेष्ठ ८ गते २२:०५

साझाको शाखा भारतको सिलगुढीमा पुनः सञ्चालन हुने

  काठमाडौं । साझा प्रकाशनले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने भएको छ । आन्तरिक अव्यवस्थापनका कारण केही वर्षयता बन्द रहेको त्यहाँको शाखा खोल्न आवश्यक पूर्वाधार पूरा भएकाले शाखा सञ्चालन गर्न लागिएको प्रकाशनले जनाएको छ । भारतको विभिन्न क्षेत्रबाट काठमाडौँमा साहित्यिक सम्मेलनका लागि आएका नेप ...

विद्यार्थी यार्सा टिप्न गएपछि शिक्षक म्यादी प्रहरी...
२०७४ जेष्ठ ८ गते ११:०५

विद्यार्थी यार्सा टिप्न गएपछि शिक्षक म्यादी प्रहरी...

बझाङ । शैक्षिक शत्रको सुरु भएलगत्तै विद्यार्थी यार्सागुम्बा टिप्न जाँदा विद्यालय बन्द भएपछि शिक्षक म्यादी प्रहरीमा भर्ना भएका छन्। विद्यार्थीहरु यार्सा टिप्न जाने बझाडका सुर्मा, दौलीचौर, काँडा, रिलु, दाँतोला, मेलबिसौना, धमेना सुनिकोट, सैनपसेला, दहगगर क्षेत्रका अधिकांश विद्यालय तीन (वैशाख, जेठ, असार) ...

शिक्षामा विदेशी विकास साझेदार
२०७४ जेष्ठ ७ गते २२:३०

शिक्षामा विदेशी विकास साझेदार

काठमाडौं । सरकारले बजेटको सबैभन्दा धेरै हिस्सा शिक्षा क्षेत्रमा छुट्याउँदै आएको छ । २ वर्षअघि गएको भूकम्पदेखि भने पुनर्निर्माणमा आकस्मिक बजेट दिनुपर्ने बाध्यताका कारण त्यसपछि शिक्षा क्षेत्रमा छुट्याउने बजेट राशि दोस्रो प्राथमितामा परेको छ । सरकारले मात्र होइन, विदेशी विकास राझेदारले समेत सामाजिक क् ...

विद्यालयमा नर्स अब अनिवार्य, जंक फुड पूर्णरुपमा निषेध
२०७४ जेष्ठ ७ गते १०:२५

विद्यालयमा नर्स अब अनिवार्य, जंक फुड पूर्णरुपमा निषेध

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ । घरबाहेक बालबालिकाहरु बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति ल्याउन लागिएको हो ।स्वास्थ्य ...

शिक्षित र सक्षम बन्दै सन्थाल समुदाय
२०७४ जेष्ठ ७ गते १०:२२

शिक्षित र सक्षम बन्दै सन्थाल समुदाय

झापा । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ । सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको जाति मानिन्छ यो समुदायलाई । संस्कार संस्कृति, वेशभूषा, साहित्य, भाषालिपिले गर्दा सांस्कृतिक रूपमा पनि यो ...

पोखरा विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन
२०७४ जेष्ठ ७ गते १०:१८

पोखरा विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन

काठमाडौँ । पोखरा विश्वविद्यालयले स्नातकोत्तर तहको ‘स्वास्थ्य सेवा व्यवस्थापन’ विषयको पाठ्यक्रम परिमार्जन गरेको छ। आज काठमाडौँमा विश्वविद्यालय र नेसनल ओपन कलेजको संयुक्त आयोजनामा भएको कार्यशाला गोष्ठीमा पाठ्यक्रम परिमार्जन गरेको हो ।विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर् ...

