२०७६ चैत्र २६ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

अध्यक्षसँग विद्यार्थीका गुनासा
२०७६ मंसिर २८ गते १९:०३

अध्यक्षसँग विद्यार्थीका गुनासा

गण्डकी  । स्याङ्जाको फेदीखोला गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी कार्यक्रमको अभियान चलाउँदै आएको छ । उक्त अभियानअन्तर्गत वडा ३ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा पुगेका अध्यक्ष घनश्याम सुवेदीसँग विद्यार्थीले गुनासैगुनासा गरेका छन् । विद्यार्थीले विद्यालयभित्रको चमेना गृहको खाजा र दूषित खानेपानी पि ...

डेढ लाख शिक्षकको दरबन्दी मिलान
२०७६ मंसिर २८ गते १७:३०

डेढ लाख शिक्षकको दरबन्दी मिलान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तह (बालकक्षादेखि कक्षा १२ सम्म) का १ लाख ५२ हजार ५ सय २३ शिक्षकको दरबन्दी मिलान गरेको बताएको छ । नयाँ शैक्षिक सत्र ०७७ सुरु हुनुअघि नै दरबन्दी मिलान सकिने मन्त्रालयले जानकारी दिएको छ । सरकारले ०७५ असारमा पूर्वसचिव महाश्रम शर्माको संयोज ...

मासिक शुल्कको सट्टा विद्यार्थीसँग प्लास्टिकको फोहर लिने विद्यालय
२०७६ मंसिर २५ गते ०५:४८

मासिक शुल्कको सट्टा विद्यार्थीसँग प्लास्टिकको फोहर लिने विद्यालय

एजेन्सी । भारतको पूर्वोत्तर राज्य आसाममा सञ्चालित अक्षर फोरम विद्यालयले विद्यार्थीहरूबाट पृथव्m शैलीमा मासिक शुल्क उठाउँदै आएको छ । विद्यार्थीले मासिक शुल्कको सट्टा घरमा हुने प्लास्टिजन्य फोहर विद्यालयमा लग्नुपर्ने हुन्छ । मासिक शुल्कका लागि विद्यार्थीहरूले प्रत्येक हप्ता कम्तीमा २५ ओटा प्लास्टिक वि ...

एक स्थायी शिक्षकका भरमा मावि
२०७६ मंसिर २५ गते ०५:४५

एक स्थायी शिक्षकका भरमा मावि

सल्यान । जिल्लाका अधिकांश माध्यमिक विद्यालयमा न्यूनतम ८ शिक्षकको दरबन्दी छ । तर बन्गाडकुपिन्डे नगरपालिकाको जयतपानीस्थित प्रतिभा माध्यमिक विद्यालय एक दरबन्दीका शिक्षककै भरमा चलिरहेको छ । ती पनि प्राथमिक तहका हुन् । दरबन्दी अभावका कारण विद्यालयको पठनपाठन वर्षौ‌‌देखि प्रभावित बनेको हो । ...

गाडी चलाउन र मर्मत गर्न सिक्दै विद्यार्थी
२०७६ मंसिर २५ गते ०५:४२

गाडी चलाउन र मर्मत गर्न सिक्दै विद्यार्थी

पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयका छात्र सुनील ढुंगानालाई नयाँ विषय पढ्दा अनौठो लागेको थियो । बगनासकालीबाट पढ्न आएका उनले केही महिनापछि भने हातमा औजार बोकेर गाडी मर्मत गर्न सक्ने हुनेछन् । यसै विद्यालयमा अध्ययन गर्ने नवलपरासीका मीनकुमार चौधरी पनि अहिले सैद्धान ...

सहाराविहीन विद्यार्थीलाई सहयोग
२०७६ मंसिर २५ गते ०५:४१

सहाराविहीन विद्यार्थीलाई सहयोग

रुकुम पूर्व  । सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माध्यमिक विद्यालयका २५ विद्यार्थीका लागि सहयोग प्राप्त भएको छ । विद्यालयमा बसेर पढ्ने १८ र घरबाट आउजाउ गर्ने ७ असहाय विद्यार्थीका लागि ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको हो । प्रदेश ५ सरकारको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट सहयोग रकम ...

