२०७६ चैत्र २० गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

अख्तियारद्वारा विद्यालयका प्रअ र अध्यक्ष पक्राउ
२०७६ फागुन १५ गते २२:२१

अख्तियारद्वारा विद्यालयका प्रअ र अध्यक्ष पक्राउ

दैलेख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ। दैलेखको नौमुले गाउँपालिकाको मुकाम नौमुले बजारमा रहेको भैरव माध्यमिक विद्यालयका प्रअ नगेन्द्रबहादुर सिंह र अध्यक्ष गगनबहादुर बस्नेतलाई बिह ...

जेनतेन चल्दै सामुदायिक विद्यालय
२०७६ फागुन १५ गते २२:०३

जेनतेन चल्दै सामुदायिक विद्यालय

ओखलढुंगा । सानोजुरे आधारभूत विद्यालय मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्छ । कक्षा ३ सम्म पढाइ हुने यहाँ जम्मा चार विद्यार्थी छन् । सोमबार साढे १० बजे विद्यालय पुग्दा कार्यालय सहयोगी सुशीला राई भर्खरै कार्यालय खोल्दै थिइन् । विद्यार्थी आइसकेका थिएनन् । ‘खै त विद्यार्थी ?’ भन्ने प्रश्नम ...

दुई महिनापछि खुले विद्यालय
२०७६ फागुन १४ गते १०:१६

दुई महिनापछि खुले विद्यालय

जोमसोम । मुस्ताङका विद्यालय २ महिनापछि खुलेका छन्। अत्यधिक हिमपात र जाडोले बन्द भएका स्कुलमा फागुन १ देखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ।मुस्ताङको तल्लो क्षेत्रका ३ स्थानीय तहका स्कुल बर्सेनि हिउँदमा २ महिना बन्द हुन्छन् तर उपल्लो मुस्ताङको २ स्थानीय तहका भने मंसिर महिनामा चालु शैक्षिकसत्र ...

'स्‍नातकपछि छोराछोरी पढाउन खर्च गर्दिनँ'
२०७६ फागुन १४ गते १०:१३

'स्‍नातकपछि छोराछोरी पढाउन खर्च गर्दिनँ'

रोल्पा। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)ले आफ्ना एक छोरा र एक छोरीलाई स्नातक तहपछि खर्च दिएर नपढाउने घोषणा गरेका छन् । मन्त्री पुनले स्नातकपछि आफ्ना छोराछोरीलाई काममा लाग्न र कामबाट आएको आम्दानीले पढ्न भनिसकेको बताए । ‘मेरा एक छोरा र छोरीलाई बीएसम्म पढाउँछु’, रोल्पाको ...

यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकको बयान सकियो
२०७६ फागुन १३ गते २२:४२

यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकको बयान सकियो

काठमाडौँ  । छात्राहरुलाई यौन दुर्व्यवहारको आरोप लागेका ललितपुर चांगाथलीस्थित नारायण आधारभूत विद्यालयका शिक्षक नन्दप्रसाद निरौलाको सोमबार बयान सकिएको छ ।उनलाई फागुन ७ मा जिल्ला अदालत ललितपुरले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएपछि पाँच दिनको म्याद लिएर बयान लिइएको थियो।अनुसन्धानमा प्रभाव पार्ने भन ...

बुटवल उपमहानगरले कक्षा ८ सम्म ल्यापटपमा पढाउने
२०७६ फागुन १३ गते २२:३३

बुटवल उपमहानगरले कक्षा ८ सम्म ल्यापटपमा पढाउने

बुटवल । प्रारम्भिक बालविकास केन्द्रलाई मन्टेसोरी मोडलमा सञ्चालन गर्ने गरी बुटवल उपमहानगरले पाँचवर्षे शैक्षिक योजना सार्वजनिक गरेको छ । बालबालिकालाई खेल्दै सिक्दै शैक्षिक अभ्यासमा लाग्ने बानी पार्न भन्दै नगरभित्रका सबै विद्यालयका बालविकास केन्द्रलाई मन्टेसोरी मोडलमा लैजान लागेको हो ।उपमहानगरले क ...