स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरी
२०७४ बैशाख २७ गते ०७:५२

स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरी

  खोटाङ । खोटाङकी निरकला भुजेल अंग्रेजीमा स्नातकोत्तर उत्तीर्ण हुन् । धनकुटा बहुमुखी क्याम्पसबाट यसै वर्ष पास गरेर रोजगारी खोजी क्रममा यतिबेला उनी म्यादी प्रहरी बनेकी छन् । नीलो पोसाकमा सजिएकी उनी हातमा लाठी बोकेर सदरमुकामस्थित बसपार्कमा आफूजस्तै साथीका साथ ड्युटीमा भेटिइन् ।त्यसो त भुजेल मात्र ...

मुसहर बालबालिका पढ्ने विद्यालयमा बालमैत्री वातावरण
२०७४ बैशाख २७ गते ०१:२०

मुसहर बालबालिका पढ्ने विद्यालयमा बालमैत्री वातावरण

बर्दिबास । जनता माध्यमिक विद्यालय बर्दिबासले स्कुल नजिकै रहेको धुर्मुस(सुन्तली फाउण्डेसनद्वारा निर्मित ‘एकीकृत नमुना मुसहर बस्ती’ का मुसहर बालबालिकालाई लक्षित गरेर ‘बालमैत्री वातावरण निर्माण परियोजना’ सुरु गरेको छ। धुर्मुस(सुन्तली फाउण्डेसनको प्राविधिक सहयोगमा बालमैत्री शिक्ष ...

गुणस्तर बढाउँदै स्याङ्जाका सामुदायिक विद्यालय
२०७४ बैशाख २४ गते २२:१३

गुणस्तर बढाउँदै स्याङ्जाका सामुदायिक विद्यालय

स्याङ्जा । शैक्षिक सत्र ०७४/०७५ को भर्ना अभियान सुरु भएलगत्तै स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका– १ स्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयले विद्यालय प्रवेश गर्ने विद्यार्थीसँग प्रवेश परीक्षा लिएको छ । विद्यालयमा विद्यार्थीको संख्यात्मक वृद्धिको तुलनामा गुणस्तर बढाउन नयाँ विद्यार्थी भर्नामा ...

कुटोदेखि कम्प्युटरसम्म पढाउने स्कुल
२०७४ बैशाख २४ गते २२:१०

कुटोदेखि कम्प्युटरसम्म पढाउने स्कुल

खोटाङ । सामान्यतयाः स्कुल भनेपछि बिहान–बेलुका घरको काम गरेर दिउँसो पढ्ने भनेर बुझिन्छ । नेपालको शिक्षा नीति यसैको परिधिभित्र रहेको छ । त्यसैले त धेरैले भन्ने गर्छन्, ‘नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना हो ।’ खोटाङमा भने एउटा यस्तो स्कुल स्थापना भएको छ, जहाँ बाह्रखर ...

विद्यालयमा शिक्षकको मनपरी
२०७४ बैशाख २४ गते २१:४७

विद्यालयमा शिक्षकको मनपरी

 ओखलढुंगा । मोलुङ गाउँपालिका १ स्थित जलकन्या आधारभूत विद्यालयमा कक्षा समयमा पुग्दा गेटमै ताला लागेको थियो । जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं नेतृत्वको अनुगमन टोलीले कक्षाकोठामा शिक्षक र विद्यार्थी नभई मोटरसाइकल पार्किङ गरेका भेटेका थिए ।सोही दिन साविक श्रीचौर २ स्थित जंग आधारभूत विद्यालय ...

सहयोगीका भरमा संस्कृत शिक्षा
२०७४ बैशाख २४ गते २१:४४

सहयोगीका भरमा संस्कृत शिक्षा

उदयपुर । उदयपुर लालपत्ताका कालीदास पौडेलका बुबा गाउँका पुरोहित हुन् । कालीदासलाई पनि पुरोहित बनाउन बुबाले बिर्तामोड २ चारेपानेस्थित विवेकाश्रम तथा साङवेद संस्कृत मावि भर्ना गरिदिएका छन् । उनी अहिले कक्षा ८ मा पढदैछन् ।संस्कृत पढेर पुरोहित बन्ने मनसाय उदयपुरकै दिवस भट्टराईले सुनाए । उनी उक्त विद्यालय ...