स्‍नातकोत्तर तहमा नाप नक्सा सम्बन्धी पढाइ हुने
२०७६ मंसिर २५ गते ०५:३८

स्‍नातकोत्तर तहमा नाप नक्सा सम्बन्धी पढाइ हुने

काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले अब नाप, नक्सा सम्बन्धी प्रविधिको पढाइ स्‍नातकोत्तर तहमा गरिने बताएकी छन् । भूमि प्रशिक्षण केन्द्रले 'नापनक्सा सम्वन्धि आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन' विषयमा मंगलबार क ...

दरबन्दी मिलान अन्तिम चरणमा
२०७६ मंसिर २४ गते १०:०६

दरबन्दी मिलान अन्तिम चरणमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने निक्र्यौल गर्दै दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको बताएको छ ।मूलतः दरबन्दीलाई विद्यार्थीको संख्याको आधारमा समानुपातिक वितरण गर्नेगरी राहत र दरबन्दीलाई एउटै प्याकेजमा राखेर समाधान गर्न खोजि ...

निजी विद्यालयलाई सामाजिक संस्थामा रूपान्तरण गरिँदै
२०७६ मंसिर २४ गते ०९:२३

निजी विद्यालयलाई सामाजिक संस्थामा रूपान्तरण गरिँदै

काठमाडौं। सरकारले निजी लगानीमा सञ्चालित विद्यालयलाई सेवामूलक सामाजिक संस्थाका रूपमा रूपान्तरण गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीतिमा सो विषय उल्लेख गरेको छ। छपाइ गरेपछि मात्रै वितरण गर्ने तयारीमा अति गोप्यरूपमा राखिएको नीतिमा ३३ बुँदामा मुख्य उद्दे ...

शिक्षा विधेयक हिउँदे अधिवेशनमा
२०७६ मंसिर २४ गते ०९:१६

शिक्षा विधेयक हिउँदे अधिवेशनमा

काठमाडौँ  । शिक्षा मन्त्रालयले संघीय संसद्को आगामी हिउँदे अधिवेशनमा शिक्षासम्बन्धी तीन विधेयक पेस गर्ने भएको छ । गत कात्तिक १८ मा मन्त्रिपरिषद्ले पारित गरेको ‘राष्ट्रिय शिक्षा नीति’ का आधारमा मन्त्रालयले ऐनको मस्यौदा तयार गरिरहेको छ । ‘केही समयमै नीति सर्वसाधारणको हातमा पुगिसक ...

शिक्षकको लिखित परीक्षा तीन चरणमा, पहिलोमा ५० र दोस्रोमा ४० अंक ल्याउनैपर्ने
२०७६ मंसिर २३ गते १९:३५

शिक्षकको लिखित परीक्षा तीन चरणमा, पहिलोमा ५० र दोस्रोमा ४० अंक ल्याउनैपर्ने

काठमाडौं  । अब स्थायी शिक्षक हुनका लागि तीन चरणमा परीक्षा दिनुपर्ने भएको छ । गत असोज १३ गते संशोधन भएको शिक्षक सेवा आयोग नियमावली २०५७ १० औं संशोधन ले तीन चरणमा परिक्षा दिनुपर्ने व्यवस्था गरेको छ । जस अनुसार अब सामान्य परीक्षा– एक सय पूर्णाङ्क र विषयगत परीक्षा– एक सय पूर्णाङ्कक ...

त्रिविमा किन बढ्‍यो बेरुजु ?
२०७६ मंसिर २३ गते १९:२७

त्रिविमा किन बढ्‍यो बेरुजु ?

