२०७६ भदौ ८ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

मद्यपान छाड्न विद्यार्थीको आग्रह
२०७५ कार्त्तिक २७ गते १०:३६

मद्यपान छाड्न विद्यार्थीको आग्रह

सिमरा । बाराको कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयाका विद्यार्थीले कुलतमा फसेका आफ्ना अभिभावकलाई धूमपान–मद्यपान छोड्न भावुक आग्रह गरेका छन् । उत्तरझिटकैयमा एक निजी विद्यालयले आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रममा विद्यार्थीहरूले धूमपान–मद्यपानले क्यान्सर लगायतका रो ...

बाल कचहरी कार्यक्रम सम्पन्न
२०७५ कार्त्तिक २६ गते १२:२८

बाल कचहरी कार्यक्रम सम्पन्न

             हुम्लामा बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ । गुड नेभर्स ईनटर नेस्नल नेपाल अन्र्तगत अवसर परियोजनाको आर्थिक सहयोग तथा किडार्क हुम्लाको सहजिकरण  र बाल मन्दिर माविको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । विद्यालय व्यवस्था ...

सरकारी विद्यालयको सम्पत्ति भाडामा दिन नपाइने
२०७५ कार्त्तिक २६ गते १२:२४

सरकारी विद्यालयको सम्पत्ति भाडामा दिन नपाइने

काठमाडौं । सरकारी विद्यालयको जग्गा तथा भौतिक संरचनाहरू व्यापारिक प्रयोजनका लागि भाडामा दिन नपाइने भएको छ। अध्यापन अध्ययनमा आवश्यक न्यूनतम संरचना नराखी विद्यालयले जग्गा र भवन भाडामा दिने प्रवृत्ति बढेपछि सरकारले रोक लगाएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यससम्बन्धी निर्देशिका बनाएर ...

कृषि विश्वविद्यालयको भर्ना प्रक्रिया सुरु, प्रध्यापकहरु विरोधमा
२०७५ कार्त्तिक २६ गते ११:०७

कृषि विश्वविद्यालयको भर्ना प्रक्रिया सुरु, प्रध्यापकहरु विरोधमा

चितवन  । सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया सुरु गरेपछि प्रध्यापक संगठनहरुले विरोध गरेका छन् । नेपाल प्रगतिशील प्रध्यापक संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठनले आइतबार संयुक्त विज्ञप्ती निकालेर प्रध्यापकहरुलाई ...

म्हः पूजामा रमाए विद्यार्थी
२०७५ कार्त्तिक २२ गते ०९:०१

म्हः पूजामा रमाए विद्यार्थी

भक्तपुरको एउटा स्कुलका विद्यार्थी मंगलबार म्हः पूजा (तिहारको क्रममा नेवार समुदायले गर्ने शरीर पूजा) मा रमाएका छन् । भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलका विद्यार्थी म्हः पूजामा दिनभर रमाएका हुन् । स्कुलमा कक्षा ३ मा अध्ययनरत झण्डै सय जना छात्रछात्रा म्हः पूजामा रमाएका हुन् । कार्यक्रमक ...

विद्यालयमा बगैंचा अनिवार्य
२०७५ कार्त्तिक २२ गते ०८:४१

विद्यालयमा बगैंचा अनिवार्य

काठमाडौँ । देशभरका विद्यालयले फलफूललगायत बोटबिरुवा रोपेर आफ्नो परिसरलाई हरियाली बनाउनुपर्ने भएको छ । शिक्षा मन्त्रालयले ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ जारी गरेर ‘एक विद्यालय एक बगैंचा कार्यक्रम’ अघि सारेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ...