प्रधानाध्यपकको जागिर छाडेर वडा अध्यक्षमा उम्मेदवारी
२०७४ बैशाख २३ गते २२:२६

प्रधानाध्यपकको जागिर छाडेर वडा अध्यक्षमा उम्मेदवारी

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–२, स्थित अर्चलबोटमा रहेको लक्ष्मीनारायण माविका प्रधानाध्यापक भरत पौडेलले शिक्षण पेसाबाट राजीनामा दिई वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । यहीँ वैशाख ११ गतेबाट लागु हुनेगरी शिक्षण पेसाबाट राजीनामा दिएका हुन् । आसन्न स्थानीय तहको चुनावमा उनले दोर्दी गाउँ ...

शून्य दरबन्दीमा कालिकोटका ९९ सरकारी विद्यालय
२०७४ बैशाख २३ गते २२:२२

शून्य दरबन्दीमा कालिकोटका ९९ सरकारी विद्यालय

काठमाडौं । कालिकोटमा ९९ सरकारी विद्यालय शिक्षक दरबन्दीविनै सञ्चालन भइरहेका छन् । विद्यार्थी संख्या र नतिजा राम्रो भए पनि सरकारबाट कुनै शिक्षक कोटा प्राप्त नहुँदा सञ्चालनमै कठिनाइ भएको छ ।केन्द्रबाट धेरैपटक शिक्षक दरबन्दी दिने आश्वासन पाए पनि कालिकोटका ९९ विद्यालयले वर्षौँसम्म शिक्षकको राहत कोट ...

कक्षा ११ को परीक्षा अन्योलमा
२०७४ बैशाख २३ गते २२:१८

कक्षा ११ को परीक्षा अन्योलमा

काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण एकपटक सरिसकेको कक्षा ११ को परीक्षा तोकिएकै समयमा गर्ने वा नगर्ने भन्नेमा अन्योल बढेको छ । स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भएपछि १ असारदेखि हुने भनिएको कक्षा ११ को परीक्षा अन्योलमा परेको हो । प्रदेश नम्बर ३, ४ र ६ मा ३१ वैशाख र प्रदेश नम्बर १, २, ५ र ७ मा ...

प्रार्थनामै समाचार
२०७४ बैशाख २३ गते ०७:१८

प्रार्थनामै समाचार

प्युठान । माण्डवी मावि नयाँगाउँमा प्रतिभाको खोजी कार्यक्रमअन्तर्गत विद्यार्थीले दैनिक समाचार बाचन गर्ने गरेका छन् । देशमा दिनहँु भएका घटनाक्रम रेडियोमार्फत सुनेर विद्यार्थीले पनि बिहानको प्रार्थनामा सबैलाई सुनाउने गरेका हुन् ।समाचार पढदा विद्यालय परिवार मुलुकका घटनासँग ‘अपडेट’ सहित र विद ...

विद्यालयमा २ दिन मात्र विदा दिने तयारी
२०७४ बैशाख २२ गते १३:१४

विद्यालयमा २ दिन मात्र विदा दिने तयारी

काठमाडौं । निर्वाचन आयोगले स्थानिय तह निर्वाचनका लागि ५ दिन विद्यालय बन्द गर्न आग्रह गरे पनि सरकारले २ दिन मात्र विदा दिने तयारी गरेको छ । मतदान केन्द्र परेको र मतदाता परिचय पत्र वितरण गर्नुपर्ने भएकाले वैशाख २५ देखि विदा दिन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको थियो ।  २७ देखि ३१ गते सम्म विद ...