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयमा आर्थिक अनियमितता बढ्दै गएको छ। यसले विश्वविद्यालयभित्र बित्तीय अनुशासन कायम गर्न कठिन भएको छ।विश्वविद्यालयको लागि अहिले बेरुजु सबैभन्दा ठूलो समस्या बनेको छ। बेरुजु फर्स्यौट गरेर शून्यमा झार्ने निकायलाई विश्वविद्यालयले पुरस्कार दिने ल ...

३५ प्रतिशत विद्यालय भवनको पुनर्निर्माण अझैं बाँकी
२०७६ मंसिर २३ गते १९:२०

३५ प्रतिशत विद्यालय भवनको पुनर्निर्माण अझैं बाँकी

धादिङ । भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि भत्किएका विद्यालयहरुको पुनर्निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन। विद्यालय पुनर्निर्माण नहुदाँ अझै पनि अस्थायी टहराकै भरमा विद्यालय संचालन गर्नुपर्ने बाध्यता छ। २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङ जिल्लामा ५ सय ८१ विद्यालयका ४ हजा ...

सामुदायिक विद्यालय सुधार्ने तयारी
२०७६ मंसिर २३ गते १९:१६

सामुदायिक विद्यालय सुधार्ने तयारी

टीकापुर । विद्यार्थी घट्दै गएपछि सामुदायिक विद्यालय बचाउन तयारी थालिएको छ । सरकारी विद्यालयमा बर्सेनि विद्यार्थी घट्दै जाने, पढाइ राम्रो नहुने, शिक्षक आए पनि नपढाउनेलगायत गुनासो आएपछि सुधारका लागि स्थानीयसित छलफल सुरु गरिएको हो । टीकापुर ७ का वडाध्यक्ष रामलाल डगौराले भने, ‘सरकारी विद्यालय ...

सडकमै छुटे जुत्ता
२०७६ मंसिर २३ गते ११:०२

सडकमै छुटे जुत्ता

बाँके । कक्षा ७ की छात्रा हुन् प्रकृति चन्द । बाँकेकी यी ११ वर्षेको स्कुल (त्रिभुवन नमुना मावि) कोहलपुर चोक नजिक राजमार्ग छेवैमा छ । आइतबार पनि उनी सधैंझैं स्कुल पुग्ने तर्खरमा थिइन् । उनलाई स्कुटरमा पुर्‍याउन आएका थिए बुबा नगेन्द्रबहादुर । घरदेखि स्कुटरमा ल्याएका नगेन्द्र छोरीलाई राजमार्गको जेब ...

एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ
२०७६ मंसिर २३ गते १०:२१

एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ गरेको छ ।किर्ते गरेर चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वेश झ ...

त्रिविमा अनियमितता उत्तरपुस्तिका नै साटफेर
२०७६ मंसिर २३ गते १०:१८

त्रिविमा अनियमितता उत्तरपुस्तिका नै साटफेर

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका लेखा अधिकृत कमलप्रसाद दाहालको कार्यकक्षको घर्रामा चार महिनाअघि तीनवटा उत्तरपुस्तिका भेटिए । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत दाहालले कार्यकक्ष साटफेर हुँदा आफ्नो टेबलको घर्रामा भएको सामान बिर्सिएका रहेछन् । उनको ठाउँमा बस्ने नयाँ कर्मचारीले ...

सरकारबाट मासिक पाँच सय
२०७६ मंसिर २२ गते ११:०२

सरकारबाट मासिक पाँच सय

सुर्खेत । कर्णाली प्रदेश सरकारले छोरीको बैंक खाता खोल्ने प्रक्रिया सुरु गरेको छ। छोरीलाई कम्तीमा माध्यमिक तहसम्मको अध्ययन ग्यारेन्टीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छोरीलाई बैंक खाता कार्यक्रम ल्याएको हो। चालू आर्थिक वर्षको साउनदेखि कर्णालीमा जन्मेका छोरीहरूका लागि ‘बैंक ...