प्रअले नै बुझाए महिनौदेखि विद्यालय नआएका शिक्षकको नक्कली निवेदन
२०७६ फागुन १३ गते १५:०८

प्रअले नै बुझाए महिनौदेखि विद्यालय नआएका शिक्षकको नक्कली निवेदन

सिरहा । सिरहाको मिर्चैया ३ स्थित रहेको आधारभूत विद्यालय राघोपुरमा शिक्षकको लापरवाहीका कारण विद्यार्थीले पठनपाठन छोड्न थालेका छन् । कक्षा ८ सम्म संचालन रहेको सो विद्यालयका प्रअ देवेन्द्र यादवलगायत शिक्षकले नियमिति कक्षा सञ्चालन नगर्दा विद्यार्थीहरु विद्यालय आउँन छाडेका छन् ।एक सय ८६ विद्यार्थीको नाम ...

अभाव टार्न स्वयंमसेवक शिक्षक खटाइँदै
२०७६ फागुन १३ गते १४:५४

अभाव टार्न स्वयंमसेवक शिक्षक खटाइँदै

काठमाडौं । सरकारी स्कुलमा रहेका शिक्षक अभाव टार्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वयमसेवक शिक्षक नियुक्त गर्न लागेको छ। आगामी शैक्षिक सत्रदेखि एक वर्षका लागि करारमा स्वयमसेवक शिक्षक नियुक्त गर्ने मन्त्रालयका सहसचिव कृष्ण काप्रीले जानकारी दिए।मन्त्रालयले यस्ता शिक्षकलाई स्वयमसेवक भनेको ...

पहिलेका विद्यार्थी अहिले सहकर्मी
२०७६ फागुन १३ गते १४:४४

पहिलेका विद्यार्थी अहिले सहकर्मी

रुकुम पश्‍चिम  । पृथ्वीबहादुर नाथले बलबहादुर नाथ र उनको ब्याचलाई पढाए । पछि पृथ्वीबहादुर र बलबहादुर एउटै विद्यालयका सहकर्मी बने । केही समयअघि अनिवार्य अवकाशमा गएका पृथ्वीबहादुर र अहिलेसम्म पनि पठनपाठन गराइरहेका बलबहादुर लामो समय एउटै विद्यालयमा सहकर्मी थिए ।बलबहादुर नाथले गोकर्ण केसी र उनको ब्या ...

विद्यालयमा खुलमखुला राजनीति
२०७६ फागुन १३ गते १४:४१

विद्यालयमा खुलमखुला राजनीति

काठमाडौं । विद्यालय केन्द्रित राजनीतिक गतिविधि गर्न नहुने बहस चलिरहेका बेला यहाँ व्यवस्थापन समितिको निर्वाचनमा तडकभडक देखिएको छ । विद्यालय व्यवस्थापन समितिको पदाधिकारी बन्न नेकपा र कांग्रेस कार्यकर्ताबीच प्रतिस्पर्धा नै चल्यो । दलले गाउँमा पकड देखाउन स्थानीय तहको निर्वाचनमा झै भड्किलो शैली अपनाए । प ...

वडाध्यक्ष र विव्यास अध्यक्षका कारण विद्यालय भद्रगोल
२०७६ फागुन १२ गते १८:४९

वडाध्यक्ष र विव्यास अध्यक्षका कारण विद्यालय भद्रगोल

खोटाङ । वडाध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित अन्नपूर्ण मावि द्धन्द्धमा फसेको छ। वडाध्यक्ष लिला चौहान र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश राईबीचको आन्तरिक विवादको असर विद्यालयमा परेको हो । द्धन्द्धका कार ...

स्वयंसेवक शिक्षकः शिक्षामा फेरी कार्यकर्ता पोस्ने मेलो
२०७६ फागुन ११ गते २०:१३

स्वयंसेवक शिक्षकः शिक्षामा फेरी कार्यकर्ता पोस्ने मेलो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका शिक्षक विद्यार्थी अनुपात धेरै भएका, प्रचलित कानून तथा मापदण्ड बमोजिम अंग्रेजी, गणित र विज्ञान शिक्षक अपुग भएका वा त्यस्ता विषय शिक्षक दरबन्दी नभएका सामुदायिक विद्यालय स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ ।मन्त्रालयले कार्यविधि नै बनाएर स्वयंस ...