विद्यार्थी थोरै, शिक्षक धेरै
२०७५ कार्त्तिक १६ गते ११:२७

विद्यार्थी थोरै, शिक्षक धेरै

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ तुमडानीमा रहेको महाकाली आधारभूत विद्यालय ८ कक्षासम्म सञ्चालनमा छ  । उक्त विद्यालयमा निमावि तहमा विद्यार्थी संख्या अत्यन्तै न्यून छ  ।शिक्षक संख्या पनि कम भएकाले निमावि तहलाई निरन्तरता दिने वा बन्द गर्ने भन्ने विषयमा अन्योल भएको छ ।विद्यालयमा जम्मा विद्यार्थ ...

विद्यालय गाभ्दै स्थानीय तह
२०७५ कार्त्तिक १६ गते ११:२५

विद्यालय गाभ्दै स्थानीय तह

वीरेन्द्रनगर । विद्यार्थी संख्या कम भएका र नजिकै अर्को विद्यालय भएका विद्यालयलाई मर्ज गर्न थालिएको छ  । स्थानीय तह गठन भएसँगै शिक्षा विकासका कामले तीव्रता पाएका छन्  ।स्थानीय तहले आ–आफ्नै तहका छुट्टै शिक्षा ऐन बनाएका छन् । विद्यार्थीको पढाइ पूरा हुने र विद्यालयको खर्च भार पनि घट्ने भएकाले विद ...

शिक्षक दरबन्दी मिलान
२०७५ कार्त्तिक १६ गते ११:२२

शिक्षक दरबन्दी मिलान

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षक दरबन्दी मिलान र सरुवा गरेको निर्णय कार्यान्वयन गर्न कानुनी बाटो खुलाएको छ  ।गाउँपालिकाले गरेको शिक्षक दरबन्दी मिलानसहितको सरुवा रोक्न उच्च अदालत पाटन हेटौंडा इजलासले दिएको अन्तरिम आदेश मंगलवारदेखि फुकुवा भएकाले निर्णय कार्यान्वयनको बाटो खुलेको हो  ...

एक विद्यालय, एक नर्स : प्रदेश ३ सरकारले माग्यो आवेदन
२०७५ कार्त्तिक १५ गते १२:५२

एक विद्यालय, एक नर्स : प्रदेश ३ सरकारले माग्यो आवेदन

हेटौंडा । प्रदेश -३ का सरकारी विद्यालयमा पहिलो पटक नर्स सेवा प्रदान गरिने भएको छ। यो सेवा लागू भएपछि स्कुले बालबालिका लाभान्वित हुनेछन्।  विद्यालयमा नर्सले दैनिक विद्यार्थीको स्वास्थ्य हेरचाहसँगै उनीहरुलाई स्वस्थ रहने तरिकाबारे जानकारी गराउनेछन् ।त्यसका लागि प्रदेश तीनको सामाजिक विकास मन् ...

नेत्रहीनका लागि आफैं पढिदिने सफ्टवेयर
२०७५ कार्त्तिक १३ गते ०९:४८

नेत्रहीनका लागि आफैं पढिदिने सफ्टवेयर

काठमाडौं । नेत्रहीनका लागि जीवनयापन सहज गर्नका लागि नयाँ सफ्टवेरको काम अन्तिम चरणमा पुगेको छ । यस सफ्टवेयरले कुनै पनि लिखित शब्दलाई वाणीमा परिणत गर्ने गर्दछ । जसले गर्दा शब्द देख्न नसक्ने नेत्रहीनलाई लेखपढमा सहज हुनेछ ।‘यो सफ्टवेयरले देवनागरी लिपिलाई पढिदिने काम गर्छ,’ सफ्टवेयर निर् ...

कक्षा ११ र १२ मा गणित नहट्ने
२०७५ कार्त्तिक १३ गते ०९:३४

कक्षा ११ र १२ मा गणित नहट्ने

काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो । सरोकारवालाले चर्को विरोध गरेपछि प्रारूप परिवर्तन गरेर जीव विज्ञानमा पनि गणितलाई इच्छाधीन नै कायम राख्ने निर्णय केन्द्रले गर ...