२५ देखि ३१ सम्म विद्यालय बन्द
२०७४ बैशाख २२ गते ००:५३

२५ देखि ३१ सम्म विद्यालय बन्द

काठमाडौं । सरकारले निर्वाचन आयोगको अनुरोधमा एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पहिलो चरणमा निर्वाचन हुने प्रदेश ३, ४ र ६ मा पर्ने सबै सरकारी तथा निजी विद्यालयलाई वैशाख २५ देखि ३१ गतसम्म बन्द हुने सरकारले जनाएको छ। यसअघि सरोकारवालाले पठनपाठन कम प्रभावित हुनेगरी निर्वाचन सम्पन्न गर्ने व्यवस्थ ...

भक्तपुरका उम्मेदवारमा शिक्षकको बाहुल्य
२०७४ बैशाख २२ गते ००:५०

भक्तपुरका उम्मेदवारमा शिक्षकको बाहुल्य

भक्तपुर । भक्तपुर नगरपालिकाका उपमेयरका उम्मेदवार रजनी जोशी ख्वप इन्जिनियरिंग कलेज लिवाली भक्तपुरकी उपप्राचार्य हुन्। इन्जिनियरिंग अध्यापनमा लामो समयदेखि कार्यरत आर्किटेक्ट उनले उपप्राचार्यबाट राजीनामा दिई नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका उपमेयरका लागि उम्मेदवारी दिइन्।मध्यपुर थिमि नगरप ...

अपांग बहिनी बोकेर विद्यालय
२०७४ बैशाख २२ गते ००:४७

अपांग बहिनी बोकेर विद्यालय

प्यूठान । प्यूठान नगरपालिका ५, जुम्रिकाँडा पूर्णगाउँका १२ वर्षीय सुनील खत्री ७ वर्षीया अपांग बहिनी मीनालाई बोकेर दैनिक विद्यालय आउजाउ गर्छन् । ६ महिनाको हुँदा मीनाका दुवै खुट्टा आगोले पोलेपछि अपांग बनेकी थिइन् ।विद्यालय पुग्न उकालो बाटोका कारण घस्रेर हिंड्नसमेत नसकेपछि बहिनीलाई बोकेर विद्यालय पुर्&z ...

विद्यालय बन्द गरेर प्रचारमा शिक्षक
२०७४ बैशाख २१ गते ००:१५

विद्यालय बन्द गरेर प्रचारमा शिक्षक

जाजरकोट । शैक्षिक सत्र सुरु भएको तीन साता बितिसक्दा पनि जाजरकोटका अधिकांश विद्यालयमा पठनपाठन सुरु भएको छैन । शिक्षकहरू विद्यालय नगएका कारण पठनपाठन सुरु हुन नसकेको हो । परीक्षा सकेर घरविदामा गएका जिल्लाबाहिरका शिक्षकहरू अहिलेसम्म विद्यालय फर्किएका छैनन् भने जिल्लाभित्रकै शिक्षक पनि चुनावको बहान ...

दलको प्राथमिकता : प्राविधिक, निःशुल्क र अनिवार्य शिक्षा
२०७४ बैशाख २० गते २३:५३

दलको प्राथमिकता : प्राविधिक, निःशुल्क र अनिवार्य शिक्षा

काठमाडौं । दलहरूले स्थानीय तह निर्वाचन घोषणापत्रमा प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिएका छन्। संविधानले व्यवस्था गरेअनुसार आधारभूत तह अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहबाट कार्यान्वयन गराउने प्रतिबद्धता दलहरूको छ।घोषणापत्रमा शिक्षासम्बन्धी व्यवस्था  विद्यार्थी ...

 रजश्वला हुँदा किताब पनि छुँदैनन् छात्रा
२०७४ बैशाख १९ गते २३:०४

रजश्वला हुँदा किताब पनि छुँदैनन् छात्रा

काठमाडौँ   | छात्राहरू बेहोस हुन थालेपछि जुम्लाका केही अभिभावकले डाक्टरलाई निषेध गरेर धामीझाँक्रीबाट उपचार खोजेका छन् । जिल्लाका विभिन्न विद्यालयमा छात्राहरूमा टाउको दुख्ने, शरीर काम्ने र बेहोस हुने समस्या बढेपछि विज्ञ डाक्टरबाट उपचार गर्नुको साटो अभिभावकले धामी भेला गराएका हुन् ।तातोपानीस ...