परीक्षा बोर्डदेखि उच्च शिक्षा परिषद्सम्म कर्मचारी हाबी हुने गरी ऐन बनाइँदै
२०७६ फागुन ११ गते १६:३७

परीक्षा बोर्डदेखि उच्च शिक्षा परिषद्सम्म कर्मचारी हाबी हुने गरी ऐन बनाइँदै

काठमाडौं । विद्यालय शिक्षादेखि उच्च शिक्षासम्म नै शिक्षा मन्त्रालयका कर्मचारी हाबी हुने गरी ऐनको मस्यौदा बनाइएको छ । शिक्षा मन्त्रालयलले संघीय शिक्षा ऐनमा राष्ट्रिय परीक्षा बोर्डको अहिलेको व्यवस्था परिवर्तन गरी शिक्षाका उच्च तहका कर्मचारीले नै सञ्चालन गर्ने गरी मस्यौदा तयार गरेको हो । उच्च शिक्षा ऐन ...

कक्षा ११ र १२ सजिलै पास गराउने पाठ्य संरचना बनाउँदै शिक्षा मन्त्रालय
२०७६ फागुन ११ गते १६:३४

कक्षा ११ र १२ सजिलै पास गराउने पाठ्य संरचना बनाउँदै शिक्षा मन्त्रालय

काठमाडौं । देशको शैक्षिक गुणस्तर खस्किएको आलोचना भइरहेका वेला शिक्षा मन्त्रालयले भने मिहिनेतविनै विद्यार्थीले सर्टिफिकेट पाउनेगरी पाठ्यक्रमको संरचना तयार पारेको छ । कक्षा ११ र १२ मा सैद्धान्तिक (बाह्य) र प्रयोगात्मक (आन्तरिक)मा छुट्टाछुट्टै पास हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० ल्याउनेले ...

घोषणामै सीमित डिजिटल विद्यालय
२०७६ फागुन ११ गते १०:२०

घोषणामै सीमित डिजिटल विद्यालय

कालिकोट । तामझामसहित एक वर्षअघि डिजिटल विद्यालय घोषणा गरिएका २ विद्यालय घोषणामै सीमित भएका छन्। नमुनाका रूपमा कालिकोटका २ स्कुललाई ०७५ असोज १ गते डिजिटल विद्यालय घोषणा गरिएको थियो। तर अहिलेसम्म पनि यी स्कुलमा सामान्य डिजिटल सेवा विस्तार नहुँदा घोषणामा मात्र सीमित भएका हुन्।रास्कोट नगरपालिकाको ब ...

विपन्नलाई निःशुल्क आवासीय स्कुल
२०७६ फागुन ११ गते १०:१८

विपन्नलाई निःशुल्क आवासीय स्कुल

काठमाडौं । सरकारले विपन्न, अभिभावकविहीन, अपांगता भएका तथा दुर्गम क्षेत्रका बालबालिकालाई पढाउन सुविधासहित आवासीय विद्यालय खोल्ने भएको छ। आवासीय विद्यालयमा यी सबै समूहका बालबालिकालाई निःशुल्क शिक्षा दिने सरकारी तयारी छ।मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार ...

दरबार स्कुल भवन हस्तान्तरणमा ढिलाइ
२०७६ फागुन ११ गते १०:१०

दरबार स्कुल भवन हस्तान्तरणमा ढिलाइ

काठमाडौं । चीनमा फैलिएको कोरोनाभाइरसका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ। स्कुल पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली अनुगमन गर्न आउन ढिलाइ हुँदा हस्तान्तरणमा विलम्ब भएको हो। चीनको वुहानबाट फैलिएको कोरोनाभाइर ...

रावाबेंसीमा विद्यार्थीलाई दिवा खाजा
२०७६ फागुन ११ गते १०:०८

रावाबेंसीमा विद्यार्थीलाई दिवा खाजा

खोटाङ । रावाबेंसी गाउँपालिकाले विद्यालयमा आधारित दिवा खाजा कार्यक्रम लागु गरेको छ। विद्यार्थी संख्या बढाउन र टिकाइराख्न गाउँपालिकाले वार्षिक विकास कार्यक्रमअन्तर्गत दिवा खाजा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।पुस १ गतेदेखि गाउँपालिकाका २८ वटै विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरेको गाउँपालिक ...