साक्षर बनाउन चुनौतीका चाङ
२०७६ मंसिर २२ गते १०:४८

साक्षर बनाउन चुनौतीका चाङ

सुर्खेत । आधाभन्दा बढी बासिन्दा गरिबीको रेखामुनि रहेको कर्णालीलाई साक्षर बनाउन कठिन देखिएको छ। आर्थिक अभाव, भौगोलिक विकटता, रुढीवादी मान्यता र धार्मिक अन्धविश्वास तथा सरकारी बेवास्ता नै साक्षर कर्णाली अभियानका चुनौति बनेका छन् ।कर्णालीका २३ प्रतिशत बासिन्दा निरक्षर छन्। यसको अर्थ करिब एक चौथाइ ...

विद्यालयलाई चिनियाँको १५ करोड
२०७६ मंसिर २२ गते १०:४५

विद्यालयलाई चिनियाँको १५ करोड

रुकुम पश्चिम  । तीन वर्षदेखि टहरामा सञ्चालन भइरहेको आठबीसकोट नगरपालिका–९ स्थित दीज्योति आधारभूत विद्यालयको भवनलगायत पूर्वाधार चिनियाँ कम्पनीले निर्माण गरिदिने भएको छ । यसका लागि करिव १५ करोड रुपैयाँ सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । भवन निर्माण र अन्य विभिन्न शैक्षिक कार्यक्रममा ...

मसानघाटमा शव जल्दा विद्यालय बन्द
२०७६ मंसिर २२ गते १०:४३

मसानघाटमा शव जल्दा विद्यालय बन्द

पर्सा । गाउँमा कसैको मृत्यु हुँदा त्यहाँको विद्यालय नै बन्द हुन्छ भन्ने सुन्दा अचम्मै लाग्दो हो । गाउँको विद्यालय शोकमा बन्द हुने गरेको धेरैले अनुमान गरिएला । तर यहाँको एउटा विद्यालय शोक नभई त्रासले बन्द हुने गरेको हो । विद्यालयसँगै जोडिएको मसानघाटको कारण कालिकामाइ गाउँपालिका–४ प्रशुरामपु ...

प्राविधिक विश्वविद्यालयलाई २ अर्बको सम्पत्ति
२०७६ मंसिर २२ गते १०:४१

प्राविधिक विश्वविद्यालयलाई २ अर्बको सम्पत्ति

मोरङ । मनमोहन प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि बुढीगंगा गाउँपालिकामा सञ्चालित मनमोहन पोलिटेक्निकले आफ्नो २ अर्ब १ करोड २६ लाख ६४ हजार मूल्यबराबरको सम्पत्ति तथा दायित्व हस्तान्तरण गरेको छ । मनमोहन स्मृति प्रतिष्ठान एवं पोलिटेक्निक सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्व ...

विद्यार्थीलाई १ लाखको उपचार
२०७६ मंसिर २२ गते १०:३९

विद्यार्थीलाई १ लाखको उपचार

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई १ लाख रुपैयाँसम्मको नि:शुल्क उपचार सुविधा दिने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरि अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगन्जबाट त्रिविले ...

कामुकै भरमा ६ विश्वविद्यालय
२०७६ मंसिर २२ गते १०:३७

कामुकै भरमा ६ विश्वविद्यालय

काठमाडौँ । छ विश्वविद्यालय तीन महिनादेखि कायममुकायम उपकुलपतिका भरमा चलिरहेका छन् । पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्य रिक्त छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन छन् । रिक्त पदाधिकारीमा न ...

अभिलेखमा चार सय, कक्षामा चार
२०७६ मंसिर २१ गते १२:१५

अभिलेखमा चार सय, कक्षामा चार

सिरहा । भगवानपुर गाउँपालिका–४ विश्वासपट्टीस्थित अधारभूत विद्यालयको अभिलेखअनुसार कक्षा १ देखि ८ सम्म तीन सय ८० विद्यार्थी छन्। तर अभिलेखअनुसार विद्यार्थी कक्षामा देखिएनन्।नागरिककर्मी विद्यालय पुग्दा रोशनकुमार कामैत, मुक्तिकुमारी पासवान, रोहितकुमार कामैत र आरतीकुमारी कामैत मात्र थिए। बाँकी कक्षा ...