बौद्ध विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा
२०७४ बैशाख १८ गते २३:५६

बौद्ध विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा

नवलपरासी  । यहाँको दाउन्ने डाँडामा रहेको एक मात्र बौद्ध धार्मिक विद्यालय (विद्यापीठ) आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा सञ्चालित अहिंसावादी महाबौद्ध अनाथ आधारभूत विद्यापीठ अहिले आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको ह ...

झापाका २८ विद्यालयमा प्रयोगशाला
२०७४ बैशाख १८ गते २३:४३

झापाका २८ विद्यालयमा प्रयोगशाला

 झापा । झापाका २८ वटा सामुदायिक विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी प्रयोगशाला निर्माण गरिने भएको छ । शिक्षा मन्त्रालयले प्रयोगशाला निर्माणका लागि रु ४२ लाख प्रदान गरेसँगै झापाका २८ वटा सामुदायिक विद्यालयमा प्रयोगशाला निर्माण गर्न लागेको जिल्ला शिक्षा कार्यालय झापाका सूचना अधिकारी युवराज पाण्ड ...

निजी विद्यालयमा मनपरी शुल्क, सिलिङ एकातिर बिलिङ अर्कोतिर
२०७४ बैशाख १८ गते २३:३५

निजी विद्यालयमा मनपरी शुल्क, सिलिङ एकातिर बिलिङ अर्कोतिर

काठमाडौं । सरकारले शुल्कको सिलिङ तोके पनि निजी विद्यालयले अभिभावकलाई भने आफूखुसी रकमको बिल थमाउने गरेका छन्। यसबाट अभिभावक ब्रह्मलुटको सिकार बनेका छन् ।ललितपुरका जिल्ला शिक्षा अधिकारी दलनाथ पुरीका अनुसार प्राथमिक तहको शुल्क ‘ग’  वर्गका लागि १८ सय तोकेको छ । त्यस्तै निम्नमाध्यमिक तह ...

नीतिको भारी
२०७४ बैशाख १८ गते २३:२०

नीतिको भारी

काठमाडौं ।  आठ वर्षदेखि विभिन्न गाँठोमा अल्झेको शिक्षा ऐन २०२८ को आठौं संशोधनसँगै मुलुकको विद्यालय शिक्षाका सवालमा देखिएका धेरै समस्या समाधानको बाटोतिर लागेको छ।अस्थायी शिक्षकका समस्या, संरचनागत सुधारमा देखिएका अस्पष्टतालगायत नीतिगत र व्यावहारिक समस्याका कारण लिकबाहिर गएको विद्यालय शिक्षालाई लि ...

सरकारी स्कुल असुल्छन् अवैध शुल्क
२०७४ बैशाख १८ गते ०१:४६

सरकारी स्कुल असुल्छन् अवैध शुल्क

काठमाडौं  ।  रामेछापकी पविता श्रेष्ठ आफ्नो सन्तानलाई राम्रो शिक्षा दिलाउन परिवारसहित काठमाडौं आइन्। कक्षा चार पास छोरालाई सहरी क्षेत्रको राम्रो स्कुल पढाउन पाइएला भन्ने सोचेर उनी काठमाडौं आएकी हुन्। उनी छोरालाई कक्षा पाँचमा भर्ना गराउन बाफलको ज्ञानोदय मावि पुगिन् तर भर्ना नगराई फर्किन्। फ ...

बौद्ध शिक्षा र देवदह परिचय पाठ्यक्रम स्वीकृत
२०७४ बैशाख १६ गते २१:४३

बौद्ध शिक्षा र देवदह परिचय पाठ्यक्रम स्वीकृत

बुटवल । जिल्ला शिक्षा कार्यालय, स्थानीय पाठ्यक्रम निर्धारण समन्वय समितिले देवदह नगरपालिकाको नगर परिषद्बाट निर्णय भएबमोजिम बनेको स्थानीय पाठ्यक्रम निर्माण समितिले बनाएको पाठ्यक्रमलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठ ...