‘प्राविधिक शिक्षा नि:शुल्क गर’
२०७५ कार्त्तिक १३ गते ०९:३१

‘प्राविधिक शिक्षा नि:शुल्क गर’

काठमाडौँ । सरकारले गठन गरेको कार्यदलले प्राविधिक तथा व्यावसायिक शिक्षा माध्यमिक तहसम्म नि:शुल्क गर्न सुझाव दिएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई पुनर्संरचना गर्न नीति तय गर्ने उद्देश्यले सरकारले गठन गरेको कार्यदलले यस्तो सुझाव दिएको हो  ।कार्यदलले सोमबार शिक्षामन्त्री गिरिराजमणि ...

मदरसासम्बन्धी विधेयकमा विवाद
२०७५ कार्त्तिक १२ गते १३:१२

मदरसासम्बन्धी विधेयकमा विवाद

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दुई साताअघि मदरसा शिक्षालाई व्यवस्थित गर्न मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, २०७५ प्रदेश सभामा प्रस्तुत गरेलगत्तै प्रदेश सभासदहरुले सो विधेयकको विरोध गरेका छन्। सभामा बोल्दै नेपाल कम्यिुनिष्ट पार्टीका प्रदेश सभासद जगत यादवले उक्त विध ...

छात्रावास पाउँदा दृष्टिविहिन फुरुंग
२०७५ कार्त्तिक १२ गते १३:०९

छात्रावास पाउँदा दृष्टिविहिन फुरुंग

सिन्धुपाल्चोक । विद्यालय हाताभित्रै चिटिक्क परेको सुविधायूक्त छात्रावास भवन पाउँदा दृष्टिविहिन विद्यार्थी कृष्ण थापामगर फुरुंग देखिन्थे। छात्रावासदेखि विद्यालय कोठासम्मको आउ जाउ सहज भएपछि उनी खुशीले गदगद भए  । भूकम्पले उनी अध्ययनरत सदरमुकाम चौतारास्थित वनदेवी माविको भवन क्षतिग्रस्त बनायो। ...

नेपालको शैक्षिक विकासमा सहयोग गर्न युएई इच्छुक
२०७५ कार्त्तिक १२ गते १३:०७

नेपालको शैक्षिक विकासमा सहयोग गर्न युएई इच्छुक

उदयपुर । नेपालका लागि युएई (दुवई) का राजदूत सइद अलनक्वीले नेपालको शैक्षिक विकासका लािग आफ्नो देश सधै तत्पर रहेको बताएका छन्। सदरमुकाम गाईघाटस्थित नेपाली मुस्लिमहरुको संस्था जामे मस्जिद तथा मदरसा तजविदुल कुर्आन प्राविको ४० औं वार्षिक उत्सवको शनिबार उद्घाटन गर्दै राजदूत सईदले दुबई र नेपालबीचको भाईचारा ...

नाङ्गो खुट्टामै स्कुल
२०७५ कार्त्तिक १२ गते १३:०२

नाङ्गो खुट्टामै स्कुल

मकवानपुर । मकवानपुरको विकट बस्तीमा अवस्थित एक विद्यालयका छात्रछात्राहरू नाङ्गो खुट्टाले घण्टौं हिँडेर स्कुलमा आउजाउ गर्छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका—७ साबिकको भार्ता गाविस—४ डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका बालबालिका यसरी हिँड्न बाध्य छन् । तिखा ढुंगा र ...

अस्थायी शिक्षकको नतिजा तिहारअघि
२०७५ कार्त्तिक ११ गते १७:२८

अस्थायी शिक्षकको नतिजा तिहारअघि

काठमाडौं । अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा तिहारअघि नै प्रकाशन थालिने भएको छ। धेरै विषय र तीन तहको नतिजा सार्वजनिक गर्नुपर्ने भएकाले तिहारअघि नै सबै नतिजा सार्वजनिक गर्न नसकिने शिक्षक सेवा आयोगले प्रस्ट्याएको छ।आयोगले नतिजा प्रकाशनको आवश्यक तयारी गरिरहेको छ। तिहारअघि केही विषय र तहको नतिजा ...