३९ हजार शिक्षक दरबन्दी अभाव
२०७६ फागुन ११ गते १०:०४

३९ हजार शिक्षक दरबन्दी अभाव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा अपुग शिक्षक दरबन्दी चैतभित्र व्यवस्था गरिने बताएका छन्। जनविकास माध्यमिक विद्यालयको ४१औं वार्षिकोत्सव कार्यक्रममा उनले धेरै विद्यालय खुलेकाले ३९ हजार शिक्षक दरबन्दी अभाव रहेको जानकारी गराउँदै चैतभित्र परिपूर् ...

चैतभित्रै सबै सामुदायिक विद्यालयमा शिक्षक: शिक्षामन्त्री
२०७६ फागुन १० गते २२:०७

चैतभित्रै सबै सामुदायिक विद्यालयमा शिक्षक: शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै सामुदायिक विद्यालयमा चैतभित्रै अपुग शिक्षक नियुक्त गरिसकिने बताएका छन् ।फाइल तस्बिर ।काठमाडौंमा शनिबार एक कार्यक्रममा बोल्दै पोखरेलले हाल रिक्त रहेका ३९ हजार शिक्षक एक महिनाभित्रै नियुक्त गर्ने जनाएका हुन् ।उनका अनुसार रिक्त ...

अंग्रेजी, गणित र विज्ञान पढाउन स्वयंसेवक
२०७६ फागुन १० गते २१:५१

अंग्रेजी, गणित र विज्ञान पढाउन स्वयंसेवक

काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अंग्रेजी, गणित, विज्ञान र प्राविधिक धारका विषय अध्यापन गराउन स्वयंसेवक शिक्षक खटाउने भएको छ । यी विषयका शिक्षक नभएका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक खटाउन लागिएको हो । मन्त्रालयले गठन गरेको कार्यदलको सर्वेक्षणअनुसार मुलुकभरका तीन हजार वि ...

मुसहर बस्तीका बालबालिका विद्यालय बाहिर
२०७६ फागुन १० गते २०:३६

मुसहर बस्तीका बालबालिका विद्यालय बाहिर

गौर । रौतहटको एक मुसहर बस्तीका सबै बालबालिका विद्यालयबाहिर छन्। नाम लेखाए पनि विभिन्न कारणले उनीहरू पढ्न जाने गरेका छैनन्। रौतहटको कटहरीया नगरपालिका ९ स्थित तरहरी खोला किनारमा बस्दै आएका करिब एक सय ५० जना मुसहर बालबालिका विद्यालय जाँदैनन्। उक्त बस्तीमा ६५ परिवार मुसहरको बसोबास छ।भर्ना अभियानको ...

डीपीआरमै अल्झिए आवासीय विद्यालय
२०७६ फागुन १० गते २०:३४

डीपीआरमै अल्झिए आवासीय विद्यालय

सुर्खेत । कर्णालीमा आवासीय विद्यालय स्थापनाको योजना अलपत्र परेको छ। प्रदेश सरकारले दुर्गममा आवासीय विद्यालय स्थापना गर्ने घोषणा गरेको थियो। तर दुई वर्ष बित्दा पनि यो योजना कार्यान्वयन हुन सकेको छैन। भौगोलिक विकटताका कारण बालबालिका विद्यालयको पहुँचमा छैनन्।घरदेखि विद्यालय टाढा भएका कारण अधिकांश ...

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग
२०७६ फागुन १० गते २०:३१

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग

काठमाडाैँ । कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्त र यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् ।  सिडिएस पार्क मुगुद्वारा कर्णाली प्रदेशको ...