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च
२०७४ बैशाख १६ गते २१:३६

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च

सोलुखुम्बु । काँकु सोलुखुम्बुका– १२ वर्षीय पेमनुरु शेर्पाले आज सदरमुकामस्थित साप्ताहिक हाटमा ५० मुठा निउरो बेचे । प्रतिमुठा २० रुपैयाँका दरले एक हजार रुपैयाँ कमाएका उनले बजार आउदा खाजा/खाना खाएर बचेको ६ सय रुपैयाँले कापी/कलम किनेर लैजाने बताए ।कक्षा ५ मा पढ्दै गरेका पेमनुरुले यसवर्ष नियमित निउ ...

विद्यालयमा बजेट
२०७४ बैशाख १६ गते २१:२९

विद्यालयमा बजेट

तनहुँ । भूकम्पले पूर्ण र आंशिक क्षति पुगेका यहाँका विद्यालयका भवन निर्माणको काम सुरु भएको छ । अघिल्लो आर्थिक वर्ष, चालु र आगामी वर्षसमेत पुनर्निर्माणकै काम गर्ने गरी बजेट व्यवस्थापन भएपछि काम तीव्र गतिमा अघि बढेको हो । ३ वर्षका लागि अन्य नियमित निर्माणका योजना स्थगन गरी पुनर्निर्माण, अस्थायी बसोबास ...

छात्रामा काम्ने समस्या देखिएपछि विद्यालयमै धामीको भेला..
२०७४ बैशाख १६ गते २१:१६

छात्रामा काम्ने समस्या देखिएपछि विद्यालयमै धामीको भेला..

जुम्ला । विद्यालयमा पढ्दा-पढ्दै छात्रा काम्न थालेपछि उपचारका लागि विद्यालयमै धामी बोलाइएको छ। जुम्लाको तातोपानी गाउँपालिका-२ हिमशिखर माविमा अध्ययनरत छात्रा काम्न थालेपछि स्थानीयले उपचार गर्न धामी गुहारेका हुन् । कक्षा ६ देखि १० सम्मका किशोरीहरु निरन्तर एक महिनादेखि काम्न थालेका छन्।गत चैत्र १३ गतदेख ...

बढी शुल्क फिर्तामा निजी विद्यालय अटेरी
२०७४ बैशाख १६ गते ०२:०१

बढी शुल्क फिर्तामा निजी विद्यालय अटेरी

काठमाडौँ । शुल्कका सम्बन्धमा सरकारी नीति र मापदण्ड उलङ्घन गर्दै आएका निजी विद्यालय सञ्चालकले शिक्षा मन्त्रालय र विद्यार्थी सङ्गठनबीच भएको सहमति कार्यान्वयनमा पनि अटेर गर्ने देखिएको छ । निजी विद्यालयमा मापदण्ड विपरीत बढाइएको शुल्क १५ दिनभित्र फिर्ता दिलाउनेसहित चारबुँदे सहमतिमा मन्त्रालय र विद्य ...

भर्नाका बेला विद्यालय बन्द
२०७४ बैशाख १६ गते ०१:३५

भर्नाका बेला विद्यालय बन्द

बझाङ । सरकारले कुनै पनि पढ्ने उमेरका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर देशव्यापी भर्ना अभियान चलाइरहेकै बेला यहाँका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द गरिएको छ । विद्यालय पढ्ने सबै विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि असार मसान्तसम्मका लागि पठनपाठन बन्द गरिएको हो ।जिल्लाको ...