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव
२०७५ कार्त्तिक ११ गते १७:२०

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

गाईघाट । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ।अहिले प ...

विद्यालयमा आगलागी
२०७५ कार्त्तिक ११ गते १७:१२

विद्यालयमा आगलागी

परासी । पश्चिम नवलपरासीको एक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर २ मा रहेको क्यानल सेन्टर आवासीय माविमा आगलागी भएको हो । आगलागीबाट विद्यालयको कार्यालयमा रहेका सामान पूर्णरुपमा नष्ट भएको छ । शनिबार बिहान कार्यालयबाट एक्कासी धुँवा निस्किएको देखेको विद्यालयका प्रिन ...

शुल्क नबढाउन मेडिकल कलेजहरूलाई सरकारको निर्देशन
२०७५ असोज २८ गते २१:०६

शुल्क नबढाउन मेडिकल कलेजहरूलाई सरकारको निर्देशन

काठमाडौँ । सरकारले यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले मेडिकल कलेजहरूलाई शुल्क नबढाउन निर्देशन दिएको हो । ‘काठमाडौं उपत्यका र बाहिरका कलेजले कति लिने भनेर पहिल्यै तोकिएको छ,’ उनले भने, ‘बढी लिए कारबाही गर्छौं ।’यसअघि न ...

बलात्कार आरोपमा शिक्षक पक्राउ
२०७५ असोज २८ गते २१:००

बलात्कार आरोपमा शिक्षक पक्राउ

मोरङ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ की एक बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । सोलुखुम्बुको हिमालय आधारभूत विद्यालयमा कार्यरत शिक्षक ५५ वर्षीय मोहन घिमिरेलाई नियन्त्रणमा लिएको हो ।घिमिरेले स्थानीय ९ वर्षीया बालिकालाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको उज ...

देशभरका सामुदायिक विद्यालयमा ७३ हजार शिक्षक अपुग
२०७५ असोज २७ गते २१:२६

देशभरका सामुदायिक विद्यालयमा ७३ हजार शिक्षक अपुग

काठमाडौँ । देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग ।प्राथमिक तह (आधारभूत १ देखि ५) मा ३ हजार ३ सय ८३ शिक्षक दरबन्दी बढ ...

गाउँपालिकाबाट शिक्षक ‘लाइसेन्स’
२०७५ असोज २७ गते २१:२२

गाउँपालिकाबाट शिक्षक ‘लाइसेन्स’

सिन्धुपाल्चोक ।  जुगल गाउँपालिकाले शिक्षकहरूलाई अस्थायी ‘लाइसेन्स’ दिने निर्णय गरेको छ । शैक्षिक गतिविधिलाई भरपर्दो बनाउनका लागि जुगल गापाले अस्थायी माध्यमिक र आधारभूत तहको अध्यापन अनुमतिपत्रको व्यवस्था गरेको हो । गाउँपालिकामा मात्रै लागू हुनेगरी लामो समयदेखि परीक्षा नभएको हुनाले वि ...

‘विद्यालयको जग्गा भाडामा नलगाऊ’
२०७५ असोज २७ गते २१:१८

‘विद्यालयको जग्गा भाडामा नलगाऊ’

चितवन । सर्वोच्च अदालतले भरतपुरको चितवन माविले जग्गा भाडामा लगाउनु गलत भएको फैसला गरेपछि जिल्लाका अन्य विद्यालयले पनि भाडामा लगाएको जग्गा फिर्ता हुनुपर्ने अभियान सुरु भएको छ  ।भरतपुरकी तारा बरालको संयोजकत्वमा विष्णु भुषाललगायतले यो काम अगाडि बढाएका छन् । उनीहरूले पत्रकार सम्मेलन गरेर विद्यालय ...