कर्णाली तरेर आउने ५५ विद्यार्थीलाई 'लाइफ ज्याकेट'
२०७६ फागुन १० गते २०:२७

कर्णाली तरेर आउने ५५ विद्यार्थीलाई 'लाइफ ज्याकेट'

सुर्खेत  । कैलालीको मोहन्याल गाउँपालिका–३ मलेखाका कवीराम नेपाली सुर्खेतको चौकुने गाउँपालिकाको जगन्नाथ माविमा ११ कक्षामा अध्ययनरत छन्। घरबाट विद्यालय आउँदा बीचमा कर्णाली नदी पर्छ। उनी दैनिक कर्णाली नदीमा जोखिमपूर्ण यात्रा गर्छन् ।‘कैलालीको मलेखा र राँगासँग चौकुनेको विजौरा जोड्न कर्णा ...

सुधार हुँदै सामुदायिक विद्यालय
२०७६ फागुन १० गते २०:२४

सुधार हुँदै सामुदायिक विद्यालय

अछाम । कमलबजार नगरपालिका–३ का रतन नेपालीका छोराछोरी गाउँमै रहेको भ्वानी आधारभूत विद्यालयमा पढ्छन् । विगतमा उनी छोराछोरीको पढाइ कस्तो भइरहेको छ वास्ता गर्थेनन् । अहिले उनी नियमित विद्यालय जान्छन् । बच्चाहरूको सिकाइ अवस्थाबारे जानकारी लिन्छन् ।‘विद्यालय पठाएर मात्रै जिम्मेवारी पूरा नह ...

नबुझेको सोध्दा शिक्षकबाट कुटाइ
२०७६ फागुन १० गते २०:२१

नबुझेको सोध्दा शिक्षकबाट कुटाइ

रौतहट । ‘नबुझेको सोध्दा मैले के गल्ती गरेँ ? गल्ती गरिहाले पनि माफ दिनुपर्नेमा उल्टै अपराधीलाई जस्तै कुटपिट गरे ।’ यति भन्दै गर्दा चन्द्रपुर–१० बालचनपुरस्थित एभरग्रीन बोर्डिङ स्कुलको कक्षा ७ मा अध्ययनरत १६ वर्षीय राजनकुमार ठाकुरको आँखा रसायो । आफूलाई शिक्षा दिने गुरुको हातबाट बुधबा ...

विद्यार्थीको शंकास्पद मृत्यु
२०७६ फागुन १० गते २०:१९

विद्यार्थीको शंकास्पद मृत्यु

सर्लाही । सर्लाहीको नवलपुरस्थित लर्ड ब्राइट विज्डम इङ्लिस स्कुलका एक विद्यार्थीले आत्महत्या गरेका छन् । कक्षा ८ मा अध्ययनरत १५ वर्षीय अमन चौधरी सोमबार निर्माणाधीन होस्टल भवनमा तन्नाको पासो लगाएर झुण्डिएको फेला परेका हुन् । परिवारले शिक्षकको यातना खेप्न नसकेर छोराले आत्महत्या गरेको आरोप लगाएका छन् । ...

संखुवासभा साक्षर घोषणा
२०७६ फागुन १० गते २०:१५

संखुवासभा साक्षर घोषणा

संखुवासभा । संखुवासभालाई ५३ औं साक्षर जिल्ला घोषणा गरिएको छ । विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शुक्रबार खाँदबारीमा आयोजित एक कार्यक्रममा ५३ औं साक्षर जिल्लाको रुपमा घोषणा गरे । यो जिल्लामा ९५ दशमलव ६३ प्रतिशत साक्षर छन्। उनले आगामी २ वर्षभित्र देशलाई साक्षर राष्ट्रको रुपमा ...

दरबार हाइस्कुल हस्तान्तरणमा कोरोनाको प्रभाव !
२०७६ फागुन १० गते २०:१२

दरबार हाइस्कुल हस्तान्तरणमा कोरोनाको प्रभाव !

काठमाडौँ । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस् ...

शिक्षा विभागीय प्रमुख हुन तँछाडमछाड
२०७६ फागुन ७ गते १९:२८

शिक्षा विभागीय प्रमुख हुन तँछाडमछाड

काठमाडौं । स्थानीय तहको शिक्षा विभाग प्रमुखमा १३ जना उपसचिवले सहमति पाएका छन्। देशकै पहिलो काठमाडौं महानगरपालिकाको तीन महिनादेखि रिक्त विभागीय प्रमुख हुन तँछाडमछाड देखिएको छ।यहाँसम्म कि आफूनिकटका कर्मचारीलाई शिक्षा विभाग प्रमुख बनाइदिन मन्त्रीदेखि विभिन्न राजनीतिक दलका उपल्लो नेताले महानगरपालिका मेय ...