१२ कक्षाका विद्यार्थीलाई प्रश्न- एमाले वा कांग्रेसको भूमिकाबारे चर्चा गर्नुस्
२०७४ बैशाख १५ गते २३:१२

१२ कक्षाका विद्यार्थीलाई प्रश्न- एमाले वा कांग्रेसको भूमिकाबारे चर्चा गर्नुस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ‘पोल्टिकल साइन्स’ बिषयको प्रश्नपत्रमा दल बिशेष प्रश्न बनाएका छन् । प्रश्न नम्बर ६ मा सोधिएको छ, ‘नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस्, अथवा नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् ।’यो प्रश्नमा कुन बिषयमा यी दलहरुको भ ...

प्याब्सन र एनप्याब्सन कार्यालयमा ताला
२०७४ बैशाख १५ गते ००:३६

प्याब्सन र एनप्याब्सन कार्यालयमा ताला

काठमाडौं । अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले आज देशभरका निजी तथा आवासीय विद्यालय सङ्गठन ९प्याब्सन० र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन ९एनप्याब्सन०को कार्यालयमा तालाबन्दी गरेका छन्।मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु९क्रान्तिकारी०लग ...

चाप बढेपछि प्रवेश परीक्षा
२०७४ बैशाख १५ गते ००:३३

चाप बढेपछि प्रवेश परीक्षा

कास्की । निजी विद्यालयप्रतिको मोह यति बढेको थियो कि नजिकैको सरकारीमा कसैले पनि छोराछोरीलाई पढाउँदैनथे । फाट्टफुट्ट विद्यार्थी त्यही पनि निजीले भर्ना गर्न नमानेका र आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरी मात्रै । यतिबेला पोखरा–३३ भरतपोखरीको सरस्वती टीका माविको अवस्था भने फेरिएको छ । शैक्षिक ...

शिक्षक–अभिभावक एकताले ‘विद्यालय सुधार’
२०७४ बैशाख १५ गते ००:२९

शिक्षक–अभिभावक एकताले ‘विद्यालय सुधार’

  चितवन । इच्छा कामना गाउँपालिका २ स्थित काउलेको राष्ट्रिय निमाविका प्रधानाध्यापक पदमबहादुर चेपाङ विद्यार्थी नियमित नहुँदा चिन्तित थिए । भर्ना संख्याअनुसार कहिल्यै विद्यार्थी उपस्थित भएनन् । छात्रवृत्ति बाँड्ने र भर्ना हुने बेला विद्यार्थी आए पनि अघिपछि कक्षाकोठा खाली हुन्थे । गाउँमा पूजा, विवा ...

नि:शुल्क मन्टेसोरी
२०७४ बैशाख १५ गते ००:२७

नि:शुल्क मन्टेसोरी

मोरङ । महँगो शुल्क तिरेर निजी क्षेत्रका मन्टेसोरी स्कुलमा आफ्ना बालबालिका राख्न नसक्ने अभिभावकका लागि खुसीको खबर छ । अब शुल्क नै नतिरी मन्टेसोरी स्कुलमा बालबालिका पढाउने हो भने यस क्षेत्रकै सबैभन्दा पुरानो सरकारी स्कुल आदर्श माविमा गए हुन्छ । तपाईं त्यहाँ पुग्नुभयो भने बाहिरपट्टि चौरको रोटेपिङमा बाल ...

गयल हुन छाडे छात्रा
२०७४ बैशाख १५ गते ००:२४

गयल हुन छाडे छात्रा

पर्सा । महिनावारीको समयमा ‘सेनिटरी प्याड’ को प्रयोग गर्न प्रोत्साहित गरेपछि जिल्लाका ग्रामीण भेगका दर्जन सामुदायिक विद्यालयका छात्राहरूको विद्यालयको आगमन नियमित हुन थालेको छ । बालिका शिक्षाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था आसमान नेपालले चार वर्षयता जिल्लामा सञ्चालन गरेको ‘बहिनी ...