अझै उच्च मावि
२०७५ असोज २४ गते ०९:५८

अझै उच्च मावि

पर्वत । उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएको दुई वर्षभन्दा बढी भइसक्यो  । २०७३ असार १५ मा शिक्षा ऐनको आठौं संशोधन गर्दै उच्च माध्यमिक शिक्षा परिषद् सरकारले खारेज गरेको थियो  ।परिषद् खारेज भएसँगै मुलुकभरका उच्च मावि माध्यमिकमा परिणत हुनुपथ्र्यो । तर, यहाँका धेरैजसो उच्च माविले आफ्नो लेखिएका बो ...

दाजु बोकेरै विद्यालय
२०७५ असोज २३ गते ०९:१४

दाजु बोकेरै विद्यालय

गोरखा । पालुङटार ९ धूवाँकोटस्थित मदनेडाँडा माविमा बिहान १० बज्नै लाग्दा सधैंजसो देखिने दृश्य अरू विद्यालयमा दुर्लभ हुन सक्छ  । बैनीको पिठ्युँमा बोकिएर दाजु सधैं पढ्न आउँछन्  । सबेरै उठ्नु, अपांगता भएका दाजुलाई स्याहारसुसार गर्नु र बोकेर विद्यालय आउनु, ३ कक्षा पढ्ने १२ वर्षीया सुस्मिता बरामको दै ...

त्रिविविको गम्भीर लापरवाही : नतिजा दिने बेला उत्तरपुस्तिका नै हरायो !
२०७५ असोज २१ गते २२:४१

त्रिविविको गम्भीर लापरवाही : नतिजा दिने बेला उत्तरपुस्तिका नै हरायो !

सिन्धुली । त्रिभुवन विश्व विद्यालयको गम्भीर लापरवाहीका कारण सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उत्तर पस्तिका नै गायब भएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् ।नतिजा सार्वजनिक गर्ने बेलामा त्रिविविले ६९ जना विद्यार्थीको उत्तर पुस्तिका नै गायब भएको भन्दै फेरि परीक्षा गर्नुपर्ने भनिएपछि उन ...

एसईईको फाराम अनलाइनबाटै
२०७५ असोज २१ गते २२:२९

एसईईको फाराम अनलाइनबाटै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् । ‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,&rs ...

 विद्यालय शिक्षामा जाइकाको ३१ करोड
२०७५ असोज २१ गते १०:०४

विद्यालय शिक्षामा जाइकाको ३१ करोड

काठमाडौं । सरकारले हालै कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम कार्यन्वयनका लागि जपान सरकारले ३१ करोड रकम सहयोग गर्ने भएको छ । विद्यालय क्षेत्र विकास आयोजनाअन्तर्गत ल्याइएको विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम कार्यान्वयनमा जाइकाबाट उपलब्ध हुने रकम खर्च गरिने शिक्षा मन्त्रालयले जना ...

विद्यार्थीलाई  गाउँ घर र खेतमै लगेर पढाअाैंः  प्रधानमन्त्री ओली
२०७५ असोज २१ गते १०:००

विद्यार्थीलाई गाउँ घर र खेतमै लगेर पढाअाैंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई शनिबार सम्बोधन गर्दै ओलीले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पुरा नगर्ने बताए ।अव प्रयोगात्मक र व्यवहारिक शिक्षामा जाेड ...

अनियमितता गर्ने प्रअको सुविधा रोकियो
२०७५ असोज २१ गते ०९:५१

अनियमितता गर्ने प्रअको सुविधा रोकियो

सर्लाही । जिल्लाको दक्षिणी क्षेत्रस्थित एक विद्यालयका प्रधानाध्यापकले बालविकास केन्द्रको शिक्षिकामा आफ्नै छोरीलाई नियुक्त गरी लामो समयदेखि घरमै हाजिर गराएर तलब खुवाएको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि नगरपालिका कार्यालयले प्रअ र उनकी छोरीको सेवासुविधा रोकेको छ। बरहथवा नगरपालिका–१०, भग ...