शिक्षा इकाई प्रमुखलाई हाजिर गराउन पत्राचार
२०७६ मंसिर २१ गते १२:०५

शिक्षा इकाई प्रमुखलाई हाजिर गराउन पत्राचार

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले लामो समयदेखि बेपत्ता रहेका शिक्षा इकाई प्रमुखलाई तत्काल कार्यालयमा हाजिर गराउन पत्राचार गरेको छ। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अमरप्रसाद भट्ट लामो समयदेखि कार्यालयमा हाजिर नभएका कारण प्रशासनले प्रमुख भट्टलाई हाजिर गराउन अथवा नयाँ प्रमुख खटाउन शिक ...

प्रधानाध्यापकविरुद्ध मुद्दा
२०७६ मंसिर २१ गते ११:५९

प्रधानाध्यापकविरुद्ध मुद्दा

डोटी । जोरायल गाउँपालिका वडा नं २ स्थित कफलकटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।रावलले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयमा छिमेकी राष्ट्र भारतको इलाहावादबाट प्राप्त उच्च शिक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थ ...

पाटन क्याम्पसमा गडबडी
२०७६ मंसिर २० गते ०९:०३

पाटन क्याम्पसमा गडबडी

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा व्यापक अनियमिता भएको पाइएको छ। विद्यार्थी संगठन तथा तिनका नेताले क्याम्पसबाट लिएको पेश्की रकम १६ वर्षदेखि फस्र्यौट गरेको छैनन्। विद्यार्थी संगठन तथा तिनका नेताले लिएको ६७ लाख ९६ हजार पेश्की फस्र्योट भएको छैन।सतर्कता केन्द्रले छानबिन थालेपछि क्याम्पसले गत भदौ ३ ...

चिकित्सा शुल्क समायोजनबारे अध्ययन गर्न कार्यदल गठन
२०७६ मंसिर २० गते ०८:४३

चिकित्सा शुल्क समायोजनबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गराउने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन भएको छ। एमबीबीएस र बीडीएस कार्यक्रमका लागि मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गराउन बिहीबार चिकित्सा शिक्षा आयोगले कार्यदल गठन गरेको हो ।आयोगका योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको ...

एमबीबीएसको प्रश्नपत्र आउट, विद्यार्थीद्वारा परीक्षा बहिष्कार
२०७६ मंसिर २० गते ०८:३७

एमबीबीएसको प्रश्नपत्र आउट, विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडौँ  । एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको परीक्षा विद्यार्थीले बहिष्कार गर्ने क्रममा बिहिबार प्रश्नपत्र बाहिरिएको हो । परीक्षा सुरु भएको एक घण्टा अगावै प्रश्नपत्र परीक्षा हल बाहिर पुगेको विद्यार्थीले द ...

गण्डकी मेडिकल कलेजमा परीक्षा बहिष्कार गर्ने ८ विद्यार्थी पक्राउ
२०७६ मंसिर १९ गते १६:१५

गण्डकी मेडिकल कलेजमा परीक्षा बहिष्कार गर्ने ८ विद्यार्थी पक्राउ

पोखरा । बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीले बिहीबारदेखि सुरु एमबीबीएस पहिलो वर्षको परीक्षा बहिष्कार गरेपछि प्रहरीले ८ जना विद्यार्थीलाई पक्राउ गरेको छ । परीक्षा सुरु हुनुअघि बिहान १० बजेतिर परीक्षा केन्द्रमा गएका विद्यार्थीले लगत्तै बहिष्कार भन्दै ...