५ वर्षमा विद्यार्थी १२ बाट ४०२
२०७४ बैशाख १५ गते ००:२२

५ वर्षमा विद्यार्थी १२ बाट ४०२

पाल्पा । भुसालडाँडा आधारभूत विद्यालयको आफ्नै गतिलो भवन थिएन । यहाँ राम्रो पढाइ हुँदैनथ्यो भन्ने अभिभावकमा सोच थियो । सुकुम्बासी बस्ती, श्रमिकका छोराछोरीका साथै विपन्न समुदायका बालबालिका यहाँ पढ्छन् भन्ने हुन्थ्यो । २०६८ मा यहाँ १२ विद्यार्थी थिए । विद्यार्थी नै नभएपछि शिक्षा कार्यालयले विद्याल ...

अझै पुस्तक पुगेन
२०७४ बैशाख १४ गते १०:५६

अझै पुस्तक पुगेन

नेपालगञ्ज । मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लामा ५ लाख थान पाठ्यपुस्तकको अभाव देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रको क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार यो क्षेत्रमा आवश्यक पर्ने २६ लाख थान पाठ्यपुस्तकमध्ये करिब २१ लाख थान पाठ्यपुस्तक विभिन्न जिल्लामा पुगिसकेको छ । जनक शिक्षाले समयमै नछाप्दा, ...

शिक्षकले तलब पाएनन्
२०७४ बैशाख १४ गते १०:४९

शिक्षकले तलब पाएनन्

  लमजुङ । सर्वोच्च अदालतको फैसलाअनुसार पुनर्बहाली भएका शिक्षकले शिक्षा कार्यालयबाट तलब नपाएको गुनासो गरेका छन् । शिक्षण अनुमतिपत्र नभएको भन्दै मन्त्रालयले सेवाबाट बर्खास्त गरिएका शिक्षक अदालतको आदेशअनुसार पुनर्बहाली भए पनि तलब नपाएको गुनासो गरेका हुन् । जिल्ला शिक्षा कार्यालयले २०७२ भदौ २० ...

सामुदायिकमा पनि निजी विद्यालयमा जस्तै शुल्क
२०७४ बैशाख १४ गते ०६:३६

सामुदायिकमा पनि निजी विद्यालयमा जस्तै शुल्क

डोटी । यहाँका सामुदायिक विद्यालयहरूले नियमविपरीत विद्यार्थीबाट शुल्क उठाउने गरेका छन् । अधिकांश विद्यालयले विभिन्न बहानामा शुल्क लिने गरेको पाइएको हो । भर्ना हुन आउनेबाट परीक्षा, खेलकुद सामग्री, अतिरिक्त क्रियाकलाप र सहयोगजस्ता शीर्षक लेखेर शुल्क उठाउने गरिएको छ । दिपायलमा रहेको दिल्पेश्वर मावि, रा ...

निजी विद्यालयमा चर्को शुल्क वृद्धि
२०७४ बैशाख १४ गते ०६:१९

निजी विद्यालयमा चर्को शुल्क वृद्धि

पाल्पा । निजी विद्यालयले शिक्षा कार्यालयकै मिलेमतोमा आफूखुसी शुल्क उठाउन थालेका छन् । एकपटक निर्धारण गरिएको शुल्क तीन वर्षसम्म बढाउन नपाउने अदालतको आदेशसमेतलाई अटेर गर्दै यहाँ प्रत्येक वर्ष बढाउन शिक्षाले नै स्वीकृति दिएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०, निजी विद्यालयका प्रिन् ...

प्रश्नपत्र अभाव भएपछि परीक्षा नियन्त्रक अर्याल हटाइए
२०७४ बैशाख १३ गते ०८:४१

प्रश्नपत्र अभाव भएपछि परीक्षा नियन्त्रक अर्याल हटाइए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्याललाई जिम्मेवारीबाट मुक्त गरेको छ । कक्षा १२ को परीक्षा दिने विद्यार्थीको एकीन तथ्याङ्कबिनै प्रश्नपत्र छपाई गरेर परीक्षा केन्द्रमा पठाउँदा प्रश्नपत्र अभाव भएको ठहर गर्दै बोर्डको बुधबार बसेको बैठकले उनलाई नियन्त्रकबाट हटाइएको हो । विद ...