निःशुल्क शिक्षा कार्यान्वयन कठिन
२०७५ असोज २१ गते ०९:४७

निःशुल्क शिक्षा कार्यान्वयन कठिन

काठमाडौं । सरकारले शिक्षामा सबै बालबालिकाको पहुँच पु-याउने लक्ष्यसहित अनिवार्य तथा निःशुल्क शिक्षा ऐन हालै कार्यान्वयनमा ल्याएको छ। तर, सरकारले शिक्षक व्यवस्थापनबिनै ऐन कार्यान्वयनमा ल्याउँदा ठूलो चुनौती थपिएको छ। सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरणसम्बन्धी प्रतिवेदन २०७५ ले शिक्षक व्य ...

नदिए अनियमित
२०७५ असोज २१ गते ०९:४३

नदिए अनियमित

काठमाडौं । काठमाडौं महानगरको ३२ वडा कार्यालयसँगैको मनोहरा नदीछेउको सुकुम्बासी बस्तीका अधिकांश बालबालिका नजिकैको सर्वेश्वर आधारभूत विद्यालयमा पढ्छन् । अढाई सय विद्यार्थी रहेका विद्यालयमा दैनिक उपस्थिति भने २ सय पनि हुँदैन । विद्यार्थी अनियमित हुने समस्याबारे प्रधानाध्यापक शान्ता पराजुली भन्छिन्, ...

अभिभावकको पहलमा स्कुल खाजा
२०७५ असोज २१ गते ०९:४१

अभिभावकको पहलमा स्कुल खाजा

भक्तपुर । सूर्यविनायक सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयमा ३८५ विद्यार्थीको तथ्यांक छ । जसमध्ये ३१९ नियमित अध्ययनरत छन् भने बाँकी मौसमी छन् । इँटाभट्टाको मौसममा विद्यार्थीको संख्या बढ्छ ।‘करिब ५० प्रतिशत श्रमिकका बालबालिका अध्ययनरत छन्,’ प्रधानाध्यापक रवीन्द्रकुमार थापाले भने, &lsq ...

गुणस्तर सुधार्न शैक्षिक मेला
२०७५ असोज १९ गते ११:२३

गुणस्तर सुधार्न शैक्षिक मेला

कालिकोट  । खस्किँदो शैक्षिक गुणस्तर सुधार्न विद्यालयले अभिभावकको अगुुवाइमा शैक्षिक मेला आयोजना गर्न थालेका छन् । अन्तर विद्यालयस्तरमा प्रतिस्पर्धा गराएर नरहरिनाथ गाउँपालिकामा शैक्षिक मेलाको आयोजना गरिएको हो ।बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मका बालबालिकाको पढाइको गति बढाउन, लेखाइ सीप सुधार्न र ...

सामुदायिकमा छात्रा नियमित
२०७५ असोज १९ गते ११:१६

सामुदायिकमा छात्रा नियमित

धनकुटा । सहिदभूमि गाउँपालिकाको खोकुस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयको अधिकांश कक्षा कोठा छात्राले भरिभराउ हुने गर्छन् । विद्यालयको हरेक कोठामा छात्रको तुलनामा दुई गुना बढी छात्रा उपस्थित हुन्छन्  । जिल्लामा सामुदायिक विद्यालयमा छात्र छात्राको संख्या भने समान छ । तर समान संख्या भए पनि पञ्चकृष् ...

निःशुल्क ‘शिक्षक’
२०७५ असोज १८ गते ०८:४२

निःशुल्क ‘शिक्षक’

रौतहट । रौतहट बृन्दावन नगरपालिका–६ सिसवाटोलकी सबिता दास काखमा नानी च्यापेर बिहान बेलुकी एउटै चटारोमा भेटिन्छिन्– गाउँभरिका दलित तथा गरिब बालबालिकालाई ट्युसन पढाउँदै । बालबालिकाहरू ढोका ढक्ढक्याउन पुग्छन् अनि दिक्क नमानी पढाउँछिन् । विद्यालयमा के सिकेर आए, गृहकार्य के गर्दै छन् भन्ने सोध ...