शिक्षकलाई तलब खुवाउन केरा खेती
२०७६ मंसिर १८ गते १९:४९

शिक्षकलाई तलब खुवाउन केरा खेती

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१०स्थित खमौरामा रहको घण्टेश्वर मन्दिर आधारभूत विद्यालयले केरा खेती गर्दै आएको छ। शिक्षकलाई तलब खुवाउन विद्यालयले डेढ दशकदेखि केरा खेती गर्दै आएको हो। २०५१ सालमा स्थापना भएको यो विद्यालयमा कुनैपनि स्थायी दरबन्दी छैन। केरा खेतीबाट उठेको पैसाले नै विद्यालयले शिक ...

त्रिवि सेवा ऐन संशोधन : अस्थायी र करार कर्मचारी बलिया
२०७६ मंसिर १८ गते १९:४७

त्रिवि सेवा ऐन संशोधन : अस्थायी र करार कर्मचारी बलिया

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अस्थायी तथा करारका शिक्षक र कर्मचारीलाई सजिलो हुने गरी नियम संशोधन गरेको छ। नियम संशोधनपछि प्रतिस्पर्धा नगरी सेवा प्रवेश गरेका अस्थायी तथा करारका प्राध्यापक र कर्मचारीले चाहेको अवधिसम्म सेवा गर्न पाउने भएका छन् ।त्रिविको वार्षिक सभा (सिनेट)ले शुक्रबार यो व्यवस्थाल ...

एमबीबीएसका विद्यार्थीले जलाए आफ्नै प्रवेश पत्र
२०७६ मंसिर १८ गते १९:४५

एमबीबीएसका विद्यार्थीले जलाए आफ्नै प्रवेश पत्र

काठमाडौं  । चिकित्शा शिक्षाका विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले बुधबार परीक्षाको प्रवेश पत्र जलाएका छन् । बिहीबारदेखि हुने परीक्षा बहिष्कार गर्ने घोषणा गर्दै नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले प्रवेश पत्र ...

अधिकृतको परीक्षा दस्तुर ३५०० !
२०७६ मंसिर १८ गते १९:४३

अधिकृतको परीक्षा दस्तुर ३५०० !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी पदपूर्ति गर्दा एकै पदका लागि ३ हजार ५ सय रुपैयाँ दस्तुर तोकेको छ । यो दस्तुर महंगो भएको भन्दै सेवाग्राहीले विरोध गरेका छन् ।आयोगले गत बुधबार सार्वजनिक सूचना प्रकाशन गर्दै ५० पदमा ७५० जना कर्मचारी माग गरेको थियो । ...

विद्यालयमा अभिभावकले नै लगाए ताला, वार्षिक परीक्षा स्थागित
२०७६ मंसिर १८ गते १९:४१

विद्यालयमा अभिभावकले नै लगाए ताला, वार्षिक परीक्षा स्थागित

जुम्ला । हिमा गाँउपालिका-१मा रहेको कालिका आधारभुत विद्यालयमा अभिभावकले ताला लगाएका छन्। शिक्षकको अपसी बिबादले विद्यालयमा संचालनमामा समस्या आएको भन्दै अभिभावकले ताला लगाएका हुन्। तालाबन्दीका कारण वार्षिक परीक्षा रोकिएको छ। गत मंसिर २ गते गाँउपालिकाले नयाँ  शिक्षकलाई कालिका अधारभुत विद्यालयम ...

'अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण'
२०७६ मंसिर १८ गते १९:३६

'अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण'

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताएकी छिन्। ‘समानताको पुस्ता : बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ ...

समयमै पुस्तक नआउँदा दृष्टिविहीनलाई समस्या
२०७६ मंसिर १८ गते १९:३४

समयमै पुस्तक नआउँदा दृष्टिविहीनलाई समस्या

तुलसीपुर । सामान्य विद्यार्थीहरुको पुस्तक वैशाखमै आइपुग्छन् तर फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ हुन्छ। पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रामप्रसाद विकले बताए।'अन्य सामान्य विद्यार्थीको पुस्तक सम ...