विद्यालयको जमिन कब्जा प्रकरण, खाली गराउन प्रशासनको पत्र
२०७६ फागुन ७ गते १८:४५

विद्यालयको जमिन कब्जा प्रकरण, खाली गराउन प्रशासनको पत्र

सुर्खेत । १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्युरीखेतको १० बिघा जमिन खाली गराउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले पञ्चपुरी नगरपालिका र इलाका प्रहरी कार्यालय बाबियाचौरलाई निर्देशन दिएको छ । आफूले प्रयोग गर्दै आइरहेको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित स ...

कबुलियतनामा गराएर बढी शुल्क असुल्दै नोबेल
२०७६ फागुन ७ गते १८:४२

कबुलियतनामा गराएर बढी शुल्क असुल्दै नोबेल

काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजको धम्कीपछि अभिभावकहरू सञ्चालकलाई साढे ७ लाख रुपैयाँ अतिरिक्त शुल्क बुझाउन बाध्य भएका छन् । सुरुमा २९ लाख अतिरिक्त शुल्क मागेको कलेजले शिक्षण शुल्कबाहेक कम्तीमा ७ लाख ५८ हजार रुपैयाँ लिन अभिभावकसँग एकपक्षीय कबुलियतनामा गराएको हो ।थप शुल्क नबुझाए विद्यार ...

खातामै अड्कियो १० करोड
२०७६ फागुन ७ गते १८:३८

खातामै अड्कियो १० करोड

वीरेन्द्रनगर  । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको चालु आर्थिक वर्षको कुल बजेटमध्ये १० करोड रुपैयाँ खातामै अड्किएको छ । मूल खातामा साधारणतर्फको ७ करोड र पुँजीगततर्फ ३ करोड बजेट अड्किँदा विश्वविद्यालय तथा आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाउन सकेका छैनन् । दुई महिनादेखि विश्वविद्यालयलका उप ...

शिक्षा सेवाबाट प्रशासनमा लैजाने विवाद
२०७६ फागुन ७ गते १८:२९

शिक्षा सेवाबाट प्रशासनमा लैजाने विवाद

काठमाडौँ  । शिक्षा समूहका कर्मचारीलाई निजामती सेवाको प्रशासन सेवामा समावेश गर्ने विषयमा विवाद उत्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै शिक्षा सेवाका कर्मचारीलाई प्रशासन समूहमा समावेश गर्न पत्राचार गरेपछि राज्यव्यवस्था तथा सुशासन समितिमा विवाद उत्पन्न ...

अब्बल सामुदायिक विद्यालय
२०७६ फागुन ६ गते ०९:३०

अब्बल सामुदायिक विद्यालय

सुर्खेत । अधिकांश सरकारी विद्यालयमा पढाउने शिक्षकहरु आफ्ना नानी–बाबुहरुलाई ‘गुणस्तरीय शिक्षाका लागि’ भन्दै निजी शिक्षण संस्थामा पठाउँछन्। आफैले पढाइराखेको शिक्षाप्रति उनीहरुको भरोसा हुँदैन्। त्यसैको देखासिकी समुदायले पनि गर्छ। ऋण गरेरै भए पनि आफ्ना नानी–बाबुहरुलाई बोर्डि ...

गण्डकी पहिलो प्रदेश विश्वविद्यालय
२०७६ फागुन ६ गते ०९:२६

गण्डकी पहिलो प्रदेश विश्वविद्यालय

काठमाडौं । देश संघीय संरचनामा गएसँगै मुलुकले प्रदेश विश्वविद्यालय पाएको छ। गण्डकी प्रदेशले ऐन पारित गरेरै प्रदेशस्तरीय गण्डकी विश्वविद्यालय स्थापना गरेको छ। प्रदेशको सामाजिक विकासमन्त्रीको संयोजनमा बनेको समितिले अध्ययन गरी बुझाएको गण्डकी प्रदेश विश्वविद्यालय व्यवस्थापन, सञ्चालन गर्न विश्वविद्या ...