दलित छात्रलाई विद्यालयमा प्रतिबन्ध
२०७५ असोज १८ गते ०८:३०

दलित छात्रलाई विद्यालयमा प्रतिबन्ध

धनुषा । महोत्तरीमा डोम समुदायका छात्रलाई प्रधानाध्यापकले विद्यालय प्रवेशमा रोक लगाएका छन् । देशभर विद्यालय भर्ना अभियान चलिरहँदा विद्यालयमा प्रधानाध्यापकले विद्यार्थीलाई फूलमाला लगाएर स्वागत गर्ने जिम्मेवारी पाएका छन् ।तर शिक्षामन्त्री गिरिराजमणि पोखरेलकै निर्वाचन क्षेत्रमा विद्यालय पढन गएका ड ...

कक्षा ११ को नतिजा यसै साता
२०७५ असोज १७ गते २२:०६

कक्षा ११ को नतिजा यसै साता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको छ ।उनका अनुसार परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने काम सकिसकेको छ । अहिले विद्य ...

कानुनमा विद्यार्थीको चाप: एलएलबी पढ्न १२ हजार भर्ना
२०७५ असोज १७ गते २१:४४

कानुनमा विद्यार्थीको चाप: एलएलबी पढ्न १२ हजार भर्ना

काठमाडौं । कानुनको स्नातक तह (एलएलबी) पढ्न नेपाल ल क्याम्पसमा झन्डै १२ हजार विद्यार्थी भर्ना भएका छन्। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रहेको ल क्याम्पसमा एकै वर्षमा यति धेरै विद्यार्थी भर्ना भएको यो पहिलो अवसर हो। क्याम्पस प्रशासनका अनुसार एलएलबी प्रथम वर्षमा यो संख्या अझै बढ्ने क्रममा छ।ल ...

संस्थागत विद्यालयले बढाएको शुल्क अब लिन नपाउने
२०७५ असोज १७ गते २०:५३

संस्थागत विद्यालयले बढाएको शुल्क अब लिन नपाउने

इलाम । इलाम नगरपालिका भित्रका संस्थागत बिद्यालयहरुले अब बढेको शुल्क लिन नपाउने भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसंगै यहाँका संस्थागत बिद्यालयले शुल्क बृद्धि गरेका थिए । शुल्क शुल्क बृद्धि गरेपछि जिल्लामा रहेका पाँच बिद्यार्थी संगठनले इलामनगरपालिका, प्याब्सन, एन प्याब्सन र शिक्षा बिकास समन्वय एका ...

२० हजारलाई पछार्दै त्रिवि अगाडि
२०७५ असोज १६ गते ०८:२२

२० हजारलाई पछार्दै त्रिवि अगाडि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको जानकारी प्राप्त भएको हो ।त्रिविवि यसअघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा थ ...

‘चिकित्सा विधेयक अस्वीकार्य’
२०७५ असोज १६ गते ०८:१४

‘चिकित्सा विधेयक अस्वीकार्य’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले संसद्‍मा विचाराधीन चिकित्सा शिक्षा विधेयक स्वीकार गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिको बैठकमा आइतबार उनीहरूले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा डा. गोविन्द केसीको ‘गुन्डागर्दी&rsqu ...

प्रधानाध्यापकसँग कार्यसम्पादन करार
२०७५ असोज १६ गते ०८:१२

प्रधानाध्यापकसँग कार्यसम्पादन करार

खोटाङ । शिक्षाको गुणस्तर सुधार गर्न दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले नगरक्षेत्रका प्रधानाध्यापकसँग कार्यसम्पादन करार सम्झौता गराएको छ ।शैक्षिक गुणस्तर, विद्यालयको भौतिक पूर्वाधारसहितका प्रस्तावमा नगर शिक्षा अधिकृत पञ्चकुमार राई र नगरका १८ सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच शनिबार सम्झौता ...