‘किताब हेरेर पढाउने शिक्षक नै होइनन्’
२०७६ मंसिर १८ गते १९:३१

‘किताब हेरेर पढाउने शिक्षक नै होइनन्’

जाजरकोट । कक्षामा शिक्षण गर्दा किताबी ज्ञानलाई मात्र ध्यान दिने व्यक्ति असल शिक्षक हुन नसक्ने शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले बताएका छन् ।  कक्षामा जानुभन्दा अघि विद्यार्थीलाई के सिकाउने भनेर शिक्षकले पढ्नैपर्ने र पढाउनु भनेको किताबी ज्ञान दिनु नभएको उनले बताएका छन् ।कुशे गाउँपा ...

हेर्नुहोस् निमावि द्धितीय श्रेणीको २५ प्रतिशत आन्तरिक बढुवाको बाँकी जिल्लाका नामावली
२०७६ मंसिर १६ गते ०९:१२

हेर्नुहोस् निमावि द्धितीय श्रेणीको २५ प्रतिशत आन्तरिक बढुवाको बाँकी जिल्लाका नामावली

काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह द्धितीय श्रेणीको २५ प्रतिशत बढुवाका लागि लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा र अन्तर्वाताको अन्तिम नतिजा सार्वजनिक गरेको छ । मंसिर १४ गतेको निर्णय अनुसार आयोगले बढुवाका लागि शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस गरेका शिक्षकहरुको नामावली सार् ...

पूर्वाञ्चलमा उपकुलपतिबिनै दीक्षान्त तयारी
२०७६ मंसिर १६ गते ०८:४७

पूर्वाञ्चलमा उपकुलपतिबिनै दीक्षान्त तयारी

विराटनगर  । पूर्वाञ्चल विश्वविद्यालले उपकुलपतिबिनै दीक्षान्त समारोह गर्ने तयारी गरेको छ । कामु उपकुलपतिको तीनमहिने कार्यकाल सकिएपछि मंसिर पहिलो सातादेखि विश्वविद्यालय उपकुलपतिविहीन छ । २७ गते मोरङको गोठगाउँमा नवौं दीक्षान्त समारोह हुने भनिएको छ । निवर्तमान उपकुलपति प्राडा घनश्याम लाल दासको कार् ...

जेपी स्कुलका दुई विद्यार्थीलाई मलेसियन सहयोग
२०७६ मंसिर १६ गते ०८:४५

जेपी स्कुलका दुई विद्यार्थीलाई मलेसियन सहयोग

काठमाडौं । ठमेलस्थित जेपी स्कुलमा अध्ययनरत दुई विपन्‍न विद्यार्थीको पढाइ खर्च मलेसियाको सायटो विश्वविद्यालयले बेहोरिदिने भएको छ ।विश्वविद्यालयका प्रतिनिधीले हालै विद्यार्थीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।सहयोग पाउनेमा कक्षा १० मा अध्ययनरत दोलखा स्थायी घर भएका रोशन कार्की र कक्षा ४ मा अध ...

करारमा शिक्षक नियुक्ति र जिल्लान्तर सरुवामा रोक
२०७६ मंसिर १४ गते २२:३२

करारमा शिक्षक नियुक्ति र जिल्लान्तर सरुवामा रोक

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्म करारमा शिक्षक नियुक्ति  र जिल्लान्तर सरुवामा रोक लगाएको छ । केन्द्रले यसअघि कार्तिक २४ गते पनि यस्तै सूचना जारी गरेको भएपनि जिल्लाहरुबाट यस विषयमा द्विविधा व्यक्त भएपछि पुनः सूचना जारी गरेको हो । अब शि ...

कुलपति खोज्दै प्रदेश सरकार
२०७६ मंसिर १४ गते २२:०५

कुलपति खोज्दै प्रदेश सरकार

गण्डकी । गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयको कुलपति बन्न १० जनाले निवेदन दिएका छन् । कात्तिक २४ मा कुलपति छनोट गर्ने विषयमा प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना सार्वजानिक गरेको थियो । आवेदनको म्याद १५ दिनको थियो । मंसिर ९ सम्मको म्यादमा १० जनाले निवेदन दिएको सर ...