पढ्दै, सिक्दै, कमाउँदै
२०७६ फागुन ६ गते ०९:२३

पढ्दै, सिक्दै, कमाउँदै

सुर्खेत । बर्दियाका कमल लामिछाने सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल राष्ट्रिय चन्द्रगंगा माविमा आइएस्सी–एजी दोस्रो वर्षका विद्यार्थी हुन्। उनी कक्षा–कोठामा पाइने किताबी ज्ञानमा मात्रै सीमित छैनन्, किताबमा अध्ययन गरेको कुरालाई दैनिक व्यवहारमा उतार्छन्। ‘कक्षा–कोठामा सैद्धा ...

'शिक्षक सरुवा-बढुवामा नेता नगुहारौं'
२०७६ फागुन ४ गते २३:४०

'शिक्षक सरुवा-बढुवामा नेता नगुहारौं'

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षकलाई सरुवा–बढुवामा ‘घरपायक’ बनाउन नेता तथा जनप्रतिनिधि नगुहार्न आग्रह गरेका छन् । उनले आइतबार बनेपा नगरपालिका–३ सुमारास्थित प्रभात आधारभूत विद्यालयको ३८ औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै शिक्षक सुर ...

६० क्याम्पसलाई १४ करोड अनुदान
२०७६ फागुन ४ गते २३:३६

६० क्याम्पसलाई १४ करोड अनुदान

दाङ । प्रदेश ५ सरकारले सामुदायिक क्याम्पसको पूर्वाधार निर्माणका साथै स्तरउन्नती गर्न चालु आर्थिक वर्षमा १४ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले प्रदेश ५ मा रहेका सामुदायिक क्याम्पसका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश अन्र्तगतका विभिन्न जिल्लामा ६० क्याम्पसका लागि यो र ...

शिक्षक नियमित गर्न विद्यालयमा ई–हाजिरी
२०७६ फागुन ३ गते २२:०२

शिक्षक नियमित गर्न विद्यालयमा ई–हाजिरी

काठमाडाैँ । नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि बाजुराको जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ।विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो ।गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिर ...

उपकुलपतिविहीन विश्वविद्यालय खुल्दै
२०७६ फागुन ३ गते २१:५८

उपकुलपतिविहीन विश्वविद्यालय खुल्दै

काठमाडौं । मुलुकमा पहिलोपटक उपकुलपति नरहने व्यवस्था सहितको विश्वविद्यालय स्थापना हुने भएको छ । विश्वविद्यालय स्थापनाको लागि सरकारले ऐनको मस्यौदा संघीय संसदमा पेश गरिसकेको छ ।उपकुलपति नरहने गरी 'मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय' खुल्न लागेको हो । यो विश्वविद्यालय हाल सञ्चालनमा रहेका ...

अब शिक्षकले दुई सय पूर्णाङकको परीक्षा लेख्नै पर्ने
२०७६ फागुन ३ गते १०:४४

अब शिक्षकले दुई सय पूर्णाङकको परीक्षा लेख्नै पर्ने

काठमाडौं । खुल्ला प्रतिस्पर्धाबाट सरकारी विद्यालयको शिक्षक बन्न चाहनेले दुई सय पूर्णांकको परीक्षा दिनुपर्ने भएको छ। यस्ता विद्यालयका लागि शिक्षक छानेर सिफारिस गर्ने निकाय शिक्षक सेवा आयोगले परीक्षाको पाठ्यक्रम संशोधन गरेको छ।यसअघि एक सय पूर्णांकमात्रै रहेको पाठ्यक्रमलाई दुई सय पूर्णांक बनाइएको ...

आंगिक कलेज प्रदेशमातहत ल्याउन एकीकृत ऐन
२०७६ फागुन ३ गते १०:४२

आंगिक कलेज प्रदेशमातहत ल्याउन एकीकृत ऐन

काठमाडौं । सरकारले विश्वविद्यालयहरूकारणसहित उच्चशिक्षा व्यवस्थापन विधेयक ल्याउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा मन्त्रालयले देश संघीय संरचनामा गएकाले विश्वविद्यालयहरू पनि संघीय संरचनाअनुसार केन्द्रीय र प्रादेशिक विश्वविद्यालयहरूमा वर्गीकरण ...