खेलकुदको जग्गा निजी विद्यालयलाई
२०७५ असोज १६ गते ०८:१०

खेलकुदको जग्गा निजी विद्यालयलाई

वीरगन्ज । आफ्नो स्वामित्वमा रहेको जग्गा एक निजी विद्यालयलाई दिने जिल्ला खेलकुद विकास समितिको निर्णय विवादमा परेको छ । कार्यालय प्रमुखको अनुपस्थितिमा मासिक १० हजार रुपैयाँमा २० वर्षका लागि लिजमा दिन लागिएको थियो ।वीरगन्ज महानगरपालिका १३ स्थित नारायणी रंगशालाको १५ फिट चौडाइ र २० मिटर लम्बाइको जग् ...

शिक्षाध्यक्षको कार्यालय तोडफोडप्रति त्रिविको आपत्ति
२०७५ असोज १६ गते ०८:०७

शिक्षाध्यक्षको कार्यालय तोडफोडप्रति त्रिविको आपत्ति

काठमाडौँ  । विद्यार्थीको हुलले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीलाई दुर्व्यवहार गर्दै उनको कार्यालयमा तोडफोड गरेका छन् । शिक्षाध्यक्ष त्रिपाठीलाई पूर्वसूचना नदिई भेट्न आएको भन्दै नेपाल विद्यार्थी संघका हरि आचार्यको नेतृत्व टोलीले आइतबार दिउँसो तोडफोड ग ...

विद्यालय फर्किंदै किशोरीहरू
२०७५ असोज १५ गते २३:२२

विद्यालय फर्किंदै किशोरीहरू

पर्सा । ‘संवादले हाम्रो जीवनमा परिवर्तन ल्याएको छ, पहिले छोरीले पढ्न हुन्न र छिटो विवाह गरिदिनुपर्छ भन्ने मान्यता थियो, अहिले हामीले त्यसो हुन दिएका छैनौं, बालविवाह रोकिएको छ, किशोरी एसईईमाथि पनि पढ्न थालेका छन् ।’ जिल्ला समन्वय समितिको कार्यालय पर्सामा आइतबार नेपाल ग्रामीण पुनर्निर ...

शिक्षामन्त्रीकै कारण विधेयक पारित भएन : डा. केसी
२०७५ असोज १५ गते २३:१७

शिक्षामन्त्रीकै कारण विधेयक पारित भएन : डा. केसी

काठमाडौँ । डा. गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलका कारण चिकित्सा शिक्षा विधेयक संसदबाट पारित नभएको आरोप लगाएका छन् । संसद अधिवेशनको अन्तिम दिन पोखरेलले सम्झौताका केही बुँदा हटाए मात्र रातिसम्म पारित गर्ने सर्त राखेका कारण विधेयक अघि बढन नसकेको दाबी केसीको छ । केसीले शिक्षा मन्त्रा ...

मदरसा अब स्मार्ट विद्यालय
२०७५ असोज १५ गते ०९:०८

मदरसा अब स्मार्ट विद्यालय

बाँके  । यहाँका मदरसामा पाठ्यपुस्तक मात्र पढाइँदैन अनुशासन र जीवनोपयोगी व्यवहार पनि सिकाइन्छ । यसरी सिकेका कुरा चरित्रमा लागू गर्न सके सफलता मिल्छ ।सिकाइ क्षमता बढाउन यहाँस्थित बरकातिया मदरसाले विद्यालय परिसर र छात्रछात्राको सरसफाइमा ध्यान दिन थालेको छ । यो मदरसामा माध्यमिक तहसम्मको पढाइ भइरहे ...

image
image