३५ लाख दिएर स्कुलको नाम परिवर्तन
२०७६ मंसिर १४ गते २१:५९

३५ लाख दिएर स्कुलको नाम परिवर्तन

ताप्लेजुङ । मैवाखोला गाउँपालिका–२ ढुंगेसाँघुको एक परिवारले विद्यालयलाई ३५ लाख रुपैयाँ बराबरको सहयोग गरेर नाम र ठेगाना परिवर्तन गराएका छन् । दिवंगत सिंगराज र मनरानी बनेमका नाममा उनीहरूका छोराछोरीले विद्यालयको नाम लेखाएका हुन् । प्रस्ताव साधारणसभाबाट पारित गरेर गाउँपालिकाले विद्यालयको नाम परिवर् ...

बागलुङमा भ्यान दुर्घटना, १३ विद्यार्थी घाइते
२०७६ मंसिर १४ गते २१:५०

बागलुङमा भ्यान दुर्घटना, १३ विद्यार्थी घाइते

बागलुङ  । जिल्लाको कुश्मिसेरामा भ्यान दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मिसेराको टारस्थित डाङ्गेपानी भन्ने ठाउँमा ध १ ज २०७ नम्बरको भ्यान दुर्घटना भएको हो । घाइते हुनेहरुमा धौलागिरी पोलिटेक्निकल ईन्स्टिच्युट बलेवाका विद्यार्थी र शिक्षक रहेका छन्। उनीहरु सबै ब ...

त्रिवि सुधार्न उपकुलपतिको १५ बुँदे योजना
२०७६ मंसिर १४ गते २१:४६

त्रिवि सुधार्न उपकुलपतिको १५ बुँदे योजना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुपति प्राध्यापक डा.धर्मकान्तले विश्वविद्यालय सुधारका लागि १५ बुँदे योजना सार्वजनिक गरेका छन्। विश्वविद्यालय परिसर कीर्तिपुरमा ‘कम्पाउण्ड वाल’ निर्माणदेखि हरेक कलेजमा राम्रो कक्षा कोठा र चमेना गृहसम्म निर्माण गर्ने बास्कोटाको योजना छ। शुक्रबार स ...

बावुद्वारा छोरी बलात्कृत : पीडित बालिका स्कुल जान छोडिन्
२०७६ मंसिर १४ गते २१:४३

बावुद्वारा छोरी बलात्कृत : पीडित बालिका स्कुल जान छोडिन्

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा बावुद्वारा छोरी बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय धनौली इन्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाका अनुसार ४२ वर्षीय बावुले १५ वर्षीया माइली छोरीलाई बलात्कार गरेका हुन् । उनका तीन छोरी र एक छोरा छन् । जेठी छोरी र छोराको बिहे भइसकेको छ । गत १२ असारमा भएको ...

अक्षर चिन्दै राउटे बालबालिका
२०७६ मंसिर १३ गते १४:४३

अक्षर चिन्दै राउटे बालबालिका

सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मानन्यता छन्– लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। वषौंवर्षदेखि यही मान्यतालाई आत्मसात् गर्दै आएको राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ। राउटे समुदायका बालबालिका पुर्खाको मान्यताविपरीत लेखपढ गर्न थालेका छन ...

विद्यालयमा प्रहरी ब्यारेक
२०७६ मंसिर १३ गते १४:२३

विद्यालयमा प्रहरी ब्यारेक

रुकुम पूर्व  । कुनै कार्यक्रमको सन्दर्भ पारेर प्रहरी विद्यालयमा बसेका होइनन्  । केही समयका लागि गएका पनि होइनन्  । यहाँको एक विद्यालयमा लामो समयदेखि प्रहरी बसिरहेका छन् । सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी मावि प्रहरी ब्यारेक बनेको छ । विद्यालयका दुई भवनमा प्रहरी आवास छ । जिल्लामा कार्यरत ...