स्वर्ण जयन्तीमा शिक्षकलाई सम्मान
२०७६ फागुन ३ गते १०:३८

स्वर्ण जयन्तीमा शिक्षकलाई सम्मान

गुलरिया । बर्दियाको गुराँस माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ। सो अवसरमा विद्यालयले उत्कृष्ट शिक्षकको रूपमा सोही विद्यालयका शिक्षक प्रकाश शर्मा अधिकारीलाई सम्मान गरेको छ। उनी यसअघि पनि नेपाल सरकार र स्थानीय तहबाट उत्कृष्ट शिक्षकको रूपमा सम्मानित भएका थिए।स्थापनाको ५०औं वर्ष पुगेको सो अव ...

खेती पढाउँदै सामुदायिक विद्यालय
२०७६ फागुन ३ गते १०:३६

खेती पढाउँदै सामुदायिक विद्यालय

तनहुँ । शुक्लागण्डकी नगरपालिका–४ स्थित पञ्चमुनिदेव माविको ९ कक्षाका पदम पराजुली विद्यालयमै च्याउ खेती गर्छन् । विद्यालयले कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फ पशुविज्ञान विषय सञ्चालन गरेपछि च्याउ खेतीलगायतका प्रयोगात्मक शिक्षामा विद्यार्थीहरू समावेश भएका हुन् । ‘प्रयोगात्मक शिक्षाले सिकाइम ...

९० विद्यालयमा वाटर फिल्टर
२०७६ फागुन ३ गते १०:३१

९० विद्यालयमा वाटर फिल्टर

पर्सा । वीरगन्ज महानगरपालिका अन्तर्गतका ९० सामुदायिक विद्यालयमा स्वचालित ‘वाटर फिल्टर प्लान्ट’ जडान गरिने भएको छ । ‘सबैका लागि सरसफाइ तथा खानेपानीमा तीव्रता’ कार्यक्रम अन्तर्गत यो अभियान चलाएको महानगरका वातावरण तथा हरियाली प्रवर्द्धन शाखा प्रमुख सुनिल कुमार कर्णले जानकारी दिए ...

‘नमुना विद्यालय’ को बेहाल
२०७६ फागुन ३ गते १०:२४

‘नमुना विद्यालय’ को बेहाल

ताप्लेजुङ । भानुजन माविका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेल नेपाली विषयका शिक्षक हुन् । उनी कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई पढाउँछन् । उनी विद्यार्थीको गृहकार्य राम्ररी जाँच्न भ्याउँदैनन्, कक्षाकार्य गराए पनि सबैको हेर्न समय पुग्दैन । भन्छन्, ‘गृहकार्य नगर्नेलाई कडिकडाउ गर्न पनि सकिँदै ...

फागुन १४ मा स्ववियु निर्वाचन नहुने
२०७६ फागुन २ गते १०:०५

फागुन १४ मा स्ववियु निर्वाचन नहुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले निर्णय गरेअनुसार फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने भएको छ। त्रिविले फागुन १४ गते चुनाव गराउनका लागि सबै आगिक र सम्बन्धन प्राप्त कलेजलाई तयारीका लागि निर्देशन दिएको थियो। तर नेपाल विद्यार्थी संघका कारण उक्त निर्वाचन नहुने निश्चित भ ...

बिनायोजना नमुना विद्यालय
२०७६ फागुन २ गते ०९:५७

बिनायोजना नमुना विद्यालय

टीकापुर  । टीकापुर नगरपालिकाले नमुना बनाउने भन्दै गत वर्ष कर्णाली माविलाई पाँच लाख रुपैयाँ विनियोजन गर्‍यो । यो रकमले विद्यालयले सीसी क्यामेरा, प्रोजेक्टर लगायतका सामग्री खरिद गर्‍यो । यस वर्ष नगरपालिकाले योजनालाई विस्तार गर्दै प्रत्येक वडामा एउटा विद्यालय नमुना बनाउने लक्ष्य लिएको छ । ...